राजेश अधिकारी
आमाको रोदन
सिंहको हुङ्कारले
सुँगुरको डकारले
भरौटेहरुको जयजयकारले
अनि भेडाहरुको चित्कारले
आक्रान्त अनि भयभित मेरो देश
दुखिरहेछ, आर्तनाद गरिरहेछ
शरणार्थी
आफ्नै बथानबाट धपाइएको पशु झैँ म
आफ्नै घरबाट घोक्र्याइएको सन्तान म
आफ्नो जन्मघर छोडेर
पारचक्रीघरमा नाता जोडेर
अतीतका याद अनि मात्रिभुमीको मायाले
आँसुका घुट्काहरु पिउँदै बाँचिरहेछु
पराईको भिक्ष्याजन्य आथित्यसत्कारमा
देखावटी क्षणिक खुशीको अभिनय गर्दै
हाँसिरहेछु रोदनमिश्रीत रुन्चे हाँसोमा
घस्रिरहेछु सरीसृप झैँ जीवन जिउने मोडहरुमा
अन्ततोगत्वा पुनः जन्मघरको दलीन टेक्ने सपनाको घुट्को पिउँदै
अनिश्चितता भित्र आशारूपी वस्त्रलाई सपनाको सियोधागोले सिउँदै
म क्रुर राक्षसको क्रुर साम्रज्यको बजारू बेश्या र मुल्यहीन रखौटी
गर्भवतीको क्रन्दन
रचना:: राजेश अधिकारी
शीर्षक: गर्भवतीको क्रन्दन
बिधा: कविता
गर्भवतीको क्रन्दन
माईतीको आँगन छोडेर
पराईसँग नाता जोडेर
म आएकी छु पराईघर
बालापनका खुशीहरु न्यौछावर गर्दै
माईतीघरको मझेरी र सङ्गीनीहरुको सामिप्य त्याग्दै
नौलो र अनजान दलिनमा जीवन बिताउन
परचकृघरको शुन्यता भर्न ,नवजीवनको साँघु तर्न
तिम्रो वंशबिस्तारको बीज रोपेकी छु मेरो गर्भमा
तिम्रो प्रेमको भ्रूण लुकाएकी छु मेरो बदनमा
बीज अंकुरण हुँदै छ,कोपिला मुस्काउँदै छ र फूल फक्रदै छ
अर्ध लज्जा र अर्ध खुशी बोकेर
कल्पनाको सगरमा उड्दै छु
अर्ध पीडा र अर्ध आनन्दको प्रथम सुखानुभूति बोकेर
पराधिन जंगलराज्य
रचना :राजेश अधिकारी
होक्से, बुद्धशान्ती -१
झापा, नेपाल
मोबाईल नंबर : ९८४१२३८६२३
पराधिन जंगलराज्य
एउटा निर्जन अनकन्टार घना जंगलमा
नभचर, थलचर, जलचर आदि प्राणीको घर थियो
ती स्वाभिमानी जीवात्माहरु निर्भय बाँचिरहेका थिए, निश्चिंत जीवनपथमा दौडिरहेका थिए
त्यों सुरक्षित जङ्गलमा पुर्व, पश्छिम, उत्तर र दक्षिणका छिमेकी जंगलबाट कुनै भय थिएन
ऐश्वर्यशाली त्यो सार्वभौम जंगलमा सधैँ शांतिको बिगुल बज्थ्यो
तर एकदिन अचानक दक्षिणको छिमेकी जंगलका पशुहरुले त्यो पुण्यभूमि जंगलमा धावा बोले
त्यहाँ हाहाकार भयो , भागाभाग भयो , रुवाबासी भयो
दाउरे
दामा र हडिया खोलाको बीचमा रहेको मझुवा झोडामा एउटा दाउरे परिवार बस्छ। बाँसको टाटीमा माटोले लिपेको भित्ता र भित्तोमा रातोमाटो र कमेरोले पोतेको अनि बाबियोले छाएको छानोको झुपडीमा परिवारका तीन सदस्य बस्छन। झुपडी नजिकै एउटा गाईगोठ र बाख्राको खोर पनि देखिन्छ।आँगनमा कुखुरा क्याऊँ क्याऊँ गर्दे चारो खादै गरेको, गोठमा गोरु ड्वाँ ड्वाँ गर्दै डुक्रेको आवाजले ग्वाम बहादुरको दिउसोको भाते निद्रा खल्बलिन्छ।
प्रेमाव्हान
प्रेमाव्हान
मेरी प्रेमिका
मेरो गरम खल्ती र उपहार दिने हातको तराजुमा जोख्छे मेरो प्रेमलाई
मेरी प्रेमिका
मेरो आलीशान महल र महंगो गाडीको आभाशसँग तौलिन्छे मेरो प्रेमलाई
मेरो प्रेम चौडा छातीभित्र अंकुरित निस्वार्थ अनुरागको बिज हो
तर म उनीको प्रेममा पलाँसको सुगन्धहीन बासना पाउँछु
मेरो प्रेम यथार्तताको धरातलमा उभिएको बिपना हो
तर म उनीको प्रेममा आफुलाई गगनमाथि बायुपंखी घोडसवार राजकुमारको काल्पनिक सपना पाउँछु
मेरो प्रेम रापिलो रविकिरणद्वारा सदैव आक्रान्त अटल हिमालको नपग्लिने हिमराशी
तर म उनीको प्रेममा कोमल पवनको एक झोक्काले पनि भात्किहाल्ने तासको महल पाउँछु
- « Previous
- 1
- 2
- 3

मेरा सपनाहरू