नर्कलोकको यात्रा
एकरात तराईको प्रचण्ड गर्मीमा शीतलता खोज्दै म मेरो घरको सिकुवामा झुल लगाएर डोरीको चौपाईमाथि सुतिरहेको थिएँ । हल्का च्यातिएको झुलको भ्वाङबाट मच्छरहरू छिरेर मेरा निद्रालाई बिथोलिरहेका थिए । गर्मीले गर्दा रातको अन्तिम प्रहरसम्म म निदाउन सकिरहेको थिइन । जब निद्राले मेरा आँखाहरू लोलाउन थाले मैले अचानक मेरो चौपाईका चारैपट्टी अग्ला अग्ला मानवाकृतिहरू उभिएको महशुस गरें ।
