राजेश अधिकारी

नर्कलोकको यात्रा

एकरात तराईको प्रचण्ड गर्मीमा शीतलता खोज्दै म मेरो घरको सिकुवामा झुल लगाएर डोरीको चौपाईमाथि सुतिरहेको थिएँ । हल्का च्यातिएको झुलको भ्वाङबाट मच्छरहरू छिरेर मेरा निद्रालाई बिथोलिरहेका थिए । गर्मीले गर्दा रातको अन्तिम प्रहरसम्म म निदाउन सकिरहेको थिइन । जब निद्राले मेरा आँखाहरू लोलाउन थाले मैले अचानक मेरो चौपाईका चारैपट्टी अग्ला अग्ला मानवाकृतिहरू उभिएको महशुस गरें ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुश्री कोरोना

सुश्री कोरोना!
तिम्रो नाम जति सुन्दर छ
काम त्यति नै कुरुप रहेछ
तिम्रो आकार जति सूक्ष्म छ
बिनाश त्यति नै विशाल रहेछ
तिमी समरकी कप्टी रिपु रहिछौ
अदृश्य बनी दुरबाट तीर ताक्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कन्यादान

सरकारी जागिरे अनुपलाई जनसंख्याको तथ्यांक संकलकको रुपमा एउटा दुर्गम पहाडी गाउँपालिकामा खटाइन्छ । नवजागिरे अनुप रासनपानी सहितको कुम्लो–कुटुलो बोकेर कार्यक्षेत्रतिर हिँड्छ । अप्ठ्यारा कान्ला–कन्दराहरू छिचोल्दै ऊ हिँडेको तीन दिनपछि बल्ल आफ्नो गन्तव्यमा आइपुग्दा झमक्क साँझ पर्छ । थकित अनुप एउटा डाँडोमा बसेर डाँडामुनिको एउटा भिरालो पाखोमा अवस्थित गाउँतिर हेर्दै सुस्केरा हाल्छ । उसका थकित पाइलाहरू बिस्तारै त्यही गाउँतिर बढ्छन् । ऊ एउटा भित्रबाट टुकीको उज्यालो आइरहेको घरको दलिनमा पुगेर टक्क अडिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अधिर अपूर्वानुभूतिहरू

कोमल कोपिला फूल बनेको प्रथमानुभूति
घरी मुस्काउँदै घरी संकोचित हुँदै
कहिले थकित कहिले उमङ्गित भई
जीवनको डाली डालीमा मस्किदै
बतासको झोंक्कामा बहकिएका परागसँग
शंकालु नजरले मन्द मुस्कान छर्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लाटीको छोरो

हिजो साँझ बर्देवा महिलोले ठुट्टेबर मेलाबाट एउटी लाटी दमिनीलाई घिस्याएर घर ल्याएछ । बालीमा होक्से गाउँ भरिको लुगा सिलाउने झिल्के बर्देवाकी जोई च्याम्सी दमिनीले लालाबाला र आफू छँदा छँदै पोईले सौता ल्याएको देखेर घरमा रडाको मच्चाउन थाली ।

“थुक्क बाइफाले कुकुर्नी ! कोही मर्द नपाएर तँ मर्न नसकेकी लाटीले मेरो पोई देखिस पोइला मुन्टिन? तँ नकच्चरीको थुतुनोमा म अगुल्टोले झोसिदिऊँ ?”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

च्यातिएका चाहनाहरू

म पत्थरको निर्जीव देव भइदिएको भए
भर्थें होला भोको पेट दूध र नैबेधको भोगले
पुजिन्थें होला सुगन्धित पुष्पचन्दनले
ओतिन्थें होला गजुरे धातुछानाले
कास ! म सजीव भिखारी जन्मे
भौँतारिरहेको छु जिन्दगी जिउन
जीवन बाँच्न फालिएको नैबेध खोज्दै

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

पुकार

पुकार

रक्तिम सगर नीर क्षितिजसँग
आलिङ्गनमा ब्यग्र छ
अनन्त सागर दुर जूनसँग
अनुरागमा मग्न छ
मन्द पवन जन्ड मेघसँग
भलाकुसारीमा मस्त छ
चञ्चल नदी भद्र किनारासँग
चुम्बनमा ब्यस्त छ
स्थिर रात अस्थिर दिनसँग
प्रेममा प्रसन्न छ
शीतल जल प्रचण्ड तापसँग
अँगालोको बन्धनमा टम्म छ
हामी एउटै बागका दुई पुष्पहरु
एउटै सागरका दुई छालहरु
एउटै पवनमण्डलका दुई श्वासहरु
अदुर भएर पनि दुर छौं
स्पर्शित भएर पनि पराई छौं
स्वरङ्गी भएर पनि बिरङ्गी छौं
यहाँ बेमेलमा मिलन छ
द्रृस्टीमा अद्रिश्यता छ
अपेक्षामा उपेक्षा छ

म बादल भई तिमीलाई छोप्छु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बोक्सी

ठटाल साहिंलोको शेखपछि घरमा ठटाल्नी साहिँली नितान्त एक्ली भई । बिहेपश्चात छोरी डल्ली पनि दुई वर्ष अघि नै आफ्नो पोईको घर गईहाली ।छोराहरू मसिने र टोड्के पनि सासूबुहारी घरमा मिल्न नसकेर आ–आफ्ना स्वास्नीहरू लिएर घरबाट छुट्टिएर गइहाले ।बचराहरू गुँड छोडेर दुरदेशतिर उडे पनि साहिँला–साहिँली जेनतेन बालीमा लुगा सिलाएर दुखसुख आफ्नो गुजारा चलाइरहेका थिए । साहिँलो सिलाईबुनाईको अतिरिक्त गाउँमा बिरामीको जोखाना हेर्ने र ढ्याङ्रो ठोकर भूतप्रेत भगाउने धामीको काम पनि गर्द्थियो । तर दैवको लीलाको अगाडि कस्को के लाग्दो रहेछ र?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोसिएकोे बालापन

स्वर्णिम ती दिन थिए म अबोध बबुरोका
अतुलनीय काल सरी
हाँस्थेँ,खेल्थें, उफ्रन्थें लडीबुडी
माटो दली जिउ भरी
ती काल थिए सुनौला अतीतका
नफर्कने खहरे सरी
रुन्छु आज कल्पी त्यो मधुर पललाई
यादको स्वप्न भरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जोईपीडित पोइको बिलाप

जोईपीडित पोइको बिलाप

हे मेरी सासुकी छोरी !
बिर्सियौ नि बिवाह पूर्वका बाचाहरुलाई ?
कुल्चियौ नि हाम्रा प्रतिज्ञाहरुलाई ?
भन्थ्यौ त ! हामी दुखमा ढिँडो र झुपडीमा रमाउँला
साथै रूउँला, साथै हाँसौला
सँगै मरौंला , सँगै बाचौंला
आज ती बाचाहरु भुलेर तिमी म माथी हाँस्छौ
मेरो मजबुरी र बाध्यतामाथी छमछम नाच्छौ
बधाई छ तिम्रा कुटिल मुस्कानहरुलाई
धिक्कार छ मेरो पीडामिश्रित पोईको बिशेषणलाई

हे मेरी आमाकी बुहारी !
दिनान्तमा धन्दापातको सेवा हाजिर छ
तिमी श्रृंगार पटारले सजिई राख
दीवा सिनेमा र संध्याकालीन बिहारमा रमाई राख
फेसबुक च्याट र टेलीफोनको कलमा मस्की राख

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अभागी आमा

“ए नकच्चरो ! हेर्दा त तँ लाउनेखाने नै देखिन्छस त । तैंले मलाई भिखारी सम्झिस कि क्या हो ? सक्छस भने सय रुपियाँको एउटा हरियो गैंडा दे न मलाई किन यति जाबो दश रुपैयाँमा टार्छस ? थुक्क कञ्जुस मोरा तँलाई हैजाले लान नसकेको ! तेरो हातमा स्याउँस्याउँ किरा परिजाओस ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देउकी

आठ कक्षा पढ्दा पढ्दै विद्यालयको पढाइ छोडेकी षोडशी देउकी बिछट्टै राम्री थिई । घुँडासम्म छोप्ने फरिया र ढाकाको फुलबुट्टे चोली लगाएकी कुखुरे बैंसले उन्मत्त देउकी बर्ने चियाबगानमा साथीसङ्गीहरुसँग इत्रिदै र सिनेमाका गीत गुनगुनाउदै डोको बोकेर चियापत्ती टिप्न पाउँदा औधी खुशी हुन्थी । बगान छुट्टीको दिन बुधबार देउकी साथीसङ्गीसँग कहिले बुधबारे हाट गएर सिनेमा हेर्थी त कहिले ठुट्टेबर मेलामा गएर रोटेपिङ्ग खेलेर रमाइलो गर्थी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महाढाँट र महामूर्ख

एकादेशमा हिमालयको काखमा अवस्थित एउटा सुन्दर मुलुकमा एउटा गुफे राक्षस राजाले आतङ्क मच्चाएको थियो । त्यो राक्षसका मतियार र भरौटेहरुले गाउँ र शहर पसेर कहिले दिनमा र कहिले रातमा लुटपाट, तोडफोड र बलात्कार गर्ने गर्थे । कहिले खेतमा पाकेको अन्न लुट्ने गर्थे त कहिले जग्गेबाटै बेहुलीलाई उठाएर बलात्कार गर्ने गर्थे । बल र शक्तिले उन्माद ती बेसुर राक्षसीगणले सुराको तालमा त्यो मुलुकका बसिन्दालाई सहनै नसक्ने गरी अत्याचार गर्थे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भाग्यरेखा

म माथि कुँदिएका किरिङ्गमिरिङ्ग हस्तरेखाहरू
न लम्बिन्छन् न घट्छन्
अटल र स्थिर चट्टान झैँ छन्
न पुर्नलिखित हुन्छन् न मेटिन्छन्
पूर्वनिर्धारित र अकाट्य हुन्छन्
गर्भमैं भावीका कुचीले रङ्गयाइदिएका
यी भाग्यका अथक भरियाहरू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

श्रीभुँडी

शरीरमा टाँसिएका यी भुँडीहरू
ढिँडो र ब्यञ्जन कोच्ने थैलाहरू मात्रै होइनन्
जाँड र माड भर्ने घैँटाहरू मात्रै होइनन्
बैध—अबैध भ्रुणको ओथारो काढ्ने गुँड मात्रै होइन
मानवीय महत्वकाङ्क्षाका सारथी पनि हुन्
जसको पूजासामग्री जुटाउन
मानिसहरुले नैतिक—अनैतिक सबै कर्म गरे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पञ्चभुत जीवन

जीवन एक अशान्त नदी
हिमाल पग्लिएर सिर्जित जिन्दगी
बग्दो छ, झर्दो छ
पहाडबाट तल तल
कान्ला कन्धरा नाग्दै
घस्रिदो छ,लम्किदो छ
धरतीको छाती कोपर्दै
किनाराका अस्तित्व लुछ्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बरपीपल

हर्के र सपना घनिष्ट बालसखा थिए । सपना होक्से गाउँकी सम्पन्न जमीन्दारकी एक्ली छोरी र टुहुरो हर्के सपनाको घरको जूठोमुठो खाने गाईगोठालो थियो । हर्केका बाबुआमा दश वर्षअघि इलामको सुन्तले गाउँबाट काम खोज्दै मधेश झरेका थिए । त्यही सिलसिलामा उनीहरू होक्सेका बराल थरी जमीनदारकहाँ हलीगोठालो बसेका थिए । त्यहीं हर्केको जन्म भएको थियो ।

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

त्रिवेणी

शहरिया जीवनको ब्यस्तताको भुमरीमा रुमलिएको दिपेश आफैम्भित्र हराएको एउटा रङ्गमञ्चको पात्र झैं थियो। कलेजमा शिक्षण पेशामा आवद्द नवविवाहित दिपेश आफ्नी सुन्दर पत्नीलाई भाडाको कोठामा एक्लै छोडेर बाध्यतावश बिहानदेखि बेलुकासम्म नै जागीर खान र ट्युसन पढाउनमा ब्यस्त हुन्थ्यो ।जीवनको गाडी गुडाउन र आफ्नी पत्नीलाई सुखसुविधा दिन उसले आफ्ना व्यक्तिगत खुशी र आकाङ्क्षाहरुलाई बाध्यताको भारले न्यौछावर गरेको थियो, हरसम्भव प्रयास गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रगतको साँघु

तीन वर्ष बनारसी पण्डाबाट काशीमा कर्मकाण्ड सिकेर आएका खनाल बाजे गाउँमा एकाधिकारी नम्बरी पण्डित नै हुन् । आफूलाई धर्मशास्त्रका ज्ञाता मान्ने उनी आफूलाई शास्त्री नै ठान्छन् । पूराण होस कि बिहेबटुलो, न्वारन होस कि श्राद्द सबै जजमानकहाँ उनकै माग छ गाउँमा ।

उनको पुरा नामथर धनुषनाथ खनाल भए पनि उनी आफूलाई गाउँमा सबैलाई धनुष शास्त्री भनाउन चाहन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चोरी

चोरी चकारी नगरी चतुर्याईँ हुन्न,
दंगा फसाद नगरे इज्जतै रहन्न
सोझा र सज्जन कवै नलिनु दलैमा,
पार्टी चलाउनु सधैं छल औ बलैमा

माथि भैरव अर्यालले आफ्नो कृतिमा चोरीबारे भनेको रोचक उक्तिका साथै विश्वमा धेरै चोरीबारे चलचित्र बने, गीत लेखिए, गजल अलापिए । तसर्थ मैले पनि चोरीबारे केही लेख्ने जमर्को गर्दैछु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •