Skip to content

राजेश अधिकारी

मास्टरजीको कालो कोट

  • by

पाँचथरको यासोक गाउँमा जन्मिएका शार्दुलले दुखजिलो गरेर गाउँकै विद्यालयबाट एसएलसी पास गर्छन्। घरको आर्थिक अवस्था कमजोर भएकाले उनीको उच्च शिक्षा अध्ययन गर्ने चाहनामा बाध्यतावस बिराम लाग्छ।

Read More »मास्टरजीको कालो कोट

लवकुश

  • by

आफ्ना दुधमुखे लालाबालाका बहुप्रतिक्षारत कर्णप्रिय च्याँच्याँ म्याँम्याँ सुन्न आतुर भएका मास्टर दम्पतीका सपनाहरू आफ्नो जोडी बाँधिएको एक दशकपछि पहिलो पल्ट धर्ती टेकेका जुम्ल्यहाँ पुत्रद्वयको प्रथम रुवाईका झङ्कार सुनेर मात्र पुरा हुन्छन्।

Read More »लवकुश

कोमलता

  • by

आकाशीय मेघार्जनको अट्टहासले
त्रसित कोमल बादल
लडिबुडी गर्दै रुन थाल्छे
उत्ताउला ज्वाला र बज्रनादका
कठोर कर्कसताले आतिएर
क्षितिजमा भौतारिन थाल्छे ।

Read More »कोमलता

अयोध्या टू ठोरी

  • by

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मभूमि बारेको विषयमा दुई देशीय विवादको सत्य तथ्यबारे आफ्नो कौतुहलता समाधान गर्न हेतु हातमा एकतारे बोकेर ‘नारायण–नारायण’को भक्ति भजन गाउँदै देवर्षि नारद विष्णुलोकमा आइपुग्छन् ।

Read More »अयोध्या टू ठोरी

जीवनका मोडहरू

  • by
RajeshAdhikari

जीवनका कुनै मोडहरुमा कुलिन भट्ट दम्पतीले आफ्ना छोराछोरीलाई सुखी राख्न कुनै कसर बाँकी राख्दैनथे । गाउँमा शान शौकत र इज्जतको बास बसेको त्यो ऐस्वर्य घरमा एकदिन एउटा काल पस्छ र भट्टीनीलाई चुँडाएर लैजान्छ । सह र ममताकी खानी भट्टीनीको महाप्रस्थानपछि जीवनका सरल मोडहरुले नागबेली मार्गमा बिचरण गर्न थाल्छन् ।

Read More »जीवनका मोडहरू

भुइँमान्छेका छायाँहरू

प्रचन्ड घामको रापमुनि
बेल्चा र खन्ती बोकेका
सयौं ख्याउटे छायाँहरू
चट्टानी पहरा फोडिरहन्छन्
उबडखाबड डाँडा सम्याइरहन्छन्
ती भोका र मरञ्च्याँसे छायाँहरुको
पसिनाले भिजेको भूमिमाथि

प्रेमाहुती

बादलुको च्यादर च्याती
वर्षा बनी र्बिसदेऊ न
पूर्णिमाको जून बनी
शीतल किरण छरिदेऊ न

यो मुटुको ज्वालालाई
शित बनी निभाइदेऊ न
यी आँखाका आँशुलाई
तिम्रा हातले पुछिदेऊ न

प्रभु ! मेरो बचपन फर्काइदेऊ

लगौंटिया साथीहरुसँग बरालिदै
हातमा गुलेली अनि
कट्टुका इँजारघर भरी
कमेरे मट्याङ्ग्रा बोकेर
उन्मुक्त अल्लारे भै
डाँडा पाखा अनि बन फाँट
चहार्दाका ती स्वप्निल स्मृतिले

भाइटीका

सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएर बेहोस भएकी भुजेल्नी पुत्रिरत्नको मुखै नदेखी भगवानकी प्यारी हुन पुग्छिन् । एकातिर पत्नी वियोगले बिक्षिप्त बनेको भुजेल माहिलो लासको छेउमा बसेर फुटीफुटी रुन्छ भने अर्कातिर मातृवियोगले तड्पिरहेको पाँच वर्षे यम लडिबुडी गर्दै चिच्याउन थाल्छ । बुहारीको अकालमै ज्यान गएकाले बुढी सासू पनि भक्कानिदै रुन्छिन् ।

आऊ प्रिय शान्ति आऊ

तिम्रो अविरल स्पर्शको कुराइमा
मनधारी म भित्रको अन्तरात्माले
कति अखप छटपटीहरू पचाए
कति ब्यग्र उकुसमुकुसहरू पिए
कति अधिर पलहरू बिताए

पुनर्मिलन

गर्मीमास । दिनभर जंगलमा आरा काटेर साँझपख लखतरान भएर घर आइपुग्दा आफ्नी स्वास्नीलाई घरमा नदेखेपछि हर्कमान रिसले भाउन्न हुन्छ । घरको चप्पा चप्पा छान मार्दा पनि केही खानेकुरो हात नलागेपछि स्वास्नीले बजार लगेर बेच्न ठिक्क पारेका खोयाबिर्के रक्सीका बोतलहरुमध्येका तीन बोतल रक्सी थकाई र भोकप्यासले रन्थनिएको हर्कमानले एकै सासमा तुर्याउँछ । फलस्वरुप नशाले उसलाई अनियन्त्रित बनाउँछ ।

श्वेत न्याय

जमिनदार मखनलाल चौधरी गाउँमा मनग्ये हरुवाचरुवा, हलीगोठाला आदि राखेर तराईको आफ्नै अलिशान हवेलीमा बस्छन् । उनीले धेरै परिवारलाई आश्रय दिनुका साथै उनीहरुको रोजीरोटीको समस्या पनि टारिदिएका छन् । भलाद्मी, दयालु र न्यायका कठोर पक्षपाती समाजसेवी चौधरी गाउँका सबैका प्रिय मुखिया मानिन्छन् । शान शौकत र सम्पतीको छेलोखेलो भएर पनि बुढेसकालमा बिदुर भएका चौधरी आफ्ना सन्तान दुईजना जवान छोराहरुसँग बसेर जिन्दगीको गाडी गुडाउँदै छन् ।

बहुतन्त्र

सर्वभक्षी हन्तकालीले
हाँग्राले पाँग्रा हसुरे झैं
दन्ते कथाको राक्षसले
फलामे चिउरा चपाए झैं
भेटे जति हसुरिरहेको छ
पाए जति पिइरहेको छ
लुकेर होइन, दिनदहाडै

पर्दा पछाडिको संसार

पर्दा पछाडि छोपिएका अदृश्य सर्जकहरू
लय र शब्दको गुच्छा गुँथेर संगीताञ्जली अर्पिन्छन्
मृदुल झङ्कारहरू सांगीतिक नाङ्लोमा निफन्दै
ब्यथितका वेदनाहरुमा मलमपट्टी गर्छन्
पर्दा पछाडि लुकेका कर्मठ बादकहरू
मधुरता मथेर मोहिनी अत्तर छर्किन्छन्

फेसबुक पूराण

त्वमेव लमी च प्रेमीप्रेमिका त्वमेव, त्वमेव साथीश्च सर्वस्व त्वमेव
त्वमेव डबली बिज्ञापनं त्वमेव, त्वमेव सर्व म फेसबुक देवदेव

प्राचीन हिन्दू पूराणभन्दा बिल्कुलै भिन्न कलियुगे फेसबुक पूराणको महिमा माथिको मन्त्ररुपी स्तुतिले स्पष्ट पार्दछ । हामी एकछिन आँखा बन्द मनन गरौं त, यदि यो ब्रह्माण्डबाट सूर्य आकस्मत गायब भए के होला? पक्कै पनि जतासुकै अन्धकार हुन्थ्यो । बनस्पति जगत क्लोरोफिल बनाउन नपाएर नाश हुन्थ्यो ।

यहाँ मज्जा नै मज्जा छ

चलचित्रको अधबैंशे नायकलाई मस्किदै दाइ भन
पल्लाघरे ठिटौले दाइलाई ठुस्किदै अंकल भन
मज्जा नै बेग्लै छ हे उरन्ठेउला तरुनीहरू हो !
नजिकको तीर्थलाई हेला गर
बिरबले खिचडीमा आँखा तरी मर

यस्तै छ यहाँको रीत

बहुरुपीहरू फर्सेभुँडी हल्लाउँदै फेरि गाउँ पस्छन्
भोके भुँडीहरुले डकारेको कल्पिन थाल्छन्
झुपडीहरुले महल भइने सपना देख्न थाल्छन्
बस्त्रहीनहरू आफूलाई वस्त्रधारी गम्न थाल्छन्
चिप्लामुखेहरुले आस्वासनको पोको बाँड्छन्