Skip to content


प्रिय गुरुबर,
नमस्कार !

म शिबपुरीको बेशीमा लुकेको सहरको परदेशीको तर्फबाट । र मैले आज करिब एक दशक पछि बिहानै एक्कासि ४२0 भोल्टको लकडाउनले मुटु हल्लाए पछि दिमागमा यो माला बनाउदै छु । र यो माला लाउन योग्य ठहर्छ ठहर्दैन ! यहाँहरुले नै मूल्यांकन गरी लाउनु होला ।

आज यस्सो खुस्स भुँडीभोजन लिन घुम्तीको चोकतिर निस्केको के थिएँ दुरुस्तै मेरा प्रिय गुरुङ सर जस्तै मानिस पो भेटेँ त । … होचो कद … गोलो अनुहार … चिम्सा आँखा … मोटो घाँटी … छोटो हात … अनि पोटिला औलाहरू । नजाने जस्ले कति बट्टा चकहरू घोट्यौ होला । र धुलो फोक्सोमा हुल्यौ होला । र म जस्ता हजारौ योद्धाहरुलाई पाईको भ्यालु सिकाउदै टाई लाउन सक्ने बनायौ होला । तर सर तिमीलाई थोरैले सम्झन्छन । र म पनि त्यस्तैमा पर्छु । किनकि तिमीलाई बिर्सेर पनि सम्झन सक्तिन । र एउटा कुरा मलाई तिमी भनिस चाई नभन्नु ल ! । किनकि ज्यादै प्रिय र सम्माननीय मानिसलाई तपाईं हैन तिमीभन्दा हुन्छ ।

पक्कै तिमीलाई यस्तै लाग्दो हो, सामाजिक सञ्जालको यो सजिलो दुनियाँमा कम्तीमा सर ! सञ्चै त हुनुहुन्छ ? भनेर बोलाउन त सकिन्थ्यो । तर म बोलाउदिन किनकि सर म उडेर जुन छुन्छु भन्ने तिम्रै विद्यार्थी हुँ, भनेर घमण्ड गर्न सक्ने ममा सामर्थ्य छैन । र पनि मैले कहाँ बिर्सन सक्छु … र त्यो पानी ट्याङ्की माथि … रमेश ! आऊ पढ् भनेको । त्यो पिपलको बोटनीर अजिङ्गरको आहारा दैवले जुटाउँछ भनेको । … यस्तै यस्तै ।

म आज घरहरुको बीच्चमा बसेर ती स्कुले दिन सम्झन्छु । र खोल्छु रहस्य … मनमनै ! तिमी को मार्फत आएका थियौ । कहाँ रहेका थियौ, म त्यही बाटो हिन्दा चिआई चिआई हेर्ने गर्थेँ । तिम्रा गहिराईका वेदनाहरू ।

र अर्को कुरा म आज यति धेरै शब्द लेखिसक्दा पनि किन किन अँझै खुल्न सकेको छैन । र फेरि सबै खोलिहाल्नु पनि त भएन, किनकि पुरै खुल्दा भोलि फेरि बोल्ने बाटो पनि नरहला । र खुल्दा मलाई आरोप लगायो चाहिँ नभन्नु, नि ल ! किनकि, मैले मेरै गुरुहरुलाई आरोप लगाएको चाई हैन, जबकी गुरु जस्तै भएपनी माता पिता समान हुन्छन् त्यसैले । तर मेरा केही यस्ता गुरुहरू पनि थिए । सम्झेर ल्याउदा … … पढाउने विषयबस्तु फुट्टी कौडी नआउने तर हातमा छडी लिदै ल यो घोक भन्दै घोक्न मत्रै लाउने पनि गुरु थिए । आफ्नै आफन्तलाई बढी नम्बर दिने पनि गुरु थिए … विद्यार्थीले आफ्नै पोल खोल्यो भनेर बिना गल्ती पनि खोतली खोतली पिटन आउनी पनि गुरु थिए । अरुको छात्रवृत्ति खोसेर आफ्नैलाई दिन लाउनी पनि गुरु थिए । पढाई छोडेर विद्यार्थीकै पछि लाउने पनि गुरु थिए । तर यो सबै मेरो गलत बुझाइरहेछ ।

र मन निचर्ने कुरो … ? पढाउन निकै विद्वान र प्रखर भएर पनि आफ्ना दामलेहरू UK र पोखरा सर्दा पनि … आफू गाउँकै स्कुलमा थेच्चिन पर्दा … र अँझ भित्र आफ्नै भाइसमानका सहपाठीबाट चेप्पिन पर्दा पर्दै पनि … स्कुलकै चिन्ताले कक्षामा पढाउदा पनि बाहिर बाहिर हेरेर पढाउने … सङघर्षले खारिएका र म छुट्टिँदा … जो जस सँग सम्बन्धित छ लेखेर पठाउने पनि मेरै गुरु थिए ।

आखिर सच्चा गुरुलाई म हिजो जति पुज्थे आज पनि त्यत्तिकै पुज्ज्छु । सायद … पेसाको कर्मले सेकाएको मर्म हो कि ? त्यसैले आज भोलि सोच्दा पनि यस्तो लाग्छ, कि … … केही सम्बन्धहरू यस्ता हुन्छन् जो कोट्याएर बोलाइदैनन, तर सम्झनामा कोट.टिएर बसिरहेका हुन्छन् ।

र अन्त्यमा सर ! तपाईंहरुले जति पढाउनु भयो, मैले मात्र किताब पढ्न सिके … जीवनको पढाइ त किताबहरुभन्दा पनि अँझै धेरै पढ्नु रहेछ त्यसैहरुले त सर ! मलाई जीवनका मीठा सिक सिकाए । जस्लाई तपाईंहरुकै यादहरू सँग घोलेर पिउदै आजपनि वास्तविक जीवनको स्वाद लिइरहेछु ।

तपाईंहरुकै चेलो
निराला
बुढानीलकण्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *