मेरि हजुरी अर्थात, मुखिनी बजै !!!!!
आज २०७६ को तिहारको दिन ।सबै तिर माला र पालाको रमाइलो छ ।तर मलाई भने तिहारको पियार छैन । जस्ले गर्दा मनमा ताला लगाएर ,यो लेख लेख्न बस्दै छु ।सम्भबत !दिनपर एक बजे ।सुरु यहिबाट गरौ ,कि नगरौ ,दोधारमा छु ।निधो छैन, म लेखी खाउला कि नाई ।खैर !म त्यति लेख लेखी टोपल्ने मान्छे पनि त हैन ।त्यसैले कताकता शरिरमा काडाँ उमार्दै म लेख्न थाल्छु ।हजुरिको मृत्युबाट ,,,,,,,
हजुरी! अर्थात, मेरि साख्खै हजुर आमा ,बुबातिरकि ।अर्थात , मेरै पुर्ख्यौली रुख ,अब त उनको शरीर पनि सुकेर दाउरा भयो ।अनि जलेर गयो सक्कियो ,। सुकेको रुख जस्तै ,उनले बिरुवा हुँदै रुख छुदा हरिया बैँसका पातहरु सङ्गै कति फुल फुलाइन होला। तिनमा कति झरे र कती फल फलाईन होला त,,कतिको भोक मेटाईन होला ,कतिलाई छाहारी दिइन होला र उमारिन होला कति कति नयाँ बेर्ना । तिनै बेर्ना मध्येको म पनि एउटा बेर्नो हुँला तर दुखको कुरो उनले उमारेर हुर्काएका कुनै बेर्ना पनि मर्ने बेलामा मुस्किलले उनको लास घेर्न र हेर्न बाहेक बाचुन्जेल कुनै काम आएनन र पनि हाए!!! मेरो समाजले भन्यो । ओखो! मुखिनिले त धेरै मान्छे कमाएकी रहिछन, तर कठै मेरि हजुरी तिम्रो पीडा तिमी सङ्गै बूढो भयो र तिमी सङ्गै मर्यो । र मलाई धिक्कार लाग्छ तिम्रो बेर्नो भएकोमा भन, अब म के गरु।।।

बात म जन्मिदा तिरको नै सहि । त्यति बेला मेरि हजुरि मात्र थिइन घरमा मैले बुज्ने भएसम्म ।हजुरबा त उहिल्यै स्वर्गबासी हुनुभएको रे ! सानो छदा बाबाको मुखबाट सुनेको कुरा हो यो । बाबा मलाई हमेसा रामबाबु भनेर बोलाउने गर्नुहुन्थ्यो र कहिलेकाही सुस्केरा हाल्दै सुनाउनु हुन्थ्यो ,,के गर्छस रामु !,,,मेरा बाको धेरै सम्पती थियो किनकी हजुरबा मुखिया थिए ।दस गाउसम्म उनको ठूलो नाम थियो ।पन्डित्याई गर्नु ,चिना टिप्पन बनाउनु , आखत हेर्नू उनका मुखिन्दारी सके पछि गर्ने रोजका काम थिए । तर यसलाई डाइनोसरले जस्तै मेरो बाको पुस्ताले जोगाउन सकेन र मपनि जोगिइन ।बाले ओल्लो खोलोदेखी पल्लो खोलो सम्मको जग्गा कोहि गुन्द्रुक सित साटे त कोहि रक्सी सित बाँटे ।अरुलाई त केही राखेनन राखेनन ,आफू पनि धेरै समय बाचेनन ।लयो बाबै !लयो, रक्सिले लयो ।त्यस्पछी हाम्रो सुकुम्बासी पुस्ताको जन्म भयो ।
,,,,,,,,,बाले खुइइ!!!!!!,गर्दै लामो सुस्केरो भर्दै सुनाउनु हुन्थ्यो । बिगत फर्कन नसकेको चर्कदो बिगत ,बाले यत्ती बोले पछि मेरो बाँझो मनमा कैयौ प्रश्नहरु जन्मन्थे तर अहँ बालाई सोध्न सक्दैनथे । आज भोलि म सङ्गैका सहपाटी गोठाचोटामा भेटिदा मेरा बाले केही गरेनन आफ्नो जिबनमा आफू पनि गरिबको गरिबै रहे भनेर सरापी रहदा म हिजो सम्झन्छु र बालाई त्यसो भन्न सक्दिन किनकी बाका आज जस्तै हिजो पनि आफ्नै बहिरा देखिने गहिरा दु: ख थिए ।

अब कुरो उनै हजुरिको,,हजुर्बा बिते पछि हजुरीको एक्लो जीवन सुरु भएको थियो ।तर पनि आफ्ना अबिबाहित दुई छोरा अनि ग्राम जिबनकै चुलो चम्कोमा पानी पधेँरोमा उनी समयसङ्गै अटाउने गर्थिन ।र श्रीमान बितेको पीडा घटाउने गर्थिन ।बुढा हजुर बा मुखिया भएकाले हजुरिको नाम पुस्ता सर्दै आउदा पनि मुखिनी मै रहेको थियो ।किनकी बर्सौ पहिले हजुरबाले आफ्नै पालामा बनाएको गाउँकै नयँ घर अर्थात ,नहेर कि मुखिनी ।उनका वास्तविक नाम साबीत्रि अनि सुभद्रा कहि कतै सुनिएनन ।
लौ बर्खा लाग्यो कतै भल छोप्नु पर्यो , धान रोप्नु पर्यो ,लौ !न मुखिनी बजै !!!कतै कोदो रोप्नु पर्यो लौ न मुखिनि बजै !! अर्म पर्ममा उनको हात खुबै बिक्थ्यो हुन त मानिस बल हुनेको नै त साहारा लिन्छ अनि बल सक्किए पछि मिल्काइदिन्छ ।चाड्बाड आयो केही पकाउनु पर्यो, चाहे रोटि पुरी नै किन नहोस ।लौन !मुखीनि बज्यै ,कसैको बिहे ब्रतबन्ध , भोज, पुजा ,मृत्यु सस्कार ।कहाँ कहाँ पुगिनन उनी ,कस्कस्कोमा जुटिनन उनी । उनको हातको गति काम गराईको ढंग बेजोड्को लाग्थ्यो ।लाग्थ्यो उनी कुनै पुरुष भएर जन्मेको भए ब्रुस्ली नै पो बन्थिन कि ।कसैले लौन बज्यै भन्यो भने उन्ले नाइ भन्दै भनिनन ।गइन सेबा दिन ,मेवा खोज्न होइन ।,,,,,,तर मानिस कुरौटे जात न हो, कुरा नगरी त कहाँ बस्न सक्छ र कुरौटेहरु उनलाइ नयँ घरकी बुढी एउटा चुरोटमा बिक्छे भन्न पनि त पछि परेनन ।तर उनको पिढा पति मरेपछी कसैले बुझेनन न छोरा न छोरी ।मैले कताकती बुझे जस्तो लाग्थ्यो तर मेरो समयमै बुझाई पुगेन ,,,,जब पुरै बुझे तब ढिला भैसकेको थियो ।,हजुरी भगमानको प्यारो भै सकेकी थिइन ।

हजुरी बिजुली चुरोट पिउथिन । पसल माथी डाडाँमा थियो ।हजुरिको उमेर आज फिर भोलि ढल्कदो थियो र जता पनि छ्या छ्या र छु छु गर्ने बेलाका हामिलाई हजुरिले ल दुई रुपिया त खा बाकीको चुरोट ल्या भनेर ,पैसा सुपिन्थिन ।बाटा खर्च पिपल गेडिको पैसो पाएपछि अरुबेला दिदिसङ्ग खेल्ने म दिदिको वास्ता पास्ता नगरी पसल तिर दौडन्थ्ये । र आदिछिनमै किनि अरेको चुरोट लुकाएर पिपल गेडि च्याप्दै फर्कन्थ्ये तर खै किन हो किन मेरा पाईला सुरुकै गतिमा चल्दैनथ्ये ।र म निकै बेर गरि लुरुलुरु हजुरिको छेउमा जान्थ्ये ,र लाडे पल्टिएर भन्थ्ये ,,,,,हजुरी! हजुरी!!! मैले त चुरोट ल्याईन ,हजुरी कतै एस्ले बाटोमै पैसा त हराएन भनेर हतारिदै सोध्थिन ।।।किन ???अनि म मौके बालदार्शनिक बनेर हजुरिलाई सम्झाउन खोज्थ्ये ।हजुरी !हजुरी !!हाम्रो सरले भनेको ,चुरोट खानुहुन्न क्यान्सर हुन्छ रे ।फोक्सो सुनिएर मान्छे मर्छ रे । मैले त्यै भएर चुरोट ल्याइन ।भलै त्यो उमेरमा मेरो त परै जाओस हजुरिको पनि फोक्सो र क्यान्सर सम्म पुग्ने बिचारको औकात कहाँ ।तर पनि कत्ती सोझी थिइन मेरि हजुरी ,केही बोल्दै बोल्दैनथिन र चुपचाप हेरिरहन्थिन । पक्कै हजुरिको म प्रती अगाध माया र बिश्वास थियो । यत्तिकैमा केही समय पछि हजुरी केही सम्झेजस्तो गरि ,,,,मेरो जागेको खल्तिमा तुर्लुङ्ग झुण्डिरहेको चुरोट हेर्दै ,,,ह्या !!ले ले छिटोले फेरि शनिबार राधाकृष्णको मन्दिर लादिननी ।बिठ्याहा केटो !!भन्दै घुर्क्याउन थाल्थिन ।अनि त चुरोट लुरुक्क बुझाउनै पर्थ्यो ।तर आज आएर हजुरी बितेको एक साल पछि म बल्ल बुज्ने भएको छु ।,धत !हजुरिको प्राण त त्यतीबेलै देखि चुरोटले अडिएको रहेछ ।आजभोली एकान्तमा एसै सोच्ने गर्छु ।,,,जिन्दगिमा कुनै चिज पाउँदा त्यस्को महत्त्व मात्र फिक्का हुँदो रहेछ ,जबकी पाएर गुमाएपछी ,त्यस्को महत्त्व ढिक्का हुदो रहेछ । यो मलाई मरेपछिकी हजुरिले सिकाएकी हुन ।

हो हजुरी एक्लि थिइन । ,हजुरबा बितेपछी बाबुको जिम्मेवारी लिनु पर्ने छोरो ,जेठो छोरो पनि कुर्कुरे बैसमै कुखुरी च्यापेर सुकिलो मुकिलो हुने नाममा सहर्को जङ्गल पसेको थियो ।घरमा थिए माईला र कान्छा । कान्छो सानो थियो सकि नसकी घरको भार माइला ल्यै उठाउनु पर्यो ।नबेलामा पढन पायो न बेलामा खेल्न पायो । पाहाड फोरेर उब्जिएको रुखो सुखो आमाले जे जति पकाउथिन त्यै खायो र अघायो ।
एसरी नै हर्षहरु जोगाउदै बर्षहरु बित्दै गए ।घर ब्यबहारले झन थिच्दै गयो ।,त्यस्को भार हजुरिमा पर्यो चुरोट सुरु सुरुमा त उन्नले खान्थिन पछि चुरोटले उनलाई खान थाल्यो ।र स्वास्थ घर्कन थाल्यो ।कैले बैध कैले डाक्टर ,त्यो बेला गाडीको सुबिधा थिएन भएपनी कताकती । कैले डोको काटेर नाम्लो बाटेर त कैले काँधमा बोकि अरि माइलो छोराले मुखिनीलाई कहाँ कहाँ पुर्यायो ,पुर्यायो सायद पुग्न बाकी ठाउँ थोरै थिए होला गन्दा ।बल्ल बल्ल बिमार दम निको त के बिसको उन्नाईस भयो ।तब न माईलाको पनि सास रह्यो ।

बच्चा हुँदा कहिलेकाही लाग्थ्यो ?अरुका त हजुर बा छन बाहिर त्याहिर घुमाउन लान्छन ।बन पाखा अनि डहर चौतारामा बाघगोट्टी खेलाउछ्न । मीठो मीठो ल्याउछन खुवाउछन ,तर मेरा हजुरबा चाहिँ खै ? एस्तै बिचार मनमा उम्लिए पछि म जोर जोरले ममिलाई सोध्ये,ममि!!! ममि!! ,,हाम्रा हजुर बा खै ?कहाँ गएका हुन ?कहिले आउछन ?। ,,खै किन किन ममि केही बोल्नुहुन्नथ्यो ??? ममि नबोले पछि म ममिलाई जिद्दी गर्दै झकाउथ्ये ,,,हल्लाउथ्ये ।।।अनि ममि मसिनो गरि भन्नू हुन्थ्यो ,उ माथी आकासमा ।।।
त्यति बेला खै किन किन ममिले मलाई त्यसै बिल्लाए जस्तो लाग्थ्यो र एक मन रिसाउथ्ये पनि ,,किनकी म आधा पाकेको आधा काँचो उमेरको थिए ।अनि झनक्क फर्कदै ,,,,, आफ्नै एक्लो लहडमा चौतारा बाहिर निस्कन्थ्ये ।अनि मन बुझाउथ्ये हेर न फलानो किस्नेको त हजुरआमा नै छैन ।मेरि हुजुर आमाको जस्तो मीठो सेल त्यस्को घरमा कस्ले पकाउदो हो ।,,,जाबो गाउँ डुल्न नपाएर के भो र नाथे गाउँ डुल्नलाई त म एक्लै पनि सकिहाल्छु नि ।फेरि हजुर बा भएको भए बुढाले एता आ उता नजा ।एहाँ बस त्यहाँ उठ भनेर गिदि पनि त गर्न सक्थ्ये । त्यो भन्दा त बरु हजुर बा नभए कै जाती ।त्यस्मा पनि मेरि हजुरी त छन नि । सुब्बिनीको वारि नपुग्दै म यो सम्झन्थे अनि एकै झपटमा फर्कन्थे ।
म फर्कदा हजुरी ,,,,आगनमा भट्ट मास ठटाइ रहेकी हुन्थिन ।र अकस्मात मलाइ देखेर भन्थिन । निकै पर जान्छु भनेर हिनेको थिइस रे त ,!फर्किचस।,म भर्खर फुटेको पानीको फोका जस्तै केही पनि बोल्दैनथ्ये र भकाभक हजुरिको रिस मासका झ्याङमा पोख्थ्ये ।लौरी उठाउदै ,,,,,,,,,,
समय बढदै थियो र थिए म पनि बढदै ,,अब त परिबार पनि बढदो थियो ,,,मेरा बुवाका भाइ अर्थात काकाको बिबाह भइसकेको थियो ।पुरानो फुसले छाएको घर थियो,,खर पुरानिदै गएको थियो ,,,,,,,वरिपरिगाउँमा जस्ता पाताका घर उहिल्यै ठडिही सकेका थिए हाम्रो मात्र फुस्स उडेकी खुर्म्री बुढी जस्तो खण्डहर बचेको थियो । न कसैले एस्लाइ टाल्थ्यो ,,,न कसैले एस्लाई पाल्थ्यो र पनि एस्ले हमेसा आफ्नो चुलो बाल्थ्यो र हामिलाई पाल्थ्यो ।उता जेठोले कसैको लिदा पनि लिन्न कसैलाई दिदा पनि दिन्न म गरेर खान सक्छु तिमिहरु जे जे गर्छौ गरो भनेर भातृबैरी बनेर आफ्नै सुर गरेपछी ,पुग नपुग कोचाकोच त्यसैघरमा अटाएका थिए दुई भाइ ।दुई भाइ हुँदा सम्म त ठिकै थियो ,,,क्यै परिहाले आमा कराउथिन ,,,,कै नभएका कुलङ्गार कति गरेर हुर्काए।,अब यहि शरीर बाकी छ लुछ ।अनि दुबै चुप लाग्थे ।अब त कान्छाको पनि बिबाह भएपछी दुई मुख चार भए ।चार हात आठ भए तर आठले जितेन चारले जित्यो ।र दिन दिनैको रडाको सुरु भो । तेरा पोईले एसो भन्यो तेरि स्वास्निले एसो भनी अह मिलती देख्खिएन ,आज सम्झायो भोलि उस्तै ।एस्तै रितले परिवार चल्न सकेन ,र कठै !भत्कियो घुमाउने घर हजुरबाको मासु नभएको हडडी ।अनि बने दुई झुपडी ।।।।।।।
,,,,,,,,,,,,,
हजुरीका ,,,,,हजुरबा बिते पछिका दुई नै साहारा थिए ।एक चुरोट अनि अर्को सत्सङ्ग ।कहिलेकाहीँ कतै कसैले कुनै किताब दियो भने ,,ला !ला !केटा पढ भन्दै उनी मलाई पुस्तक थमाउथिन ।यस्ता पुस्तकहरु प्राय मलाई सम्झना रहेसम्म छितिज चन्द्र चक्रबर्ती गुरुका हुन्थ्ये ।बाल्यकाल अर्थात जिबनको स्वर्णीमकाल ,अझ भन्नै परोइन बाल्यकालको शनिवार ।जिबनमा जत्ति कमाए पनि त्यो बाल्यकालको शनिबारको खुसी किन्न सकिएला जस्तो लाग्दैन कहिल्यै पनी ।अझ त्यस्माथी राधाकृष्ण मन्दिरको घुमाई ,,,,

हजुरी सधैं जसो शनिबार हामिलाई राधाकृष्णको मन्दिर लाने गर्थिन ,काउले डाँडोमा ।त्यहाँ थुप्रै हजुरी जस्तै अरु हजुरी पनि हुन्थ्ये । हजुरी सत्सङ्ग सुन्दै गमिरहेका बेला हामी भने निस्फिक्री डुलिदिन्थ्यौ । बिना बताईअरी ,भिर ,तिर ,चौर ,खोच अनि जङल तिर ,,केही बाकी रहन्थ्येनन घुम्न । हामी कोहिली सङ्गै सुसेल्ने गर्थ्यौ ,कटुसका पात बजाउदै भुल्ने गर्थ्यौ,तब केही बेरमै हजुरी हस्याङ फस्याङ गर्दै हामिनिर आई पुगेकी हुन्थिन ।अनि रुखमा भए रुखबाट झर्न लाउथिन अनि कहिलेकाही मायाका एकदुइ थप्पड पनि हिर्काउथिन अनि भन्थिन ,,,,अब भोलीबाट तिमिहरुलाई ल्याउदिन ।

,,,,,,,

यसै गरिगरी हप्ता बित्थ्यो स्कुल गयो आयो । जब फेरि शुक्रबारले शनिवारलाई बोलाउथ्यो नि अनि हाममा उस्तै फुर्ती आउथ्यो ।र , हजुरिसङ्गै बराती लाउथ्यो ,,र ,,बरातिमा कहिल्यै नछुटने जन्त्ती हुन्थ्यौ दिदी र म ।
हजुरिले सुरुका दिनमा जति चाखले हामिलाई मन्दिरका निम्ति बोलाउथिन ।पछिल्लादिनमा त्यो चाख घटेको थियो ।कहिलेकाही हामी सोच्थ्यौ । कतै !!हामीले बिठाई गरेर त हैन कि हामी ठुला भै सक्यौ र पो हो कि।,यो कुरा एकै छिनमा हावाको झोक्का जस्तै दिमाखमा आउथ्यो र उत्तिखेरै कता बिलाउथ्यो बिलाउथ्यो पनि ।,अनि हामी एकै लहडमा हजुरी खोज्न जान्थ्यौ ।,हामी पुग्दा उनी कैले करेसामा तरकारिलाई थाक्रा जेलाउदै हुन्थिन त कैले पाठापाठी खेलाउदै हुन्थिन । अनि हामी दिदी भाइ नरोक्किइ एकै स्वरमा भन्थ्यौ ,,,,,,,,हजुरी आज मन्दिर ,जाने हैन ,?????
,,,,,,हजुरीले हामी मन्दिर जाने भन्दै ठिङ्ग ठडिएको देखेर भन्थिन ,अहिले हैन पहिला भात खाने अनि जस्ले छिटो छिटो भात खाने उहीँ म शीत जाने ।यो हजुरीले झुक्याउन नभएर भात खुवाउने सर्त तेर्स्याएकी हुन्थिन ।अघि सम्मको उनको लादिन भन्ने रिस एक छिनमै फासफिस भैसकेको हुन्थ्यो ।खै कता झरेको हुन्थ्यो या केहिले मरेको हुन्थ्यो र फेरि हमेशा भात खानमा ढिला म नै हुन्थे दिदी सपासप खाईसकेकी हुन्थी ।र मलाइ बिल्याईरहेकी हुन्थी आज त मन्दिर नजाने भइस ।

यसरी हमेसा हामी फुर्सदमा काउलेको डाँडो ताक्थ्यौ ।ऎसेलु चाख्थौँ ।अनि हजुरिको वचन खुट्टामा राख्थ्यौँ अनि दगुर्थ्यौ उसै गरि ।जब केही भोक लाग्थ्यो नि तब हजुरी सङ्ग मिस्री ,नरिवल अनि प्रसादका लागि ल्याईएका उखु र मेवा माग्थ्यौ ।हजुरी एउटा सर्त राक्थिन ,,,नचल्ने भए मात्र !हामी मिठाईको आशमा ,,,लेब्रो तान्दै भन्थ्यौ अब चल्दैनौ नि हजुरी ल ,,,,,हजुरी पक्का भनेर बाचा बधाउदिन। र मिठाई बढाउथिन ।मिठाई पाउने बित्तिकै फेरि हामी सुरुकै लयमा फर्कन्थ्यौ हुर्ये । अनि हजुरि हाँस्दै नसकिने भो तोरिलाउरे ! भन्दै सत्सङ्ग तिर लाग्थिन ।,,,,,,,

लाग्थ्यो अति भएपछी त घरी घरी हजुरी पनि जोर हुन्थिन हामी देखि अनि भगवानको डर देखाउथिन । ,,,,,,हेर केटाकेटी हो मन्दिरमा आएर जुठो दल्ने र धेरै चल्ने गर्नु हुन्न भगबानले माथिबाट हेरि रहेका हुन्छ्न ।त्यसैले हिजो सम्म गरेका गल्तिको भगवान सङ्ग हात जोरेर माफी माग अनि मन्दिररलाई घुम ,।,,,हजुरिले यति भनेपछी हामी भगवान कै डरले भए पनि निहुरिन्थ्यौ अनि मन्दिर घुम्न थाल्थ्यौ ।प्राय जसो हजुरिले दिने घुमाइ कि त १०० हुन्थ्यो कि त १०८ तर हामी गन्तिमा बहुत झेला गर्थ्यौ र एकचोटि १८ पछि उनन्चास ल्याउथ्यौ अनि गन्ती सक्किन्थ्यो र हजुरिलाई चिच्याई चिच्याइ भन्थ्यौ ।हजुरी सक्कियो !!!! ,,,हजुरी थोरै झर्किन्थिन ।कति चिच्याएको यति छिट्टै ।हजुरी पक्का पत्यार मान्दिनथिन ।अनि हामी दिदिभाई एक अर्काका आँखा सन्काउदै हजुरिलाई हा गरिदिन्थ्यौ ।अनि एक दुई तीन सुनाउन थाल्थ्यौ ।अनि अघि जस्तै झेला हाल्थ्यौ अनि हजुरिलाई एकिन दिलाउथ्यौ तर कठै मेरि हजुरी अ,, हो,, हो ,,भन्थिन र औला भाच्दै साउ अक्षर गन्थिन ,,,१,३,४ किनकी उनी पढालेखा थिईनन ।
अब कुरा गरौ हजुरिको प्राणको ,जुन आज हाम्रा सामु छैन र त महत्त्व बढेको छ ।भैन्जेल त उन्को प्राणलाइ कस्ले रहन दियो र तर आज मरेपछी ढोङ्ग गर्नेहरु सर्बत्र भेटिन्छन ,,,,,यो भनिरहदा हजुरिको थोरै प्राण बरु चियाले धानेको थियो ।।चिया पिएर अरुसङ्गै गफिएर दिन काटनु उनको दैनिकी थियो ।उमेर ढल्कन लागेपछी सरकारी भत्ता आउथ्यो ।त्यस्ले पुगेसको चुरोट उडाउथिन हजुरी ।,नत्र उनलाई दिने नै को थिए र ? कहिलेकाही घर पुग्दा त्यै भत्ता पनि नातिले चोरिदिए छ केटा ,,,,,!! क्यारु उनी रुदै गुनासो सुनाउथिन ।
,बुढेसकालमा छोराछोरीको त आ-आफ्नै परिवार थियो ।उनिहरु त्यसैमा रमाएका थिए तर हजुरीको न टेक्ने हाँगो थियो न समाउने हाँगो ।,बुढी रुख पात सबै सुकिसकेका थिए ,,र पनि वरिपरिका सन्तती बोटबिरुवाहरुलाई निहार्थिन र ओताउथिन ।,तर उनिहरु फुत्किहाल्थ्ये ,र आफ्नै पातले हावा सङ्ग कावा खादै रमिरहेका भेटिन्थ्ये । र कहिलेकाही बुढी रुखमा हावाका झोक्काले सन्ततिकै पात छोईएपनी धुलो लागे जस्तै टक्टकिन्थ्ये ।तर कठै मेरि हजुरि !!!बुढी पिपल ,,न त कतै सर्न सक्थिन न त इच्छा मृत्यु मर्न सक्थिन ।नयाँ भित्रिएका बुहारिले यो पनि हाम्रै आमा जस्तै हो कहिल्यै सोचेनन।हैट !मानिस कस्तो निठुरी जात ,।
हजुरी बुढी पिपल ,जस्लाई सबैले फाइदाको तराजुमा राखेर जोखे तौले तर तौल बिहिन पाए र त्यसै मिल्काए तर जब उनी दाउरा बनिन नि तब आज सबैले आगो तापिरहेछ्न ।
यसरी सबैले हेर्दा हेर्दै साहारा बिनाको पोखरिको मौलो ढल्यो ।मरिन हजुरी ,बुढिमरे झोल खान पाउला भन्नेहरुले भित्र भित्रै झोल खाए ।,बाहिर बाहिर समाजको लोक र लाज बुझाए ।भगवान सङ्ग नडराउने मान्छे समाज सित डराए ,पण्डित ल्याए ,कृया बसे ,दान दक्षिणा गरे ,पिण्ड पुजाए । जस्ले बाचुज्नेल एकमुठी सास धान्ने गाँस दिन तगारो बने ,एक बुद पानी दिन कने ।बतिनिहरुल्यै मरेपछी फेसबुके फोटो फिजाउदै मेरि आमा भने ।
,यो देखेपछी मलाई लाग्यो जिउदामा घाँटी न्याक्नेहरु मरेपछी पाउ पुज्दा रहेछन । कठै !कलि धपधपी बलि ।

केही बर्ष हजुरिले एसै एसै कटाइन ।जोडिन सक्नेहरु सन्ङ्ग जोडिइन बाकी सङ्ग फोडिइन।तर साहसी हुन हजुरी छोराको अन्देखपना ,बुहारिको तिरस्कार अनि नाति नातिनाको आलोचना ।सबै पिएरै बाचिन । चुरोट सङ्गै ,,,,
हजुरी बारम्बार भन्ने गर्थिन नबिराउनु ,नडराउनु ,,र उनी आफै पनि हेइ गर्ने सङ्ग हेइ र चेई गर्ने सङ्ग चेई गरेरै जीवन कटाइ दिइन तर उनको आफ्नै भोगाई भने सिलौटाले थिछे जस्तै रह्यो जो उनिले कसैलाई पोखिनन ।
अन्त्यमा , आफ्नै जन्मदातालाई हेला गर्ने तर उपकारका नाममा सामाजिक सन्जाल भर्ने ,आफ्नो धाक र रवाफको पहरेदारी गर्ने तर अरुको आस्था र बिश्वास अनि त्याग र समर्पणलाई घृणा गर्ने ,खोलो तर्यो लौरी बिर्स्यो ।साच्चै बुढेसकाललाई नै तिरस्कार गर्ने बिचारको जन्म कसरी भयो समाजमा ।हामी झन सभ्य भएका हैनौ र के यहि हो त सभ्यता।।आफुलाइ जन्माउने ,हुर्काउने ,अनि पढाउने बढाउने ,,,घाममा छाहारी बन्ने ,पानीमा बर्साती बन्ने ,हामी गलत बाटोमा हिडन लाग्दा ,,त्यता नजा भन्ने ,आफ्नै जरालाई किन बिर्सदो छ समाज ? किन बिर्सदा छौ हामी ?के हामी पनि भोलि बुढो हुनु पर्दैन र ?त्यति बेला आफ्नो पनि त्यही थिती ,पालोको पैचो नआउला र ??

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *