Skip to content


गाउँ पनि बिरानो भो टेक्न पाए हुन्थ्यो
सपनीमा एकै झल्को देख्न पाए हुन्थ्यो

बाराही र फेवा मेरा कस्ता भए सहेली ती
कलम छैन एउटा चिठी लेख्न पाए हुन्थ्यो

मझुवा खेत पुरियो रे कठै ! मेरो अन्नदाता
पहाड बनी मनको बाधँले छेक्न पाए हुन्थ्यो

हिमालले नि न्यानो पार्ने मेरो सुन्दर पोखरालाई
पश्चिमपनले चिसो पार्यो सेक्न पाए हुन्थ्यो

जपनिमा गए पनि बिपनिमा जानू छैन
घरी घरी आउने झल्को फ्याक्न पाए हुन्थ्यो

-रमेश त्रिपाठी निराला

Leave a Reply

Your email address will not be published. Required fields are marked *