बगिरहने नूनिलो यो आँखाबाट आँसु
थिचेको छ समयले कसरी म हाँसु
घामसँगै निदाएर जुनसँगै उठछु
समुद्र छ आँखाभित्र पानी बग्छ पुस्छु
आधा भोकले आधा शोकले लुछ्यो जिउको मासु
थिचेको छ समयले कसरी म हासु
अघि पुग्ने साथी हेर्छु पछाडि छ ताँती
डुब्नै लाग्यो जिन्दगीको घाम डाँडामाथि
रोक्किएर तिमीसँग साइनो क्यारी गाँसु
थिचेको छ समयले कसरी म हाँसु
-रमेश त्रिपाठी निराला
बुढानिलकण्ठ -२
काठमाडौं
