Skip to content


जाडो सङ्गै प्रीत लगाउ भन्नेहरू कहाँ गए ।
एकै दिनमा तिम्रा-हाम्रा बन्नेहरू कहाँ गए ।

सर्दा सर्दै कुहिसकेँ अब कस्ले किन्छ मलाई
नकुहिदै पुर्न खाल्टो खन्नेहरू कहाँ गए ।

लाससँग बास मेरो त्यहीँ जिउँदो आस मेरो
कहिले मर्छ भन्दै दिन गन्नेहरू कहाँ गए ।

ओदानोको घर मेरो भित्र सधैं आगो बल्छ
भित्र हाँसी बाहिर चोट कन्नेहरू कहाँ गए ।

दुख देखी लौ लौ भन्दै दिदा आफै नाङ्गो भा छु
मागी मागी धनी कुबेर बन्नेहरू कहाँ गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *