Skip to content


हाँगा हाँगै पालुवा झुले
फूलको डाली छ कि छैन

रोपेर मात्र हुन्न फूल
हुर्काउने माली छ कि छैन

भर्यौ होला मनका कुना
कतै खाली छ कि छैन

कति गर्छौ रीसै मात्र
दिने ताली छ कि छैन

सोझी परें बरु तिम्रो
मन जाली छ कि छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *