एकान्तमा सम्झी तड्पी बसें तिम्रै लािग
बगाई आँखाहरु दर्की बसें तिम्रै लािग
धरै दिन भो तिम्रो कुनै खोजखबर छैन
आउँछौ कि भनी पर्खी बसें तिम्रै लागि ।
यो भेट हाम्रो सुगन्धित कसो नहोला
मग्मगाउने अत्तर छर्की बसें तिम्रै लागि ।
मनमा फुलाई अनेक सम्बेदना कोमल
श्रध्दाको फूलहरु अर्पी बसें तिम्रै लागि ।
अगाडि बढ्नु नै जिन्दगी हो जान्दछु
अडेर अतीतमा फर्की बसें तिम्रै लागि ।

very very nice article
very very nice article tapaiko thanks chha.
prem
prempujja@yahoo.com