Skip to content


सोधेर पनि सपनीमा सुस्तरी कोही आउँछ र
मीठो पीडा प्रणयको अनायसै जगाउँछ र

घाउ कस्तो अनौठो आज यो पाएँ
अमृतको रस पनि पिएर कोही अघाउँछ र

फुल्न त फुलेकै हो पि्रतीबारीमा फूल
लुकाए नि प्रेम चारैतिर मग्मगाउँछ र

हराएको सूर तालको अब के कुरा भो र
रातलाई रात हैन दिन भन्न लगाउँछ र

असाध्य रोग त हैन होला नि त्यस्तो
ओखती छन् कि कुनै कसैले बताउँछ र

Leave a Reply

Your email address will not be published. Required fields are marked *