पिए झैं गरेकी हुँ ,पिएर मातेकी छैन हजुर
अरुलाई जस्तो तपाईंलाई ढाँटेकी छैन हजुर
आफ्नो र परायामा फरक त हुने नै भो
हजुरको माया अरुसँग साटेकी छैन हजुर ।
” जान्दिनौ तिमी ” भन्न किन छाड्नु हुन्न
लाएको भोटो त्यसै फाटेकी छैन हजुर ।
इख नभाको मान्छे,बिख नभाको सर्प,हुन्न
थुकेर आफैले फेरि चाटेकी छैन हजुर ।
बिस्वास छ अटुत,कैल्यै साथ छोड्नु हुन्न
आइ पर्ने झमेलामा आत्तेकी छैन हजुर ।
mdhsusma@yahoo.com
