Skip to content

रामेश्वर राउत मातृदास

हामी हुरीका चराहरू

  • by

देश भएका हामी देशबिहीनहरू
जागिर खाएइका बेरोजगारहरू
नेता बनेका नेतृत्वहीनहरू
सास फेर्दाफेर्दैका ज्यूँदा लाशहरू ।

बाल लोकले

  • by

केटाकेटी मिलेर
हान्न थाले मटेङ्ग्रा
बगैँचाका फूललाई
लात्ती हान्छन् फटेङ्ग्रा

फूल रोप्ने मालीको
मीठो मुस्कान बालीमा
सबको हित चित्तले
जीवन फुल्छ डालीमा