Skip to content


गुन गर्‍यो बैगुन हुन्छ के युग हो यो कस्तो ?
अमृतको वृक्षभरि विषै फक्रेजस्तो ।

आउने हरेक अबगाल र अपजसलाई थिची
कर्म गर्नैपर्छ उत्सव बैगुन किचिमिची ।

अन्धकारले जस्तो देखोस् घाम निस्तेज हुन्न
काँढा माझ फुल्ने फूल कहिल्यै पीर रुन्न ।

के गुन गर्नु भूल हो त भुइँ झरेको पत्कर ?
गुन गर्दा बैगुन फले कुदाउँनु छ बख्तर

डराएर हराउँदैन कराएर पीर
कर्म उन्नत कदमले नै उठाउँदछ शिर ।

गुन गर्‍यो बैगुन …

वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *