विश्वम्भर चञ्चल
अक्षरमा रमाउने कवि अब सम्झना मात्र
वि.सं. २०६७ जेठ २५, साविकझैं बिहानको भात खाएँ । बाहिर कौशीमा बसी बिहानभरि घुमेर आउँदा किनेर ल्याउने गरेका पत्रिका पल्टाएँ । पहिलो पेज थोत्राबासी र नेताहरूका त्यही राजनीतिक कुरा, त्यही अडान, त्यही ढ्वाङ् ठटाइ, त्यही धम्की, त्यही घुर्की र गन्थनदेखि सबिस्तार हेर्दै जाँदा अन्तिम पेज पल्टाउने बित्तिकै देब्रे कुनाको (भ्रम नहोस् एकताका कुनै दलको मुखपत्रमा एक शीर्ष कविले ‘देब्रे कुना’ नामक कोलम लेख्ने गर्नुहुन्थ्यो) माथि नै एक शीर्षकमा आँखा पर्यो- ‘उपेन्द्र रहेनन् ।’
भाग्य नाराँ
“भाग्य नाराँ…. ! ए भाग्य नाराँ….. !” कौशीमा हुँ कि, बारदलीमा, झ्यालमा हुँ कि कोठाभित्र नै, भाग्य नाराँलाई बाटोमा देख्यो कि म उसलाई जहाँको त्यहीँबाट बोलाइ हाल्छु । तर मैले अरु प्रश्न सोध्नै पर्दैन ऊ जवाफ दिइहाल्छ । कि त “ज्या वनेगु बाज्या….” भन्छ यदि त्यो समय बिहानको छ भने र यदि बेलुकाको छ भने “छेँ वनेगु बाज्या….” भन्छ ।
