मञ्जु काँचुली
भन्सारको जागिर
भर्खरभर्खर अफिसमा काम गर्न सुरू गरेको त्यसमाथि पनि भन्सार अड्डामा । उसको खुसीको सीमा नै रहेन । यहीँ जागिर पनि आफन्त थिए र पाइयो नत्र कहाँ पाउनु ? आफन्त भनेर के गर्नु र । तीन महिनाको तलब आफन्तका साथी हाकिमलाई उहाँको घरैमा बुझाउनु पर्ने रे । अरू कसैले थाहा नपाउनु पर्ने रे । उसको हाकिमले जागिर दिनुअघि फोनमा हँसिलो स्वरमा सोधेको थियो । अर्थ बल्ल पो बुझ्यो उसले, ”तिमीलाई जागिर दिएर हामीलाई के फाइदा नि ?”
अफिस जाँदा बाटोमा भेटिएको एउटा अर्को साथीले एकै सासमा उत्सुकता, खुसी अनि त्यसपछि निरास व्यक्त गर्यो, ”तँ त भन्सारमा रे, हैन ? मोज गर न अब । तेरै छ अब बेला । आफ्ना मान्छे सरकारमा आएको बेलामा पनि मोज नगरे कहिले गर्छस् त । मेरा आफ्ना मान्छे त अहिले कुना लाग्या छन् । कहिले सत्तामा आउने हुन् ? मैले जागिर पाउने कुरो त अब त्यत्तिकै हो ।”
उसले जवाफ दियो, ”अब के गर्छस् त ? स्वतन्त्र भएर घुम्न, आनन्दले । साथमा बेरोजगार युवा जमात छँदैछ ।”
भो मलाई शब्द चाहिएन !
शब्दहरू झुट पनि हुने गर्छन् । अनर्थ, बहुअर्थ र कुअर्थ लगाइने पनि हुन्छन् । सही अर्थ दिने शब्दहरू बहुत् दुर्लभ हुन्छन् । दिन र दिमागले नसोचेका कुराहरू शब्दमा चिप्लिएर मान्छेको व्यक्तित्वलाई कुरूप बनाइदिन्छन् । साँचो कुरा झुटो ठहर्न पुग्छ र झुटो चाहिँ साँचो ठहर्न पुग्छ । शब्द किन सधँै दिलको ऐना बन्न सक्दैनन् ।
रङ्गशाला
कथाकारले एउटा कार्टुन चित्रको सोच बनाइरहेको छ । त्यो कार्टुन चित्र यस प्रकार छ । कार्टुन चित्रमा एक पुरुष छ र अर्की एक महिला छे । महिला अस्पटाइरहेकी छे । त्यस भागलाई एउटा कालो पर्दाले नदेखिइने गरी ढपक्क छोपेको छ । देखिएको छ त केवल पुरुषको अनुहार, भाषण गर्दा उदाइरहने उसको दाहिने हात । पुरुषको अभिनयप”र्ण भाषण यस प्रकार छ :
