ब्रजेश खनाल
जीजिविषा
आइमाई मान्छेहरूले उमेर घटाउँछन् रे भन्ने सानैदेखि सुनेको हो । त्यसैले होला, कुनै पनि स्वास्नीमान्छेलाई उसको उमेर नसोध्नू भन्ने विश्वव्यापी मान्यता छ । हुन पनि एक-दुई अपवादलाई छोड्ने हो भने उनीहरू सकेसम्म आफ्नो वास्तविक उमेर बताउन चाहँदैनन् । उनीहरूलाई सबैभन्दा गाह्रो नै कुनै सरकारी कामकाजका बेलामा नागरकिता वा राहदानी देखाउनुपरेका बेला हुन्छ । डाक्टरको क्लिनिकमा नाम लेखाउँदा पनि उमेर भन्ने बेला चारैतिर पल्याकपुलुक हेरेर सक्नेजति सानो स्वरमा जवाफ दिन्छन् उनीहरू ।
प्रसंग अनेक, सोच एक
केही दिनअघि एक जना मान्छे माघको जाडोमा पनि बिहान सखारै उठेर भर्खर ढलान गरेको घरमा चिसो पानीको फोहोरा हाल्दै थिए । सँगै घरको छिमेकीलाई उनी गर्वका साथ आफूले बिहान ४ बजे उठेर पानी भरेको बताउँदै पनि थिए । वर्षौं मिहिनेत-पसिना बगाएर उनले बल्लबल्ल त्यो सानो घर ठड्याएका रहेछन् । आफ्नो बचेखुचेको जिन्दगी बित्ने, छोरा-नाति जन्मने र हुर्कने त्यो घर बलियो होस्, छाना नचुहियोस् भन्ने उनको सोच हुनु स्वाभाविक हो ।
सिंगो आकाशको अर्थ
“मैले सिंगो आकाश कहिल्यै पनि देख्न पाइनँ,” केही दिनअघि गीतकार तथा संगीतकार भीम विरागले कुरैकुरामा भन्नुभएको यो वाक्यले भित्रैसम्म नराम्ररी हल्लाइदियो । कुरा भाग लगाएर बेचेको खसीको मासुबाट सुरु भएको थियो । केही दिनअघि भीम विराग दाइलाई भेट्न गएका बेला निस्केको प्रसंग हो यो । उहाँलाई खसीको मासु मन पर्छ भन्ने थाहा भएकाले कुरैकुरामा मैले आफ्नो घरछेउमा भाग लगाएर बेच्ने खसीको मासुको प्रसंग कोट्याएको थिएँ ।
संस्कार, सुन्ने र पढ्ने
एक जना परिचितको पुर्ख्यौली घरमा गएको बेला अचानक धेरै पुरानो एउटा साहित्यिक पत्रिका फेला पर्न गयो। २०२१ सालमा निस्किएको तुवाँलो नामक त्यो मासिक पत्रिका प्रेम कोइराला र चैतन्य देवकोटको सहसम्पादनमा प्रकाशित भएको रहेछ। त्यो तुवाँलोको चौथो अंक रहेछ। त्यति पुरानो साहित्यिक पत्रिका देख्दा उत्पन्न भएको स्वाभाविक कौतुहलताले गर्दा सर्र पानाहरु पल्टाउँदा त्यसमा डा. परशु प्रधानको धारावाहिक उपन्यास, माधव घिमिरे र पारिजातको कविता जस्ता केही कृतिहरु रहेछन्।
प्नान्कटन र पठारहरू
एक जना मित्र नौ वर्षको अन्तरालमा भेटिँदा उनले उत्साहित भएर आफ्नी विदेशी प्रेमिकाका बारे बताएका थिए । कसरी एउटै विदेशी परयिजनामा उनीहरूको भेटघाट भएको थियो, कसरी उनीहरू एकआपससँग नजिकिए । उनीहरूका दृष्टिकोणमा समानताहरू भेटिन थाले र साथै जीवन बिताउने निर्णय गरे भन्नेबारेमा उनले उज्यालो अनुहार लगाएर बयान गरेका थिए । एक वर्षदेखि उनीहरू सँगसँगै बसिरहेका रहेछन् । यति लामो अवधिमा आफ्नो बीचमा कुनै समस्या नभएको हुनाले औपचारकि रूपमा विवाहबन्धनमा बाँधिने कुरा पक्कापक्की पनि गरसिकेका रहेछन् । मोबाइलको मेमोरी कार्डमा अट्नेजति फोटोहरू पनि उनले राखेका थिए । कुन फोटो कुनबेला कहाँ कसरी खिचेको भन्ने पनि उनलाई मुखाग्र थियो ।
