Skip to content

धीरेन्द्र प्रेमर्षि

साहित्यमा मधेशको संवेदना

  • by

“नेपाली साहित्यमा हाम्रो अनुहार छैन” भन्ने मधेशीहरू लू र सङोर पढेर आफ्नो संवेदना चित्रण गर्न आफैं अग्रसर हुन सक्छन्।

मिथिला सङ्गीत र महाकवि विद्यापति

  • by

राष्ट्रकवि माधवप्रसाद घिमिरे मैथिली भाषालाई गीत-सङ्गीतको भाषा भन्नुहुन्छ । मैथिलीलाई गीतको भाषा बनाउनुमा मिथिलाको गौरवमय संस्कृतिको विशेष भूमिका अन्य साहित्यिक विभूतिहरूमा भने महाकवि विद्यापति (ई.सन् १३६०-१४४८) को नाम पनि अग्रणी छ ।

कुसंस्कारप्रति आभार

  • by

आज अचानक मलाई मेरो संस्कारप्रति गर्व हुन थालेको छ। हिजोका दिनमा हाल मैले मिल्काइसकेका कतिपय संस्कारहरूमा कु जोड्ने गरेका मेरा शुभचिन्तकहरूको मथिंगलमा कान्छो छोरोलाई अह्राएर सू गराइदिन मन लागेको छ। त्यस्ता थुप्रै संस्कार, जसलाई मैले साथीहरूको लहैलहैमा लागेर कुसंस्कारको तमगा भिडाउँदै पन्छाइदिएको थिएँ, ती सबै कन्टेनरबाट खोजीखोजी ल्याउँदै मलाई चाँदीको फ्रेममा सजाउन मन लागिरहेको छ।

मिथिलाका चाडपर्व र तिनको वैशिष्ट्य

  • by

कुनै पनि संस्कृतिको आश्रयस्थलबारे अनुसन्धान गर्नलाई त्यहाँका चाडपर्वहरू केलाउनुपर्ने हुन्छ । हाम्रा सोच, शैली, संवेदनाहरू मुख्यतया चाडपर्वमै मुखरित भइरहेका हुन्छन् । यसकै माध्यमबाट समाजमा स्नेह, सौहाद्र र सद्भावलाई निरन्तरता दिने र नवीकरण गर्ने काममा मानिसले सफलता पाउँदै आएको देखिन्छ ।

नरभूपाल जन्माउने कसरत

  • by

संसारमा धेरैथरीका प्रतियोगिताहरू हुन्छन् । संसारको के कुरा, संसारभरकिा अधोगामी प्रतियोगिताहरू त अचेल हाम्रै देशमा पनि छ्यालब्याल हुन थालेका छन् । सुन्दरी प्रतियोगिता भनेर शिशु सुन्दरीदेखि सासू सुन्दरीसम्मका प्रतियोगिता गराउन हामी खप्पिस भइसकेकै छौँ । यी प्रतियोगिताहरूको बजारभाउ पैसावालहरूले तय गर्ने हुनाले तिनको छनोटमा प्रतियोगिताका लागि प्रायः सुन्दरहरू कमै पर्ने गरेका छन् । यद्यपि, सुन्दरहरूका लागि पनि केही बजारमुखी प्रतियोगिता हुँदै नभएका चाहिँ होइनन् ।