Skip to content

फूलमान वल

गाउँको ल्होछार

काठमाडौंलाई अँझैं हुस्सुले छोडेको थिएन । हिउँदको चिसोलाई चिर्दै सहरमा ल्होछारको रौनक सुरु हुँदै थियो, सधैंझैं बाइक र्‍याली अनि टुँडिखेल आसपास मौलिक वेशमा सजिएका तन्नेरीहरूको लर्को, झाँक्री, लामा र छाम नाच अनि सेलो कन्सर्ट ।

काँधैमा महाकवि

  • by

‘महाकवि लक्ष्मीप्रसाद देवकोटा यही बस्थें, भौतारिँदै कविता लेख्थे अनि एक पैसामा बेच्थे,’ झन्डै चार वर्षअघि बनारसको दुर्गाघाटमा भेट हुँदा सह-प्राध्यापक डा.दुर्गाप्रसाद अर्यालले भनेका थिए, ‘सम्भव भएसम्म यता (बनारसमा) महाकविको सालिक बनाउने कोसिस गरिरहेका छौं ।’

सडकमा तीन दशक

  • by

सानैदेखि उनी नाटक भनेपछि हुरुक्कै हुन्थे । धनकुटामा तिनताक नेवारी र पारसी प्रभावका नाटक खुब हुन्थे, उनलाई कसैले खेलाएनन् । एकदिन आफैंले आँगनमा साथीहरू भेला पारेर लाटोको अभिनय गरे । ‘त्यो गाईजात्राको दिन थियो,’ रंगकर्मी अशेष मल्ल अहिले सम्झन्छन्, ‘र, मैले गरेको अभिनय त क्यारिकेचर पो रहेछ ।’

शब्दकोश

  • by

भूपिन व्याकुल
मृत्युले कला भरेको तुइनमा अल्झिएर
कर्णालीपारि पुगेपछि
सबैभन्दा गरिब महसुस गर्छ – शब्दकोशले
कर्णालीमा शब्दकोश
केही पानाहरू खाली छोडेर
प्रकाशित कुनै बैरागी किताबजस्तो लाग्छ

सुकेपोखरीमा एक साँझ

  • by

सुकेपोखरीमा साँझ पर्दै छ । सोलुखुम्बु र खोटाङको यो सिमानामा चोमोलुङमा सुम्सुम्याएर आएको चिसो सिरेटो चल्न थाल्यो । बिहानै दूधकोसी तरेर जुबुको उकालो उक्लिँदा उच्चाटलाग्दो गर्मीले चिमोटेको थियो । बेतबाँसको लौरो टेक्दै उक्लेका हाम्रासामु पारिको हिमाल हेरेर मन शीतल बनाउनुको विकल्पै थिएन । पहाडी खोंच र जंगल चिर्दै बगेका स-साना झरना मन बहलाउने बहाना थिए ।

इन्द्रावतीका पात्रहरूसँग

  • by

‘रमेश विकलको नाम सुन्नु भा’छ ?’ हालैको दिन अस्ट्रेलियाली पदयात्रीहरूसँग इन्द्रावती किनार पुग्दा स्थानीय बलराम नेपालले भनेका थिए- ‘उहाँले अविरल बग्दछ इन्द्रावती लेख्नुभएको ऊ त्यही घरमा बसेर हो ।’

च्याब्रुङ र सम्झनाहरु

  • by

अँगेनोमाथि धूवाँको मोसोले खाएको च्याब्रुङ -ढोल) र ढ्याङ्ग्रो । छेउमा पुरानो नेसनल पानासोनिक रेडियो । चुल्होमा थुपारिएको दाउरा छेउ राघे बिरालो आँखा तिखारिरहेको छ । हालैको दिन सोलुखुम्बुको दुर्गम मैदेल गाउँवासी ६३ वर्षे कवीरमान थुलुङको घर पस्दा एकैपटक यी दृश्य देखियो, ग्यालरीमा झुन्ड्याएको पूर्ण कोलाज चित्रजस्तै ।