Skip to content

नरेन्द्रराज प्रसाई

प्रथम नारी गायिका मेलवादेवी गुरुङ

  • by

मेलवादेवी गुरुङ नेपाली आधुनिक गीतकी प्रथम नारी गायिका हुन्। सूबी शाहका अनुसार १९८५ सालमा भारत कोलकाताको हिज मास्टर भ्वाइस (एचएमभी)मा सवारी मेरो रेलैमा बोलको गीत रेकर्डिङ गराएकी उनी आफैँ गीत लेख्तै, धुन बजाउँदै गाउने गर्थिन्।

देवकोटालाई “महाकवि” दिने ईश्वर बराल थिए

  • by

१९८० सालको कात्तिक ९ गते सिराहा जिल्लाको बस्तीपुर गाउँमा जन्मेका ईश्वर बरालको वास्तविक नाउँ लीलानटेश्वर बराल हो । पिता पं. देवीरञ्जन बराल तथा माता भुवनेश्वरीदेवी बरालका सुपुत्र ईश्वर बरालका एक छोरा किरण र दुई छोरी ज्योति र द्युति छन् ।

नेपाली गीतसङ्गीतका आदिगायक सेतुराम प्रधान

  • by

सेतुराम काठमाडौँको असन कमलाक्षीमा संवत् १९४० साल मङ्सिरमा जन्मेका थिए । यी कृष्णधर प्रधान र हरिदेवी प्रधानका तीन सन्तानमध्ये कान्छा छोरा थिए । उनका दाजु कृष्णदास प्रधान पनि सङ्गीतमा धेरै झुकाउ राख्थे । साथै सेतुरामकी दिदी राममाया पनि गायनमा रुचि राख्थिन् । सेतुराम चाहिँ गायनकलामा मन वचन र कर्म ले नै समर्पित थिए । त्यसैले बुबा कृष्णधर प्रधानले सेतुरामलाई यस क्षेत्रमा लाग्न थप वातावरण पनि तयार पारिदिएका थिए ।

महाकवि देवकोटाको प्राज्ञिक यात्रा

  • by

महाकवि देवकोटा सानैदेखि कविता लेख्थे । उनले सुरुमा नेपाली भाषा र संस्कृत भाषामा कविता लेखे । एकपटक यिनले गीताको आधारमा संस्कृतभाषामा कविता लेखेर आफ्ना बुवा तिलमाधव देवकोटालाई देखाए । उनका बुबाले कविता हेरेपछि कवितालाई ‘अशुद्ध, बेकम्मा र नमिलेको’ भनेर फ्याँकिदिए ।

महाकवि देवकोटा र ईश्वर बरालको सानो कथा

  • by

महाकवि देवकोटालाई नेपाली भाषा बोल्ने तमाम नेपालीले मन पराए । नेपालीले मात्र होइन, नेपाली भाषासाहित्यका सन्दर्भमा प्रविष्ट अन्य मुलुकका बौद्धिक जगत्ले पनि देवकोटालाई मन पराए । किनभने देवकोटा नेपाली साह

आदिगायक तथा सङ्गीतकार सेतुराम प्रधान

  • by

आदिगायक सेतुराम प्रधान संवत् १९४० सालमा काठमाडौँको असन कमलाक्षीमा जन्मेका थिए । कृष्णधर प्रधान र हरिदेवी प्रधानका तीन सन्तानमध्ये सेतुराम कान्छा छोरा थिए ।

सेतुराम बाल्यकालदेखि नै गीत गुनगुनाउने गर्थे । उनी आˆना बाबु कृष्णधर प्रधानको पछि लागेर कहीँ कतै पुग्दा हार्मोनियम भेटे भने त्यहीँ पनि पलेँटी कसेर बजाउन थालिहाल्थे र गीतमा आफूलाई डुबाउँथे ।

मायादेवी सुब्बा

  • by

मायादेवी सुब्बा नेपाली साहित्यमा लामो र छोटो कथा बुन्न सिपालु शिल्पीको नाउँ हो । उनी नारीका लागि अप्ठ्यारोे मानिने त्यस समयमा पनि नेपाली भाषासाहित्यको आन्दोलनमा लागिन् । वास्तवमा त्यस घडी नारीलाई कविलेखक भएर हिँड्न त्यति सहज परिस्थिति थिएन । तर उनी आफ्नो रुचिमा दौडँदै हिँडिन् । अथवा भनूँ; त्यस बेला आफ्नो सृजनात्मक प्रतिभा पोख्न उनी सक्रिय भइरहिन् । बाल्यकालमा नै उनी कवितालेखनमा आकृष्ट थिइन् । उनी कृतिगत रूपमा ढिलो जन्मे तापनि फुटकर रचनाकारका रूपमा सातसालको हाराहारीमा उदाएकी थिइन् । त्यति बेला उनको उत्साह विशेष गरी साहित्यमा झयाङ्गिएको थियो ।

मिरमिरेमा तिमीलाई हेर्न मन लाग्छ

  • by

मिरमिरेमा तिमीलाई हेर्न मन लाग्छ
तिमी आउने बाटो हेर्दै कुर्न मन लाग्छ
यो मनले रोजेको छ मायालु साथ देऊ तिमी

एउटा चमत्कारी स्रष्टा

  • by

केटाकेटीलाई पनि साथी बनाउने खुवी भएका, युवायुवतीसँग पनि मित्रता राख्ने हैसियत कमाएका र प्रौढसँग पनि आत्मीयता जोड्न सिपालु स्रष्टा थिए — धुस्वाँ सायमि । धुस्वाँ सायमिको जीवनको मूख्य विशेषता आˆनो उमेरलाई समेत जित्न सक्ने उनको मन थियो । उनी मनका पूँजीपति थिए । त्यसैले उनी मनैले अरूको मन सजिलै जितिदिन्थे । उनको जित्ने कलाका कारण म पनि कैयौँचोटि उनीसँग हारेको थिएँ । किनभने कुनै बेला म पनि आफूभन्दा तेईस वर्ष जेठाको साथी थिएँ तर क्रमशः म उनको साथीबाट चाहिं टाडिन थालें ।