Skip to content


केटाकेटीलाई पनि साथी बनाउने खुवी भएका, युवायुवतीसँग पनि मित्रता राख्ने हैसियत कमाएका र प्रौढसँग पनि आत्मीयता जोड्न सिपालु स्रष्टा थिए — धुस्वाँ सायमि । धुस्वाँ सायमिको जीवनको मूख्य विशेषता आˆनो उमेरलाई समेत जित्न सक्ने उनको मन थियो । उनी मनका पूँजीपति थिए । त्यसैले उनी मनैले अरूको मन सजिलै जितिदिन्थे । उनको जित्ने कलाका कारण म पनि कैयौँचोटि उनीसँग हारेको थिएँ । किनभने कुनै बेला म पनि आफूभन्दा तेईस वर्ष जेठाको साथी थिएँ तर क्रमशः म उनको साथीबाट चाहिं टाडिन थालें । त्यसैले उनी मलाई बराबर भन्थे— “तिमी पहिला त मेरा साथी थियौ नि। अहिले पो मेरो छोराका साथी भयौ ।” वास्तवमा डा.अरुण सायमिसँगको मेरो घनिष्टता धुस्वाँ दाइलाई धेरै मन परेको पनि थियो ।

धुस्वाँपुत्र डा.अरुण सायमि मेरा लागि विशेष पि्रय हुन् । वास्तवमा उनी खाली मान्छेभित्रको मान्छे मात्र लाग्दैनन् । अथवा भनौं उनी केवल मानवको औपचारिक बोध दिने मान्छे मात्र होइनन्Ù उनी नेपालका नै एउटा विशेष मुटु पनि हुन् । तिनै मुटुले नै धेरै मुटु पनि बचाए । साँच्चै भन्ने होभने कुनै बेला मनमोहन अधिकारीदेखि कोइलीदेवीसम्मका उनी मुटुका धड्कन थिए । उनी प्रचण्डदेखि दुर्गानाथ शर्मासम्मका जीवन बाँच्ने आशाका डोरी बने । अनि उनले नारायणगोपालदेखि सीके प्रसाईसम्मको डुब्नेक्रमको मुटुको ढुकढुकीलाई कैयौं दिनसम्म जीवन्त राख्ने काम गरे । साँच्चै हो, मुटुको विशेषज्ञ भएर नै अरुण सायमिले नेपालका अधिकांश गरीवको सेवा गरे, प्रतिभाको गोडमेल गरे अनि राजनीतिज्ञदेखि प्रसाशकसम्मको पनि रक्षा गरे । शहीद गङ्गालाल Åदयरोग केन्द्रदेखि मनमोहन कार्डियाक केन्द्रसम्मको स्थापना गरे । डा. सायमि गङ्की वसुन्धरा पुरस्कार गुठीका अध्यक्ष बने ।

त्यसो त नेपालको मानन्धर समुदायमा धुस्वाँ सायमिको सम्पूर्ण परिवारले गरेको उल्लेखनीय उन्नतीप्रगति उदाहरणीय मानिन्छ । यसअर्थमा समाजशास्त्रीय मान्यतामा यस परिवारले गरेको अभूतपूर्व शैक्षिक प्रगति अनुसन्धानको विषय समेत बनेको चर्चा गरिन्छ । अझ खासगरेर चिकित्सा क्षेत्रमा सायमि वंशको प्रखर सहभागिता नै देखिन्छ ।

धुस्वाँ सायमिले त्रिभुवन विश्वविद्यालयमा तेत्तीसवर्ष प्राध्यापन गरे । उनी चार वर्ष भारतमा नेपालको साँस्कृतिक सहचारी भए र चारै वर्ष नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्य भए । त्यतिमात्र होइन समाजका विविध ठाँउमा उनको पहिचान पनि त्यस्तै रहृयो र नेपाली समाजमा उनको नाउँले जरा हाल्यो । त्यसैले धेरैले यिनको नाउँ लिन्थे । यी सरल पनि थिए । आँखामा हाल्दा लालगेडी बिझाउँथ्यो यी बिझाउँदैन थिए । उत्साह, जोश र उमङ्ग उनका मिल्ने साथीभाइ थिए । त्यसैले यिनले सधैँ शिखर टेकिरहे । वास्तवमा उनी जतिजति माथि जान्थे त्यतित्यति नम्रताले शिर झुकाउँदै निहुरिन पनि जान्दथे । उनी सादा थिए तर रसिला थिए । उनी प्रायः नहाँसी कुरा गर्दैन थिए । उनको मन जस्तो सफा थियो उनको अनुहार पनि त्यस्तै सफा थियो । त्यसैले म पनि उनीसँग नतमस्तक हुन्थेँ । उनी सकरात्मक विवेकका लखपति थिए त्यसैले उनी मलाई बराबर लेख्ने प्रेरणा दिन्थे । कतै मेरो लेख प्रकाशित भयो भने उनी पढिदिन्थे र फोन गरेर मलाई स्याबास भन्थे । वास्तवमा उनी मेरा प्रेरक मात्र थिएनन्Ù मायालु दाजु समेत थिए ।

धुस्वाँ दाइले नेपालका ठुला मान्छेसँग मात्र घाँटी जोडेनन् । उनले भारतीय प्रसिद्ध साहित्यकार अमृता पि्रतमदेखि कमला साङ्कृत्यायनसम्म नै जीवनको साइनो गाँसे । साथै अमृता पि्रतमले पनि यिनको सधैं नै जयजयकार गरिरहिन् । वास्तवमा अमृता पि्रतमले त यिनलाई सारै मन पनि पराएकी थिइन् । उनले ‘अदालत’ नामक आˆनो उपन्यासमा धुस्वाँ सायमिलाई नै पात्र बनाइन् । हिन्दी भाषा साहित्यको प्रख्यात उपन्यास ‘अदालत’ धुस्वाँ दाइको जीवनको नै सेरोफेरोमा लेखियो ।

धुस्वाँ सायमिले नेपाली भाषा साहित्यको एउटा अमरप्राज्ञका रूपमा पनि आफूलाई पूर्ण गराए । उनी खाँट्टी नेपाली थिए । हो, उनी नेपालीभित्रका पनि एउटा पक्का नेपाली थिए । उनीभित्र नेपालै नेपाल मात्र थियो । त्यसैले नेपाली साहित्यलाई उनले विभिन्न भाषाका माध्यमबाट देशदेशान्तरमा पुर्‍याएर चिनाए । उनी जति लेख्थे नेपाली मौलिक कुरा नै लेख्थे । त्यसैले उनी नेपालको सामाजिक चेतना लेख्ने स्रष्टामा अगाडी उभिए । उनले कविता लेखे, कथा लेखे, निबन्ध लेखे, नाटक लेखे । उनले लेखेको उपन्यास ‘गङ्की’ प्रसिद्ध बन्यो । त्यसैले उनले उनकी पत्नी वसुन्धराको नाउँ जोडेर ‘गङ्की वसुन्धरा पुरस्कार गुठी’ खोले । वास्तवमा उनी साँच्चैका पत्नी भक्त थिए । अनि उनले आˆनो घरको नाउँ पनि वसुन्धरा नै राखे । उनकी वसुन्धरा अति असल, सरल र सौम्य थिइन् । उनैले धुस्वाँ सायमिलाई नेपालको प्रसिद्ध नागरिक वनाउने पाश्र्व भूमिका पनि खेलिन् । उनले आˆनी परीलाई आफू बाँचुन्जेल आˆनो अँगालोमा बाँध्न सकेनन् । उनकी पि्रय दिवङ्गत भएपछि करिब दुई दशकसम्म उनी एकल बने । अनि उनले आˆनै आँसुले हिन्दी भाषामा कविता लेखे ः

धुस्वाँ

जिते जी मर गया है

और अकेला

धुस्वाँ ही आँसु बहा रहा है

बेचरा धुस्वाँ…।

धुस्वाँ दाइका हातमा सीप थियो, उनको साथमा सिर्जना रुपि सीप थियो र उनका बाटोमा साथीसङ्गीनी रुपि सीप पनि थियो । त्यसैले उनी भौतिक रूपमा एक्ला देखिएनन् । उनी भित्रभित्रै रोए पनि बाहिरबाहिर हाँस्न सक्थे । उनीभरि उनका सीपहरू पनि बटारिरहन्थे । यतिहुँदाहुँदै पनि अन्ततः उनले आˆनी मायालुलाई पछ्याएर नै गए । उनी २०६४ साल पुस … गते स्वर्गीय भए ।

धुस्वाँ सायमिले जीवनलाई मृत्यूको परिभाषा पनि मानेका थिए । उनी लेख्ता पनि त्यस्तै यथार्थ लेख्थे । त्यसै क्रममा फेरि उनले अर्को एउटा शास्वत कविता पनि लेखेका छन्ः

यहाँ

सूर्य उदाउँछ तर

अस्ताउँछ पनि

यसका उपासकहरू

अस्ताउनुलाई नै जीवन मान्दछन् ।

नेपाली उखानमा बाँच्दाका जन्ती र मर्दाका मलामी भनेझैँ धुस्वाँ सायमि बाँचुन्जेल धेरैका हाईहाई भए । साहित्य लेखेर उनी चारैतिरबाट पुरस्कृत, सम्मानित र अभिनन्दित भए । खास गरेर नेपालका थुप्रै प्राज्ञिक संस्थाहरूले उनको जय पनि मनाए । एक पटकको अभिन्दन समारोहमा त उनको तँछाड र मछाड गरेर धुमधामले अभिनन्दन पनि भयो । वास्तवमा त्यो अभिनन्दन समारोहचाहिं नेपाली भाषासाहित्यको फाँटमा नै एक महत्त्वपूर्ण पाठ नै मानियो ।

उनले आˆनो जीवनमा धेरै चमत्कारी कामहरू गरे । त्यसैले उनी बाँचुन्जेल धेरैका हाइहाइ थिए । उनी २०६४मा स्वर्गीय भए । उनका मलामी पनि त्यति नै धेरै थिए । उनको इहलीला समाप्तीमा राजनीतिज्ञदेखि साहित्यकारसम्मको ताँतीले प्रज्ञाभवनदेखि आर्यघाटसम्म ढाकेको थियो । त्यस सवयात्रामा म र इन्दिरा पनि सामेल थियौंं । उनले पृथ्वीमा भौतिक चोला त्यागेको भोलिपल्टदेखि उनका स्मृतिमा प्राज्ञिक सोकसभाहरू पनि भइरहन थाले । त्यही लहरमा त्रिमूर्ति निकेतन, लेखनाथ पौडयाल काव्यसभा, बालकृष्ण सम फाउन्डेशन, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान र नइ प्रकाशनको संयुक्त बैठकले पनि धुस्वाँ सायमिको आधा सय वर्षभन्दा बढीको निरन्तर उपस्थिति नेपाली भाषासाहित्यका फाँटमा अति महìवपूर्ण उपलब्धि भएको ठहर गरेको छ भन्ने प्रस्ताव पारित गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *