हेमराज पाण्डे 'अभागी'
विभाजित विश्वभित्रको समदर्शिता
केही वर्ष पहिलेसम दुर्लभ नेपाली महाकाव्यविधालाई आज युवापुस्ताले उर्वर बनाउँदैछन् । काव्य स्रष्टा कलानिधि दाहालद्वारा लिखित ‘विभाजित विश्व’ महाकाव्य नै यसको उदाहरण हो । विचार, धर्म, जात-जाति, संस्कार र खानपानको संकीर्णताभन्दा माथि उठेर ‘विभाजित विश्व’ बीचको विभेद खाडल सम्याउने समदर्शी सोचलिएर पहिलोपटक काव्यकारको रूपमा कलानिधि उदाएका छन् ।
शीतखोलाको सास्ती र वेदनाले गालेको आँत
यान्त्रीकरणको सहारामा एकै ठाउँबाट यसरी औँलाले माउस घुमाएर आˆनै अगाडि नवीन विश्वका चामत्कारिक दृश्यहरू ठम्याउने अपूर्व क्षण हो यो । तीसौँ वर्ष पुरानो पाषाणे अनुभव किस्सालाई संस्मरणको पोयोमा उनेर यसरी पस्किँदा शङ्कालु पाठकलाई काल्पनिक, मिथ्या र भ्रमपूर्ण हुनसक्छ घटना तथापि बुकुटोले चिमोटिएका र दुःखसँग अन्तरङ्ग बनेर हिमचिमिएका पाठकलाई पहाडी जीवनको झल्को अवश्य दिन्छ ।
