पुरानाको बिसर्जन रे नयाँ पालुवामा
फुल्दैछन् रे कुत्लीकोशा तातो बालुवामा
मन्द हावा सुसेलिओस् सल्लेरीमा सिर्का
आधार बनोस् नेपालीलाई सुशान्तिको पिर्का ।
ढुटीमाटी बढारिउन् ऐजेरुका पात
कुठ्ठा बोकुन् भमराले माहुरीका साथ
आगतमा नडुक्रिउन् साँढे स्युरी खेल्दै
नतड्पिउन् लाला-बाला कस्ट, दुःख झेल्दै ।
रानीचरी गूँड लाउन् कोरल्नलाई फूल
वेग मारुन् बैंस छर्दै केाइलीका हुल ।
पालुवा ती ब्याउली बनुन् लोर्के चिल्ला डाली
हाँसी रहोस् बालकजस्तै धर्ती अन्नबाली ।
पीर सबै बिर्साइदेओस् एकान्तको मौलो
अढाइ कोटि फूल हाँसुन् भाका लिँदै नौलो
घरबासी पर बासी कोही नहुन् प…र
मुनाजस्तो वैशाख के अर्को नौलो छ र ?