Skip to content

कपिल अन्जान

समयमै संविधान जारी गर्नका लागि साहित्यिक खबरदारी

  • by

कोहलपुर, बाँके,
जेष्ठ ९, २०६९

समयमै संविधान जारी गर्नका लागि आज बाँकेको कोहलपुमा रचना वाचन मार्फत साहित्यिक खबरदारी गरिएको छ ।

पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा कोहलपुर स्थित लोकतान्त्रिक पीपलचौतारामा सम्पन्न भएको सो कार्यक्रममा संविधान जारी गर्ने समय नजिकिदै जाँदा रचना मार्फत नेताहरूलाई कटाक्ष गरिएको थियो ।

20120413_KapilAnjan_News-01

कोहलपुरमा साहित्यिक कार्यक्रम सम्पन्न

  • by

कोहलपुरमा नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना आदान प्रदान, रचना वाचन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

ज्ञानोदय सामुदायिक पुस्तकालय र पूर्णिमा साहित्य प्रतिष्ठानको संयूक्त आयोजना भएको कार्यक्रममा यस क्षेत्रका प्रतिष्ठित व्यक्ति, पुस्तकालयका पदाधिकारी, राजनीतिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवि तथा स्थानीय स्रष्टाहरूको सहभागीताबीच कार्यक्रम सम्पन्न भएको हो ।

20110606_KapilAnjan_News_01

बर्दियामा युगल गजल वाचन कार्यक्रम सम्पन्न

  • by

जेठ २१ गते, २०६८
भुरीगाउँ, बर्दिया ।

२१ गते शनिबार, भुरीगाउँ, बर्दियामा युगल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ ।

बाँकेका गजलकार कपिल अन्जान र बर्दियाका गजलकार गोल्डेन उद्भासको युगल गजल वाचन कार्यक्रमको प्रमुख आतिथ्यमा बर्दियाका छन्दकवि इन्द्रराज पौडेल, खगेन्द्र गिरी, महानन्द ढकाल, सागर गैरे, प्रकाश गिरी, लगायतका बर्दिया जिल्ला बाहिरबाट आएका गजलकारहरूको आतिथ्य र मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान शाखा बर्दियाका अध्यक्ष रेशम थापाको सभापतित्वमा सम्पन्न भयो ।

एकल गजल वाचन तथा स्रष्टा सम्मान कार्यक्रम

कोहलपुर–२, बाँके ।
२०६७ माघ १५ गते शनिबार ।

शहिद दिवसको अवसर पारेर शनिबार पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा कोहलपुरकी नारी गजलकार सन्तोषी विष्टको एकल गजल वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । प्रमुख आथिति कथाकार महेश विक्रम शाह रहनु भएको सो कार्यक्रममा नेपालगंजका विरष्ठ समालोचक डा.गोपालप्रसाद शर्मा अधिकारीलाई सम्मान गरियो । २५ वटा गजलका साथ कार्यक्रममा उर्लिएकी सन्तोषी विष्टले प्रायः सबै बौद्धिक स्तरका गजलहरू वाचन गरेकी थिईन् ।

भाषा, साहित्यमा योगदान पुर्याए बापत समालोचक डा.गोपालप्रसाद शर्मा अधिकारीलाई सम्मान–पत्र र पुरस्कार राशीले सम्मान गरिएको हो । २०६२ सालमा स्व. तुलसीराम ढाकालको स्मृतिमा स्थापित ‘तुलसीराम साहित्य पुरस्कार–२०६६’ ले डा.शर्मालाई सम्मान गरिएको हो ।

बगेको खोला फर्किन्न भन्थे

  • by

बगेको खोला फर्किन्न भन्थे
फर्किए के होला फर्किन्न भन्थे

मैले कतै यो सुनेको थिएँ
मान्छेको चोला फर्किन्न भन्थे

बरु हावालाई मोड्न सकिन्छ
हिर्काएको लोला फर्किन्न भन्थे

आफ्नालाई रुवाएर पठाएको छ
कतिन्जेल नरोला फर्किन्न भन्थे

KapilAnjan

अपराधीहरू भन्छन्

भगवान हाँसी रहेछ अपराधीहरू भन्छन्
सजाय फाँसी रहेछ अपराधीहरू भन्छन्

कैदी भयौं जुन दिन कारागारमा आयौं
मृत्यु बाँकी रहेछ अपराधीहरू भन्छन्

उसलाई के को चिन्ता घर परिवारको
सुकुमबासी रहेछ अपराधीहरू भन्छन्

यहाँ आएर थाहा भयो दुःख के हो
जिन्दगी विलासी रहेछ अपराधीहरू भन्छन्