Skip to content

समयमै संविधान जारी गर्नका लागि साहित्यिक खबरदारी

  • by


कोहलपुर, बाँके,
जेष्ठ ९, २०६९

समयमै संविधान जारी गर्नका लागि आज बाँकेको कोहलपुमा रचना वाचन मार्फत साहित्यिक खबरदारी गरिएको छ ।

पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा कोहलपुर स्थित लोकतान्त्रिक पीपलचौतारामा सम्पन्न भएको सो कार्यक्रममा संविधान जारी गर्ने समय नजिकिदै जाँदा रचना मार्फत नेताहरूलाई कटाक्ष गरिएको थियो ।

संविधानसभाको म्याद सकिन केही दिन मात्र बाँकी रहेको प्रति चिन्तित अधिकांश वक्ताहरू देश अहिले जातिय प्रदेशको नाममा जातिय द्वन्द्वमा फस्न गइरहेको प्रति पनि रचना मार्फत चिन्तित देखिएका थिए ।

स्थानीय राजनीतिज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रममा वक्ताहरूलाई भाषणमा भन्दा रचना वाचन तर्फ नै जोड दिइएको थियो ।

यसैगरी बन्दको नाममा प्रदेशमाथि भइरहेको दमनप्रति पनि स्रष्टाहरूको रचनामा आक्रोश देखिएको थियो ।

चक्काजाम र बन्दको संस्कार मौलाउँदै गइरहेको वर्तमान अवस्थामा रचना वाचनद्वारा खवरदारी गरिनु प्रशंसनिय रहेको एक सहभागीले बताए ।

सो कार्यक्रममा भानुभक्त भट्टराई, कर्णबहादुर थापा, गिर्धारी शर्मा, अमरबहादुर खत्रि, सागर गैरे, शंकर लामिछाने, प्रदिप भट्टराई, पुष्कर रिजाल, बेगम थापा निश्चल, सन्तोषी बिष्ट, कमल बिस्थापित, हेमप्रकाश मञ्जिल, हुकुम ठिमा धड्कन, केशव राज निमेष लगायतले रचना वाचन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका नारायण गौडेल, एमालेका गोपाल गिरी, माओवादीका शेषकान्त शर्माको उपस्थिति थियो ।

पूर्णिमा साहित्यिक प्रतिष्ठानको नियमित साप्ताहिक ४९ औं श्रृखला अन्तर्गत भएको सो कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव कपिल अन्जानले गरेका थिए । पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा साहित्यकारहरू लगायत बुद्धिजिवी, व्यापारी, उद्योगी एवं पत्रकारहरूको पनि सहभागिता रहेको थियो ।

संविधान जारी हुने समय नजिकीदै गर्दा देशमा साम्प्रादायिक द्वन्द्व र्सिजना हुन लागेकाले खबरदारी स्वरुप उक्त कार्यक्रम गरिएको प्रतिष्ठानका सचिव कपिल अन्जानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *