जेठ २१ गते, २०६८
भुरीगाउँ, बर्दिया ।
२१ गते शनिबार, भुरीगाउँ, बर्दियामा युगल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ ।
बाँकेका गजलकार कपिल अन्जान र बर्दियाका गजलकार गोल्डेन उद्भासको युगल गजल वाचन कार्यक्रमको प्रमुख आतिथ्यमा बर्दियाका छन्दकवि इन्द्रराज पौडेल, खगेन्द्र गिरी, महानन्द ढकाल, सागर गैरे, प्रकाश गिरी, लगायतका बर्दिया जिल्ला बाहिरबाट आएका गजलकारहरूको आतिथ्य र मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान शाखा बर्दियाका अध्यक्ष रेशम थापाको सभापतित्वमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा अग्रज साहित्यकारहरूले शुभकामना पनि व्यक्त गरेका थिए ।
सो कार्यक्रममा कपिल अन्जान र गोल्डेन उद्भासले २१-२१ वटा गजलहरू वाचन गरेका थिए । उक्त युगल गजल वाचनमा विभिन्न जिल्लाहरूबाट थुप्रैको सङ्ख्यामा स्रष्टाहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रम भुरीगाउँ स्थित शङ्कर होटलको हलमा सम्पन्न गरिएको थियो ।
कपिल अन्जान
कोहलपुर-२, बाँके
९८४८१८३६५१



