Skip to content

अखबार दिएर गयो


हतार-हतार दिएर गयो
आएर अखबार दिएर गयो

आज अनौठो छाप्पिएको छ
भनेर समाचार दिएर गयो

कसैले मुटुमा घोचेको जस्तो
त्यस्तो प्रहार दिएर गयो

सम्झिन मन लागेछ भने
गर्नु पत्राचार दिएर गयो

आजसम्म कसैले दिएनन्
उपमा गजलकार दिएर गयो

कपिल अन्जान
कोहलपुर-२ बाँके

2 thoughts on “अखबार दिएर गयो”

  1. सरल र अन्त्यन्त मिठो गजल
    सरल र अन्त्यन्त मिठो गजल

Leave a Reply

Your email address will not be published. Required fields are marked *