Skip to content

समयको गति कसैले लाँदैन

  • by


समयको गति कसैले लाँदैन
साथमा सारथी कसैले लाँदैन

मरेर जाने चोला हो मान्छेको
मर्दा सम्पत्ति कसैले लाँदैन

सम्भव छैन लासलाई पनि
बजाएर नौमति कसैले लाँदैन

जिन्दगी बित्छ कि लेखेर पढेर
आफूले जाने जति कसैले लाँदैन

पैले त्यस्तो जमाना थियो रे
आजकाल सति कसैले लाँदैन

कपिल अन्जान
कोहलपुर-२ विद्यानगर बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *