Skip to content

कपिल अन्जान

‘म कला, संस्कृति र साहित्यप्रेमी हुँ’–वडाध्यक्ष चलाउने

कोहलपुर नगरपालिका वडा नम्बर १०का वडाध्यक्ष निम बहादुर चलाउने ‘निरज’ले आफू कला, संस्कृति र साहित्यप्रेमी भएको बताएका छन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर, बाँकेले नगरपालिकाको वडा नं. १० स्थित बन्दामा आयोजना गरेको रचना वाचन शृङ्खलामा उनले यस्तो बताएका हुन् ।

कोहलपुरमा डाक्टरले सुने नवराजका कविता

कोहलपुर, बाँकेमा दोस्रो पटक कवि नवराज पराजुली सुनिएका छन् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका अध्ययनरत विद्यार्थीहरुको संयोजनमा बिहीबार कार्यक्रम आयोजना गरिएको छ । अघिल्लो पटक नेपालगंको महेन्द्र बहुमुखि क्याम्पसमा उनले आफ्ना कविताहरू वाचन गरेका थिए ।

तीन दिने लोककला प्रशिक्षण कार्यशाला तथा गोष्ठी सम्पन्न

कोहलपुर, लोककलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीनदिने लोक कला प्रशिक्षण, कार्यशाला तथा गोष्ठी विहिबार उत्साहजनक रुपमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहकार्यमा भएको हो ।

20171223_KapilAnjan-News

नेपालगञ्जमा सुनिए कवि नवराज पराजुली

कवि नवराज पराजुलीको नेपालगञ्जमा कविता कन्सर्ट सम्पन्न भएको छ । नेपाली साहित्य परिवार महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा गरेको कार्यक्रममा पराजुलीले ५ वटा कविता वाचन गरेर सुनाए ।

करिब १ घण्टाभन्दा बढी समय उनले आफ्ना शसक्त कविताहरू वाचन गरे । पराजुलीले च्याउ, सगरमाथाको गहिराइ, ह्याब्बी बढ्डे, कविता वाचन गर्दा दर्शकहरू कति धेरै पटक भावुक बने । उनले खोया र मैझारोको कविताले प्रेमलाई छोएर संयोग र वियोगको प्रसङ्गलाई उठाएका थिए ।

20161224_KapilAnajan-News-01

कोहलपुरमा सुनिए दिनेश अधिकारी

वरिष्ठ कवि, गीतकार तथा नेपाल सरकारका पूर्व सचिव दिनेश अधिकारीको बाँकेको कोहलपुरमा टिकटमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको सो कार्यक्रममा करिब ५००भन्दा बढी टिकट बिक्री भएको छ । दिनेश अधिकारीलाई सुन्न २०० हलभरि मान्छे खचाखच भरिएका थिए ।

20161104_KapilAnjan-News-01

कोहलपुरमा बृहत कवि गोष्ठी सम्पन्न

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान र कला साहित्य डट कमको सहकार्यमा कोहलपुरमा बृहत काव्य गोष्ठी सम्पन्न भएको छ । नेपाली साहित्य राजधानीमा मात्रै केन्द्रित नभई देश भित्र र बाहिर लैजान आवश्यक रहेको र सोही अनुरुप कविताकै लागि पश्चिम आएको कला साहित्य डट कम काठमाण्डौकी अध्यक्ष तथा कवि मोमिलाले बताइन् ।

20160320_KapilAnjan-Brazesh-01

कोहलपुरमा ब्रजेशको जुनेलीमामाथि अन्तर्क्रिया

लेखक तथा उपन्यासकार ब्रजेश खनालको जुनेलीमाथि अन्तर्क्रिया सम्पन्न भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले उनलाई पहिलो पटक पाठकको अदालतमा उभ्याएको हो ।

नेपाली सिनेमामा आफ्नो पकड जमाएका ब्रजेशले आख्यानको बेग्लै स्वाद हुने बताए । आफ्नो पहिलो उपन्यास यायावरको सफलतापछि त्यसका पात्रहरूलाई जुनेलीमा फरक तरिकाले प्रस्तुत गरेको दाबी गरे ।

कथाकार सनत रेग्मीलाई पूर्णिमा साहित्य रत्न सम्मान

वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीलाई पूर्णिमा साहित्य रत्न २०७१ ले सम्मान गरिएको छ ।

नेपाली आख्यानमा योगदान पुर्याए वापत हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले कथाकार सनत रेग्मीलाई सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीले कथाकार सनत रेग्मीलाई नगद ११ हजार सहित प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरे । कथाकार सनत रेग्मीका आधा दर्जन बढि कथा संग्रहहरु प्रकाशित भएका छन् । उनका कथाहरु स्नातक तहका पाठ्य पुस्तकहरुमा पढाई हुँदै आएको छ । हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मान अघिल्लो वर्ष गीतकार तथा गायक स्वर्गीय प्रेम प्रकाश मल्ललाई प्रदान गरिएको थियो ।

20150718_KapilAnjan_News

कोहलपुरमा भानु जयन्तीको अवसरमा पुस्तक विमोचन तथा निबन्ध प्रशिक्षण

२०२ औं भानु जयन्तीको अवसरमा कोहलपुरमा सुमित्रा न्यौपानेको “आँखा र आँखाहरू” कथा संग्रह विमोचन गरिएको छ । सो कार्यक्रममा पूर्व प्रज्ञा सदस्य सचिव सनत रेग्मीले कथा संग्रहको विमोचन गरेका हुन ।

नेपाली भाषा साहित्यको लागि आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको नेपाल प्रज्ञा प्रतिष्ठान सभाका सदस्य हरि प्रसाद तिमिल्सिनाले बताए ।

20150411_KapilAnjan_News

कोहलपुरमा गजल प्रतियोगिता कार्यक्रम सम्पन्न

नेपाली साहित्य परिवार महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको आयोजनामा नयाँ वर्ष २०७२ को अवसरमा शुभकामना आदान प्रदान तथा खुल्ला गजल प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गजलकार देवेन्द्र आचार्य, झनक अधिकारी, हरि प्रकाश भण्डारी र प्रशंसा वली क्रमश प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।

कोहलपुरमा साहित्यिक अन्तर्कृया सम्पन्न

“हिउँदे बतासको लैबरीमा
थपडि बजाइरहेछन् चिउरीका पातहरू
भर्लेनि पाखामा कोरस आलापिरेहछन्
एकहुल हलेसोका बथान
आमा रुखबाट गीतका हरफहरू खसाइरहेछिन् ।…..”

सधै गजलमय रहदैं आएको कोहलपुरको साहित्यिक माहोल सोमबार भने कवितामय भयो । नेपालका चर्चित कवि हेमन यात्रीसँग अन्तरक्रिया गर्न पूर्णिमा साहित्य प्रतिष्ठानको हलमा जम्मा भएका कोहलपुरले श्रष्टाहरूले कवि यात्रीलाई तीन घण्टासम्म सुने । यसबीच उनले आफ्ना जर्दनौ कविताहरू वाचन गरेर सुनाउदै गए, कोहलपुरे श्रष्टाहरू सुन्दै गए ।

कोहलपुरमा साहित्यिक अन्र्तक्रिया कार्यक्रम सम्पन्न

समालोचक तथा अनुवादक महेश पौड्याल र गायक तथा गीतकार हेमन्त विवशसँग कोहलपुरका स्रष्टाहरूले साहित्यिक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

पश्चिमा साहित्यमा प्रयोग गरिदै आएका विम्ब, प्रतिक तथा मिथकहरूलाई समेट्न सके मात्र रचना वर्षौसम्म बाँच्न सक्ने समालोचक पौड्यालले बताए । करिब ३००भन्दा बढी देउडा र डोटेली गीत लेखेका विवशले केही देउडाहरू गाएर सुनाएका थिए ।

कोहलपुरमा कृष्ण अविरलसँग अन्तर्क्रिया

यही २०७१ साल माघ २४ गते शनिबारका दिन उपन्यासकार कृष्ण अविरलसँग कोहलपुरका स्रष्टाहरूले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

पूर्णिमा साहित्य प्रतिष्ठानको साप्ताहिक कार्यक्रम अन्र्तगत उपन्यासकार कृष्ण अविरलले आफ्नो नवौ कृति तथा नयाँ उपन्यास रक्तविजका बारेका आफ्ना अनुभवहरू सुनाए । उनले अनुसन्धानमूलक कृति लेख्न ज्यादै चुनौती रहेको बताए । उनका रक्तकुण्ड, जल्लादको मन, विषपुरुष, लाल चुडी, शाहवंशको शल्यक्रिया लगायतका कृतिहरू प्रकाशन भै सेकेका छन ।

20150101_KapilAnjan-News-01

कोहलपुरमा साहित्यिक गतिबिधि सम्पन्न

आख्यानकार नयनराज पाण्डेले आफ्ना प्रकाशित कृतिबारे पाठकहरूले राखेका जिज्ञासामाथि प्रष्ट पार्ने प्रयास छन् । मंगलबार कोहलपुरमा पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रममा आफ्ना प्रकाशित कृतिहरूका बारेमा पाठक तथा साहित्यिक सर्जकहरूले राखेका विभिन्न जिज्ञासामाथि प्रकाश पार्दै भने – कुनै एउटा पात्र र परिवेशका लागि लक्षित गरी सरल र सहज ढंगबाट विषयवस्तु पस्किन सकेमा आख्यान विधामा सफलता पाउन सकिन्छ ।

20140714_KapilAnjan_News

पूर्णिमाको १०४ औ विशेष शृङ्खला

२१ असार, २०६१, कोहलपुर – झमक कुमारी घिमिरेको जन्मदिनको अवसरमा कोहलपुरमा साहित्यिक स्रष्टाहरूले रचना वाचन कार्यक्रम सम्पन्न गरेका छन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा १०४ औं रचना वाचन शृङ्खला सम्पन्न भएको छ ।

20140529_KapilAnjan

कोहलपुरमा साहित्यिक वनभोज तथा कृति विमोचन कार्यक्रम

सातौं गणतन्त्र दिवसको अवसरमा बाँकेको ढकेरीमा साहित्यिक वनभोज, कृति विमोचन तथा कवि गोष्ठी सम्पन्न भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको १०० औं रचना वाचन श्रंखलाको अवसरमा पुष्कर रिजाल पुष्पको समालोचनाको कृति समाचोलक तथा कार्यक्रममा प्रमुख अतिथि हरिप्रसाद तिमील्सिनाले विमोचन गर्नुभयो ।

20140201_KapilAnjan

कोहलपुरमा कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

बाँकेको कोहलपुरमा कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

सहिद दिवसको अवसर पारेर हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा कवि तथा गजलकार परदिप भट्टराईको कविता संग्रह विरुद्धमा र गजल संग्रह शौचालयमा ईश्वरको विमोचन गरियो । साहित्यकार डा. कृष्णहरि बराल र भानुभक्त भट्टराईले संयूक्त रुपमा कृति विमोचन गरेका हुन ।

20131104_KapilAnjan_News

बाँकेमा लक्ष्मी जयन्तीको अवसरमा कृति विमोचन

१०५ औं लक्ष्मी जयन्तीको अवसर पारेर बाँकेको कोहलपुरमा २ वटा कृति विमोचन गरिएको छ ।

“हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान”ले गजलकार विक्रम शिशिरको ‘शीतका फूल’ गजल संग्रह र बद्री ढकालको ‘दामको पूजा’ हाइकू संग्रह कार्यक्रमका प्रमुख अतिथि, समालोचक तथा पत्रकार टीकाराम उदासी र पूर्णिमा साहित्य प्रतिष्ठानका सल्लाहकार भानुभक्त भट्टराईले कृतिको विमोचन गरेका थिए ।

20130901_KapilAnjan

कोहलपुरमा श्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न

यही भाद्र १५ गते शनिबारका दिनमा १४८ औं मोती जयन्तीको अवसर पारी हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा एक समारोहबीच कोहोलपुरमा श्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न भयो ।

20130618_KapilAnjan_News_01

मोफसलको रचनाले ततायो राजधानीलाई

  • by

समकालीन गजलका दुई प्रतिनीधि गजलकार कपिल अञ्जान (बाँके) को गजल संग्रह ‘तस्बिर’ र भावना पाठक (चितवन) को ‘सफर’को बारेका परिचर्चा शनिबार काठमाण्डौको रत्न राज्यलक्ष्मी क्याम्पसमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल मेडिकल कलेजका डा.टिकाराम भण्डारीले अञ्जानको ‘तस्बिर’ अहिलेको परिप्रेक्षमा सबै कुरालाई उठाउन सक्ने कृतिको रुपमा टिप्पणी गरेका छन् ।