कोहलपुरमा साहित्यिक कार्यक्रम सम्पन्न

  • by
20120413_KapilAnjan_News-01


कोहलपुर, ३० चैत्र २०६८

कोहलपुरमा नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना आदान प्रदान, रचना वाचन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

ज्ञानोदय सामुदायिक पुस्तकालय र पूर्णिमा साहित्य प्रतिष्ठानको संयूक्त आयोजना भएको कार्यक्रममा यस क्षेत्रका प्रतिष्ठित व्यक्ति, पुस्तकालयका पदाधिकारी, राजनीतिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवि तथा स्थानीय स्रष्टाहरूको सहभागीताबीच कार्यक्रम सम्पन्न भएको हो ।

ज्ञानोदय सामुदायिक पुस्तकालयको सभाहलमा सम्पन्न कार्यक्रममा शुभकामना तथा रचना वाचन गर्ने अधिकांश वक्ताहरूले निर्धारित समयमै शान्ति र संविधान जारी हुुने कुरा व्यक्त गरेका थिए ।

शुभकामना तथा रचना वाचन गर्ने क्रममा सशस्त्र प्रहरी वल त्रिपुरा गण कोहलपुरका गणपती तथा साहित्यकार चन्द्र प्रकाश गौतमले यस क्षेत्रमा शान्ति सुरक्षा प्रत्याभूत गर्न आफू सधै तयार रहेको बताएका थिए । साथै उनले आउँदो नयाँ वर्ष हरेक नेपालीको लागि नयाँपन बोकेर आउनुपर्ने बताए । अहिले धैरेको चासो र चिन्ताको विषय शान्ति र नयाँ संविधान पनि निर्धारित समयमै जारी हुने पनि विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा कोहलपुरका बुद्धिजीवि तथा रानीतिक व्यक्तित्वहरू बलराम शर्मा, कर्णबहादुर थापा, नरबहादुर मल्ल, नमप्रसाद शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी कार्यक्रममा पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यध्य महानन्द ढकाल, साहित्यकार प्रदिप भट्टराई, सन्तोषि विष्ट, कपिल अञ्जान लगाएतका तीन दर्जन बढि स्रष्टाहरूले रचना वाचन्सँगै शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रमको समापन मन्तव्य व्यक्त गर्दै ज्ञानोदय पुस्तकालयका अध्यक्ष जयश्वर पौडेलले कार्यक्रममा आएका सबैलाई धन्यवाद दिए । पौडेलले आगामी कार्यक्रमहरू पनि यस्तै गरी सफल र प्रभावकारी बनाउन सबैको सहयोग र साथको अपेक्षा लिएको बताए । कार्यक्रम पुस्तकालयको एक परियोजना अन्तर्गत पूर्व निर्धारित कार्यक्रम अनुसार रहेको पुस्तकालयले जनाएको छ । सम्पन्न कार्यक्रम कोहलपुर क्षेत्रमा रहेका राजनीतिज्ञ, समाजसेवी, स्रष्टा एवं विभिन्न व्यक्तिहरूमा भाइचाराको सम्वन्ध स्थापित गराउन सफल भएको पुस्तकालयका कार्यक्रम संयोजक निर्मल आचार्यले बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *