घनश्याम खड्का
नौंडाँडा पारि गोटीखेल
उकालीमा पनि हजुर मोटर गुड्दो रै’छ,
ड्राइभर दाइलाई सासना,
माया सरर जाऊँ हिँड रेलैमा
कति वर्षको उमेरमा मैले यो सुनें भन्न सक्दिनँ । तर संसारको अर्थ लगाउन सक्ने भएदेखि नै यसको मधुर लयमा तरंगित हुन थालेको सम्झन्छु । अचेल पनि उकालोमा बस चढ्दा हरेकपटक स्मृतिको पालीमा तुर्लुङ्ग झुन्डिएको एउटा पुरानो रेडियो आउँछ । रेडियोमा उही गीत बज्छ ।
प्रेम, यौन र जीवन
प्रेम । यसको व्याख्यामा हजारौं कविता लेखिएका छन्, गीत गाइएका छन् र सिनेमा बनाइएका छन् । काव्य, कला र दर्शनमा प्रेमले जति अरू कुनै कुराले सायदै ठाउँ पाएको छ । कवि, लेखक, चित्रकार, साधु, योगी र नेतासम्म पनि प्रेमको महिमा गाएर कहिल्यै थाक्दैनन् । सबैको मुखमा ज्यादा आइरहने शब्द सायद प्रेमै हो । तर जति नै गफिए पनि संसारमा प्रेम प्रतिक्षण दुर्लभ हुँदै गएको छ । यो असाध्यै चर्चा गरिएको तर अनुभव कमले गरेको एउटा रहस्य हो ।
