नौंडाँडा पारि गोटीखेल

  • by


उकालीमा पनि हजुर मोटर गुड्दो रै’छ,
ड्राइभर दाइलाई सासना,
माया सरर जाऊँ हिँड रेलैमा

कति वर्षको उमेरमा मैले यो सुनें भन्न सक्दिनँ । तर संसारको अर्थ लगाउन सक्ने भएदेखि नै यसको मधुर लयमा तरंगित हुन थालेको सम्झन्छु । अचेल पनि उकालोमा बस चढ्दा हरेकपटक स्मृतिको पालीमा तुर्लुङ्ग झुन्डिएको एउटा पुरानो रेडियो आउँछ । रेडियोमा उही गीत बज्छ ।

यसपटक पनि त्यस्तै भयो । रेलमा त होइन, एउटा न आरामदायी न झ्याम्पट मिनीबस मेरो दुब्लाउन नसकेको जिउ बोकेर कुदिरहेको थियो, दक्षिणी ललितपुरको धुलौटे, साँघुरो र जंगलको उकालीमा ।

यो घाममा, यो खुट्टा गाडिने धूलोमा, यो एकान्त जंगलको माझमा हिँड्न परेको भए मज्जा र पसिना बराबरी आउँथ्यो होला । तर गाडीमा धूलोबाहेक केही आएन । तै पनि लगनखेलदेखि गोटीखेलसम्मको ५२ किलोमिटर बाटो ५ घन्टामै पुर्‍याइदियो मिनीबसले । यही सम्झेर सन्तोष मान्नुपर्ने भयो, मानें ।

बसभर िकवि थिए । बुझियो होला, हामी एउटा कविता यात्रामा थियौं ।

‘तिमी नजाने भए म पनि जान्न’ बिहानै मोबाइल गरेर विकास बस्नेतले प्रेमपूर्ण धम्की दिएको थियो, ‘जाने भए छिटो आऊ ।’

उही विकास अहिले मेरो सिटमा थियो । ‘भरे कहाँ सुत्ने होला ?’ धूलो उडाउँदै कुदिरहेको बसभित्रै उसले अचानक सोधिदियो ।

‘फ्रेडीलाई खोरकै चिन्ता !’ मैले जिस्क्याई दिएँ ।

स्टेफेन हकिन्सको विज्ञान उपन्यास उसले यसै पाला अनुवाद गरेको थियो, जर्जको ब्रह्माण्ड यात्रा । फ्रेडी त्यही पुस्तकको बाल नायक जर्जको पि्रय सुँगुरको नाम थियो ।

मैले फ्रेडी भनेकोमा ऊ रसिाएन, बरु कुतकुत्तिएर हाँस्न थाल्यो । लेखक कलाकारलाई तिनको सिर्जनाको नामले बोलाउँदा अपि्रतिकर पनि पि्रतिकर लाग्छ रे भन्ने सुनेको थिएँ, हो रहेछ । ऊ अझै हाँसिरहेको थियो ।

मोरोले जिस्किने निहुँ पाएछ, अब ऊ सबैलाई फ्रेडी भनेर बोलाउनथाल्यो, मुटु नै फुत्केलाजसरी हाँस् नथाल्यो । छेउमा ढिलो आएर सबैलाई एक घन्टा कुराउने आरएम डंगोल थिए ।

विकासले उनलाई पनि फ्रेडी भनिदियो, जेठो फ्रेडी ! मैले उनलाई त्यसको अर्थ लगाइदिएँ । ठानेको थिएँ यी मोटा कवि यो सुनेर रसिाउलान् । अनि म विकासलाई खुच्चिङ भनूँला ।

कविज्यू त हाँसे पो ! अब हामी तीनजना फ्रेडी भनेरै काम चलाउन सक्ने भयौं । बसभरकिा कविलाई उल्याउने मेलो बन्यो । अघिल्तिर विमल निभा र पुरुषोत्तम सुवेदी कुनै विषयमा गफिइरहेका थिए । हाम्रो हाँसो सुनेर उनीहरू रोकिए । अमर गिरी, अनिल पौडेल, रमेश शुभेच्छुक, केशव सिलवाल र अरूहरू पनि बरोबर पछाडि र्फकेर हेर्न थाले । विकासलाई म किन फ्रेडी भनिरहेको छु, उनीहरूले पनि थाहा पाए । अब औपन्यासिक फ्रेडीलाई बसभरकिा कविले चिनिसकेका थिए ।

लेखक र पुस्तकको नाम बिर्सिएँ । पात्र चाहिँ मनमा बसिरहेको रहेछ । ऊ आफूलाई कम्युनिस्ट भन्थ्यो । जे गर्दा पनि जनताको दुहाई दिन्थ्यो । कतिसम्म भने उसले आफूलाई म भन्नै बिर्सको थियो । त्यसका ठाउँमा जनता भन्थ्यो । मलाई भोकलाग्यो भन्नुपर्‍यो भने जनतालाई भोक लाग्यो भन्थ्यो । फ्रेडीसँगै यहाँ त्यही ‘जनता’ पनि सँगै उच्चरति हुन थाल्यो ।

बाटोमा खाल्डाखुल्डी आउँदा बस बरोबर ढलपल हुन्थ्यो र मेरो टाउको झ्यालको डण्डीमा ठोकिइरहन्थ्यो ।

‘जनताको टाउको ठोक्कियो’ मैले भनिदिएँ । कविहरू उच्चस्वरमा हाँसे । सिँगाने भञ्ज्याङको छाप्रे पसलमा पुगेपछि ‘जेठो फ्रेडी’ ले भने, ‘जनता अब खाजा खान्छ ।’

बाटाभर िकविहरू सबै आफूलाई जनता र अरूलाई फ्रेडी भन्थे, रमाइलो गर्ने रमाइलो तरकिा ! सहरमा औपचारकिताले हामी वाक्क थियौं सायद । उन्मुक्त हाँस्नु, जंगलै जंगल कुद्नु अनि मन लागेको कुरा मन लागेको मान्छेलाई भन्नु एउटा दुर्लभ अवसर रहेछ ।

बाटो कति ठाउँमा डरलाग्दो थियो । खिसि्रक्क तलमाथि पर्‍यो भने भिरैमा खसिएलाजस्तो । हाडखोरै नरहला जस्तो । खुत्रुकै मरएिला जस् तो ।

आम्मै नि ! ललितपुर यतिबिध्न दुर्गम पनि रहेछ । यहाँ सबैठाउँमा मोबाइल टिप्तो रहेनछ, बाटो पुग्दो रहेनछ, स्कुल खुल्दो रहेनछ ।

लगनखेल, पाटन र कुपण्डोल पनि ललितपुर । मानिखेल, गोटीखेल र भट्टेडाँडा पनि ललितपुर । कतै चिल्ला सडक, सुकिलामुकिला मान्छे र विकासे अड्डै अड्डा । कतै निर्धन बस्ती, विकासको बाह्रहाते टाँगोले नि नछोएको गाउँ र सिँचाइ नपाउनाले वर्षभर िखनिखोस्री गर्दा पनि केही उमार्न नसकेका दुर्बल किसान । कतै पूणिर्माको झलमल, कतै औंसीको अन्धकार । ललितपुरको विसमतामा यो देशकै विसमता खामिएझैं लाग्यो ।

धूलाम्य जिउ पारेर मध्य दिनमा हामी गोटीखेल पुग्यौं । चारैतिर अग्ला डाँडामुन्तिरको सानो बजार पुग्दा कतै निकै पर पहाडी बस्तीमा पुगेजस् तो भइरहेको थियो । महानगरसँग जोडिएको जिल्लाको महा दुर्गबबस् तीमध्ये अलि सुगम ठाउँ रहेछ गोटीखेल । सुख्खा बारकिा पट्टयारलाग्दा पाटाहरू हेर्दाहेर्दा थाकेका आँखामा प्याँज, लसुन, काउली र बन्दाबारीको हरयिोपन एउटा रोमाञ्चक बिम्बजस्तो लाग्दो रहेछ ।

महाँकाल उच्चमाविमा बग्रेल्ती भुराभुरी थिए । तिनका तस्बिर भटाभट खिच्न थालेँ । कोही लाजले मुन्टो अन्तै फर्काउँथे, कोही बसेको ठाउँबाट लुसुक्क हिँड्थे । ‘लौ फेर िखिचिदिनुस्,’ भन्ने हिम्मतिला बालबालिका पनि भेटिए ।

देवकोटाको शतवाषिर्कीमा वर्षैभर िठाउँठाउँमा कार्यक्रम गररिहने सरकारी योजना नभइदिएको भए गोटीखेलमा यो जमघट हुन्थ्यो कि हुन्थेन कुन्नि ? ललितपुर साहित्य सदनले कविलाई बोलाउँथ्यो कि बोलाउँथेन कुन्नि ?

जे होस्, आयोजक एक बस कविलाई पर्खेर बसेका रहेछन् । कार्यक्रम सुरु गरहिाले । आम्मामा ! कवितालाई कति धेरै प्रेम गर्दारहेछन् यहाँका मानिस ! गाउँले पूरै उल्टेका थिए । साँझसम्म स्कुले बालबालिकाले कविता पढे । हामीले सुनिरह्यौं ।

कविता सुनेर उब्रेको समय कविले घुमघाममा लगाए । बारीमा एक किसान हलो जोतिरहेका थिए । पुरुषोत्तम सुवेदीलाई बितेका दिनको सम्झना भएछ । पाखुरा सुर्केर बारीमा पुगिहाले । खाइलाग्दा गोरुलाई यी कविले एक सर्काे जोते । विष्णु भण्डारीले पनि त्यसै गरे ।

‘म त जोतेरै हुर्केको हुँ नि’ हलो छाडेर पर पुगिसक्दा पनि सुवेदी नोस्टाल्जिक नै थिए ।

साँझ पर्दै थियो । घाम डुब्दै थियो । गोधूलीमा गोटीखेल कति रमाइलो ! बन्दाबारीमा एकतमासले घुमिरहेको पानीको फिर्किनी, यो एकान्तपन, यो हरयिाली र यो मोहक साँझ देखेर म त्यसैत्यसै फुरुङ्ग थिएँ । सहरको धूलो, मोटरको कानै खाने घारघुर र हुलमूलमा पनि एक्लाएक्लै मान्छेहरूभन्दा पर चराको चिरबिर, हावाको फिरफिर र खोलाको कुलकुल सुन्न नपाएको कति भइसकेको रहेछ ।

भौतिक उन्नतीमा पछि परे पनि जीवनका लागि नभई नहुने माटो, पानी र हावाको शुद्धता यहाँ गजबको थियो ।

‘तर अब विकासमा पनि हामी पछि पर्ने छैनौं,’ गोटीखेलमा सबभन्दा पहिले प्रवेशिका उत्तीर्ण गरें भन्ने महाँकाल उमाविका प्रधानाध्यापक अमृतनाथ तिमिल्सिनाले पहिलेभन्दा अहिले परविर्तनको गति अलि अघि बढेको कुरो गर्दै आफ्ना रोडम्याप सुनाए, ‘हामीलाई पनि पाटन, कुपण्डोल र लगनखेलको सुविधा चाहिन्छ, हामी पनि अघि बढ्छौं ।’

जुनेली रातमा गोटीखेलको सौन्दर्य झन् बढी मोहक भइरहेको थियो । अबेरसम्म रामगोपाल आशुतोषका चुटि्कला सुनेर सरस्वती तिमिल्सिना, अजन्ता शर्मा र अरू धेरै कविहरू खितखिताइरहेका थिए ।

हेमन्त पराजुलीको घरमा लस् करै सुत्ने व्यवस्था मिलाइएको रहेछ । सुत्नुअघि एक राउन्ड कविता घरभेटीलाई सुनाए कविहरूले । अनिल सुटुक्क चोटामा उक्लेर निदाइसकेछन् । उनको भयानक घुराइले कतिलाई बिथोल्यो कुन्नी, म त रातभर सुत्न सकिनँ । बिहान चन्दनपुरदेखि प्रभातफेरमिा हिँडिरहँदा पनि आँखा पोलिरहेको थियो ।

सयौं गाउँले पञ्चै बाजागाजाका साथ र्‍याली गर्दै महाँकाल माविमा आए । फेर िसुरु भयो कवि गोष्ठी । बाह्र कक्षाको जाँच दिन प्युटारबाट गोटीखेलमा डेरै गरेर बसेकी रञ्जना सञ्जेल र उनीजस्ता थुप्रै विद्यार्थी पनि सुन्न आएका थिए । कतिले त भने पनि । भोलिको परीक्षा छ, आज उनीहरू ढुक्कैले कविता सुनिहरेका छन् ।

कविको सूची लामै थियो । आधा दिन बितिसकेछ । प्यारो गोटीखेलबाट अब नहिँडी धरै थिएन । हतार-हतार हामी हिँड्यौं । गोटीखेले कविका जम्मै सिर्जना सुन्न नपाएकामा थकथकी लागिरह्को थियो । ‘छापिदिनुस् है’ हामीलाई बास दिने दाजुकी एघार कक्ष्ाामा पढ्ने छोरी विभाले कविता थमाएकी थिइन् । त्यो मसँगै छ !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *