Skip to content

हरिहर दाहाल

असहमति

  • by

बैठक ठीक १० बजे शुरु भयो। प्रवासी समाजका प्रतिष्ठित भद्र पुरुष तथा महिलाहरूको सहभागिता रहेको त्यस सम्मानित उपस्थितिले प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्न एउटा छाता संगठन नभै नहुने कुरामा जोड दिए। यस अपरिहार्य आवश्यकतालाई थाँती नराख्न अनुरोध गरियो। तुरुन्त संस्थाको नाम जुराइयो।

खुशी मात्र बाँड्नुस् अब

  • by

खुशी मात्र बाँड्नुस् अब ब्यथा बिष आफै पिउनुस्
घाँउ दुखे मुस्कुराउनुस् अभाबको जीवन जिउनुस्

प्रतिकुल छ जमाना यो ब्यथा सुन्ने कोही छैनन
धोका चोट थपिंदै जाउन् शरीर हड्डी आँफै ख्याँउनुस्

क्षतिपूर्ति

  • by

उजेली भक्कानो छोडेर रोई। मुटु पिटीपिटी रोई। सपनाहरू गर्ल्याम्गुर्लुम ढलेर आँफैलाई किचेझैं लाग्यो उसलाई। विवाह भएको तीन महिना बित्न नपाउदै कमाउन गएका श्रीमानको मृत्युको खबर कति हृदय बिदारक भयो होला, त्यो उजेलीलाई मात्र थाहा छ। श्रीमानलाई गर्भवती भएको खबर पनि सुनाउन नपाउदै मृत्युको समाचार पठाउने निर्दयी दैबलाई धारे हात लाएर सरापी। आँसु नसकुन्जेल रोई ऊ| आफन्त, छरछिमेक र गाँउले पनि रोए।

समाजसेवा

  • by

ऊ नम्रतामा विश्वाश गर्छ। सबैलाई झुकेर नमस्कार गर्नु उसको बानी हो। समयले भ्याएसम्म र क्षमताले पुगेसम्म मानबिय आपद-बिपदका अबसरमा चन्दा दिन्छ। सकेजति सबैलाई सहयोगको हात बढाउछ। कसैलाई हुन्न र गर्दिन नभन्नु उसको कमजोरी हो। भ्याए र सकेजति गर्छ पनि। मेलमिलाप र सद्भाबमा विश्वाश गर्छ। आफुले सहेर अरुलाई हँसाउनुमा ऊ रमाउँछ।

प्रभु, मलाई बचाउनु होस्!

घरमा सधैं तनाब हुन्छ। कोलाहल र चिच्याहटमा रात बिताउनु पर्छ। दिनदिनै आमा र बाका बिचमा हुने झै-झगडा, कुटाकुट, लुछाचुडी र भनाभनले मेरो टाउको दुख्छ। बा र आमा बिचमा हुने संबाद सुन्दा र व्यबहार हेर्दा यस्तो लाग्छ कि वहाँहरू दुबै जनालाई अहिल्यै मानसिक अस्पताल लगिहालौं।

अब आफैं अघि बढ्ने पो हो कि!

  • by

फूल फुलाउनेहरू बोट निमोठ्छन्
फल फलाउनेहरू हाँगा भाँच्छन्
बाली रोप्नेहरू जोत्दैनन्
खन्नेहरू खन्दैनन्
औजार हुनेहरू किन आफैं अघि सर्दैनन् ?
अब आफैं जोत्ने पो हो कि!

थाम्नेहरू हात छोडिदिन्छन्

होसियार! सिङले उनेर मार्लान् गाईहरुले।

डाँगाहरू फुकेछन् गोठबाट
दाम्ला चुँडाएछन
बारेका चित्राहरू सखाप पारेछन् उनेर
आफू आफू लडेछन
सिंङ् भाँचेछन् गोरुहरूले
रक्ताम्मे भएछन् जुधेर गोरुहरू
गोरुहरू छाडा भएछन् फुकेर

दसैं, ब्याज र नरपिसाचहरू

बालीनालीहरू थन्क्याउन थाले होलान गाउँघरतिर
मकैका थाङ्राहरूले बारीका पाटाहरू सजिएका हुनन्

सुने,
काकी बितेर जुठो परेछ ठुलाघरेहरूलाई,
मेरो समबेदना सुनाइदिनु ।

सहयोग

  • by

टेलिफोनमा उसले रुन्चे स्वरमा मलाई आश्रयको लागि अनुरोध गर्‍यो।मैले सम्झाउने कोशिस गर्दै भनें- “साना-तिना झगडा र मनमुटाबका कारण घर छोड्नु हुदैन। बिबाद, भनाभन, छेडछाड भनेका मायालाई अँझ दर्‍हो बनाउने संयन्त्र हुन्। गहिरो सम्बन्ध, माया र आत्मीयता भएका मान्छेसँग मात्र बढी दु:खमनाउ हुन्छ, मन कुँडिन्छ र झगडा गरिन्छ। त्यस्ता प्रकृतिका उतार- चढाबले संबन्धलाई अझ परिमार्जित गर्ने काम गर्छ। सतही रुपमा सम्बन्ध भएका मान्छेसँग कहिल्यै पनि बिबाद हुदैन। औपचारिकता मात्र पुरा गरिन्छ, मन दुखे पनि भित्र भित्रै दबाईन्छ।”

नयाँ वर्षमा यस्तो होस्

अन्यायका विरुद्ध बुलन्द आवाजहरु चर्किऊन्
गरीब र असक्तहरुका आशा फर्किऊन्

भात्किएका संरचनाहरु बन्न सुरु गरुन्
सामन्तवाद र तानाशाही सबै मरुन्