अन्यायका विरुद्ध बुलन्द आवाजहरु चर्किऊन्
गरीब र असक्तहरुका आशा फर्किऊन्
भात्किएका संरचनाहरु बन्न सुरु गरुन्
सामन्तवाद र तानाशाही सबै मरुन्
सरकार माथि जनताको भरोसा बढोस्
देशद्रोहीको योजना कुहेर सडोस्
अपहरण र हत्याका श्रृंखलाहरु सकिऊन्
बिछोडमा तड्पिएका मनहरु फकिऊन्
शरिर,मन र विचार स्वस्थ रहून्
सबै नेपालि एक्-अर्काका मित्रु होऊन्
गाउँ, शहर र बस्तिहरुमा शान्ति छाओस्
नेपालीले नेपाल माथि गर्व गर्न पाओस्

सबैले यस्तै मनमा
सबैले यस्तै मनमा गुनुन
तपाईंका मनोकामना पुगुन