बालीनालीहरू थन्क्याउन थाले होलान गाउँघरतिर
मकैका थाङ्राहरूले बारीका पाटाहरू सजिएका हुनन्
सुने,
काकी बितेर जुठो परेछ ठुलाघरेहरूलाई,
मेरो समबेदना सुनाइदिनु ।
कठै! कति रोए होलान् बिछोडमा आफन्तहरू!
दशैं तिहार सुन्ने भएछ यस पटक।
लिङ्गेपिंङ र रोटेपिंङ तयारी समिति बन्यो रे
रानीवनबाट दरिला खम्बाहरू ल्याउनू
भरपर्दा पिर्काहरू बनाउनू
भाँचिन सक्छन् हुँईकिदा।
डोरेपिंङका पोयाहरू कसेर बनाउनू
चुडिंन सक्छन मच्चिदा।
थुप्रै साथीहरू फर्किदैछन् गाँउघरतिर
धेरैले हबाइजहाजको टिकट काटिसके।
हामी नभ्याउने र नसक्नेहरू
मनलाई गाँठो पारेर बसेका छौं।
दिउँसै अँध्यारो भएको छ हाम्रा मनहरूमा!
अहँ बिदा दिएन बैरीले,
पुरातन संस्कार नबुझ्नेहरूको भिडमा
जन्जिरमा बाँधिएको छ खुशी
गोरु झैं जोत्छन् रात दिन।
बिछोडको पिडाँले-भत्भती पोल्छ मुटु !
यस पटकको चाडमा,
सपनाका ब्यापारीहरू
राजधानीबाट सजिलै गाउँघर तिर झर्न सक्छन
खबरदार!
हरेक गौंडामा रोकिनु पर्छ ती नरपिसाचहरू!
हल्ला छ यता,
चाडको मौका पारेर
तस्करहरू गोरखपुर हुँदै गाउँ छिर्दैछन्
होसियार! माटो टेक्लान ति भस्मासुरहरूले!
सतर्क रहुन चेलीहरू।
तथाकथित परिबर्तनका संबाहकहरू
आधुनिकताका नाममा,
बिकृतिको खेती गर्दै,
नाङ्गै बस्ती छिर्न सक्छन
सँस्कार सिकाई दिनु लबस्तराहरूलाई।
अरु खै के लेखौ र !
हजुरबा र हजुरआमासँग बिन्ती छ,
अर्को साल जागिर छोडेरै भए पनि आउँछु बरु
मलाई “पराधिन जीवनबाट मुक्त” हुने आशिर्बाद दिनुहोस्
मेरा नाममा जमरा र टिका सेलाईदिनू।
ठुल्दिदी र बैनीबाट माफी होस्,
मेरो नामको सयपत्रीको माला
हिफाजत गरेर राखिदिनू।
निधारमा आँसु दल्छु यो साल
अर्को पटक सप्तरङ्गी टिका लाउनु पर्छ।
परदेशी भाइलाई
“दासत्वबाट मुक्ति मिलोस्” को कामना गरिदिनू!
गुन्यू चोली किनी लाउनू
भाग पठाइदिएको छु, साथीको हात।
आमा,
सधैं भाग्यले ठगिएकी तिमी
बुड्यौली अनुहारमा कहिल्यै हाँसो नआउने भो!
कति जोतिन्छौ सातु-चामलका लागि।
जीवनभरि गरीबी र अभावमा बाँचेर,
दशैं तिहार आउनु र जानुले
के फरक पार्छ र तिमीलाई हगि?
ए साँच्ची,
साहुको ब्याज पठाएको छु
बिन्ती छ,
बाँकी साँवामा चक्रबर्ती ब्याज नलगाएस्
ब्याँज तिरेर बित्ने भो जीवन।
चुस्नेहरू कति निर्लज्ज पिउँछन रगत पनि!
हाम्रो शुभेक्षा छ,
दशैं-तिहार धुमधामले मनाउनू।
गाँउलेहरू सबैलाई,
परदेशीको सम्झना छ भनिदिनू!
हामा नाममा,
टीका र जमराले निधार ढाकेर
लिङ्गेपिंङ र रोटेपिंङमा मच्चिनू।
दही, चिउरा,केरा र सेल रोटी खाँदै,
मखमली र सयपत्रीका मालाले
सर्बत्र गलाहरू भरिदिनू।

Thank u 4 good poem.it is
Thank u 4 good poem.it is really nice and touchy. please continue further in future. thanks again.
Nepoleon.
marahatta.nepoleon@gmail.com
shabda huruma bhav- ani
shabda huruma bhav- ani swachhandata atti ramro chha tar sentence milauna ali kam mihinet bayo jasto lagyo malai, yo mero nitanta byaktigat bichar ho. Je hos ramro chha, koshish jari rakhnuhola