Skip to content

होसियार! सिङले उनेर मार्लान् गाईहरुले।

डाँगाहरू फुकेछन् गोठबाट
दाम्ला चुँडाएछन
बारेका चित्राहरू सखाप पारेछन् उनेर
आफू आफू लडेछन
सिंङ् भाँचेछन् गोरुहरूले
रक्ताम्मे भएछन् जुधेर गोरुहरू
गोरुहरू छाडा भएछन् फुकेर
चोरेर बाली खाने गोरुहरू
साँडे  झैं मोटाएछन
भुँडी फुट्ने गरी खाएछन् गोरुहरूले
गाई चाहर्ने गतिछाडा गोरुबाट
बाच्छा-बाच्छी बचाउन हम्मे हुने भो
मिचिएर मर्ने भए बाच्छा-बाच्छीहरू
कति छिल्लिएका हुन मुर्दाहरू
हुनत, गतिलो गोठ धनी नभएपछि
गोरुहरू छाडा हुने नै भए
बालीनाली चोर्ने नै भए
साँढेझैं मोटाउने नै भए
भुँडी फुट्नेगरी नखाए के गरुन बिचरा गोरुहरू!
गाई खोज्दै नहिडे के गरुन गतिछाडाहरू!
होसियार! सिङले उनेर मार्लान् गाईहरूले।

हरिहर दाहाल
क्यालिफोर्निया

4 thoughts on “होसियार! सिङले उनेर मार्लान् गाईहरुले।”

  1. डाँगाहरू फुकेछन्
    डाँगाहरू फुकेछन् गोठबाट
    दाम्ला चुँडाएछन

    Excellent……….

Leave a Reply

Your email address will not be published. Required fields are marked *