मैंने लोहा खाया है

आप लोहे की बात करते हैं

मैं अपनी लोहे की आंख से

दोस्त के रूप में आये हुए

दुश्मन को भी पहंचान सकता हूं

-अवतार सिंह पाश

पञ्जाबी कवि अवतारसिंह पाशका माथि उद्धृत गरिएका पंक्तिलाई पढ़्दै जानु हो भने कविता बुझ्नको निम्ति कवितालाई पचाएकै हुनुपर्छ। हिजोआजका कविहरूले कवितालाई कसरी पचाएका छन्, थाहा छैन तर विश्व कविताहरू –का अनुवादक पुण्यप्रसाद शर्माले कवितालाई यसरी पचाएका थिएछन्। हठात कल्पना पनि गर्नसकिएन। कविताको संसारमा उनी यतिविध्न रूजेभिजेका रहेछन् एक हदसम्म विश्वास गर्न पनि सकिएन। विश्वमा मनुष्य जातिको सिर्जनापछि मनुष्यले सबैभन्दा पहिले अँगालेको कविता विधालाई पुण्यप्रसाद शर्माले यति गम्भीरताका साथ लिएका रहेछन् तर पत्तै थिएन। कसैलाई थाहै नदिई सुटक्कै यति स्तरीय अनुवाद साहित्य दिनसक्ने पुण्यप्रसाद शर्मा एक सफल व्यवसायी पनि हुन् भन्ने कुरालाई स्वीकार गर्न गाह्रो-गाह्रो पर्नथालेको छ। नेपाली जातिमा एउटा आहान छ – सफल व्यापारी कवि (सिर्जनधर्मी) बन्नसक्दैन, सफल कवि एक सफल व्यापारी बन्नसक्दैन। तर पुण्यजीले दुवै क्षेत्रमा कसरी महारथ हासिल गरेका हुन्, मेरो मनमा औड़ाह बल्न थालेको छ। (यद्यपि अवतार सिंह पाशको उद्धृत कवितांश यस भनाइसँग समागम नहुन पनि सक्छ तर सन्दर्भलाई उठाउन मात्र पंक्तिको पैंचो लिइएको छ।)

आजको समयमा कविताको संसारलाई बुझ्ने व्यक्ति पाउन जतिको गाह्रो छ, त्यति नै कवितालाई एउटा विज्ञानको रूपमा परिचित गराउन गाह्रो छ। लक्ष्मीप्रसाद देवकोटाको उड़ी छुनु चन्द्र के एक कवितांश आज यथाथर् बनेको स्वीकार्न कोही तयार छैन भने कविताका निम्ति अङ्कित गरिएका प्रत्येक वाक्यका प्रत्येक शब्दका वर्णमा एउटा-एउटा विश्व अँटाएको हुन्छ धेरैलाई थाहा नहुन पनि सक्छ। यति ठूलो संसारलाई पुण्यजी काँध दिन सफल भएकोमा कविताप्रति गर्वबोध हुनजान्छ भने कति-कति स्थितिमा डाही भावना उत्पन्न भइरहेछ ममा। यद्यपि, डाही गरेर पनि एउटै सिर्जना दिनसकिएन भने डाहीको परिभाषा कसरी यथावत रहिरहला र … यसै त यहाँ प्रशंसाका खिप्ती लामबद्ध गराउनु छैन। विश्वका सर्वमान्य कविहरूका कवितालाई नेपाली भाषीमाझ ल्याएर लाखाै नेपालीहरूका निम्ति पुण्यको काम गरेका छन्् पुण्यजीले। त्यसकारण सर्वप्रथम साधुवाद दिँदा अन्यथा नहुनुपर्ने।

कविताको क्षेत्र अति संवेदनशील र उदात्त रहेको छ। कविता अभिव्यक्तिको सबभन्दा सुन्दर अकृत्रिम र मधुरिम साधन हो। विश्व कविताहरूको प्रकाशकीयमा निर्माण प्रकाशनका एक सशक्त माइल खुट्टी, कविवर पवन चामलिङलो यिनै पंक्ति लेखेका छन्। मलाई लाग्छ, कविताको संसारलाई यसभन्दा बढ़ी व्याख्या गर्न जरूरी छैन। एकै वाक्यमा यसरी कविताको परिभाषालाई समेट्न सक्नु पनि सायद अभिव्यक्तिको माथिल्लो तह हो कवि पवन चामलिङको। यसै त कविताको परिभाषालाई न त प्रारम्भ दिनसकिन्छ न त समाप्ति नै। धेरैले कविता यस्ता र उस्ता हुनुपर्ने भनेको सुनिन्छ, कतै-कतै छापामा पनि देखिएको छ। तर कविता अति संवेदनशील पक्ष रहेकोले, यो भाव र तरङ्गको संसार भएकोले यस विधालाई जसले जसरी लिन्छन्, त्यो त्यही रूपमा सही रूपमा परिभाषित भइदिन्छ। लक्ष्मीप्रसाद देवकोटाले काठमाड़ाैंको त्रिचन्द्र विश्वविद्यालयमा आफ्नै गरीब शीर्षक नामक कविता पढ़ाउँदा सबैलाई सेही कविताको बारेमा लेख्न अह्रएका थिएअरे। पछि लक्ष्मीप्रसाद देवकोटाले कुनै विद्याथीर्का व्याख्यालाई यो गलत र यो सही भनी परिणाम दिनसकेनन्। उनको भनाइमा सबैजना आ-आफ्ना सन्दर्भमा सही थिए। यसकारण कविताको निश्चित परिभाषा हुँदैन सायद। कवितालाई आफ्नो कोणको परिभाषाभित्र ढालेर त्यसको सप्रसंग व्याख्या गर्नथालियो भने कवितालाई सही रूपमा बुझ्न सकिँदैन पनि। यस्तो कठिन विषयलाई अँगाल्दै विश्वका महान् हस्तीहरूका कविताहरूलाई नेपाली भाषीमाझ ल्याइदिएर पुण्यप्रसाद शर्माले निकै ठूलो उपलब्धि हासिल गरेका छन्। अंग्रेजी, हिन्दीलगायत अन्य भाषाको साहित्यको जरैसम्म पुगेकाले अलेकजाण्डर पुश्किन, बर्टोल्ट ब्रेख्त, मिर्जा गालिब, मोहम्मद दरवेश, रवीन्द्रनाथ ठाकुर, वाल्ट ह्वीटमेन, विष्णु नागर, क्षमा कौल-का कविताहरूलाई राम्रै टिप्छन् होला तर हिन्दी, उर्दू, अंग्रेजीको मेसो नपक्रनेहरूको संख्या धेरै हुनसक्छ। त्यस्ताहरूका निम्ति यो पुस्तक निकै उपयोगी बन्नसक्छ। यस संग्रहमा 1797 (मीर्जा गालिब)-देखि तसलिमा नसरिन (1962) –का कविहरूका कविताहरूके छनौट गर्न कति कठिन पर्छ, त्यो पीड़ा स्वयं अनुवादकलाई मात्र थाहा होला। त्यसपछि झन् अनुवादकको भूमिका निर्वाह गर्नु त अझ कठिन काम हो। कविताको मूल मर्मलाई कविताको आत्मासितै अन्य भाषा-भाषीमंा पुर्याउने काम त्यति सहज अवश्यै होइन। एक प्रकारले असम्भवयुक्त कामलाई सम्भवयुक्त बनाएका छन् पुण्यजीले।

कुन कविको कुन कविता, कविताको मूल भाषाबाट अन्य भाषीका निम्ति उपर्युक्त हुनजान्छ, यस कुराको आकलन गर्नु निकै जटिल काम हो। कविताकै माध्यमद्वारा विश्वमा आफ्नो साम्राज्य फैलाउने कविहरूकै कविता विश्वका धेरै भागमा एक आन्दोलन बनेका छन्। कहीं-कहीं कविता नै रोटी र भोजन बनिएका छन्। यस्तै कविताहरूलाई पुण्यजीले आफ्नो छनौटमा गाभेका छन्। यस्तो काम प्रारम्भमा सायद पुण्यजीको निम्ति ठूलो चुनौती बन्यो होला। तर यसखाले चुनौतीहरूलाई स्वागत गर्दै आफ्नो काममा उनी सफल छन्। बर्टोल्ट ब्रेख्तको यदि म अनन्त भए शीर्षक कवितालाई नै हेरौं-

यदि म अनन्त भए त

सब बद् लिन्थ्यो

म आफैमा अन्त भएकोले

धेरै कुरा रहन्छ जस्ताको तस्तै।

कविता साधारण छ तर अर्थ गहिरो छ, धेरैले यस कवितामा के छ र भन्न सक्छन्् तर कवि मन भएकाले यस कवितामा रहेको मख्खन राम्ररी चाख्न सक्छन््। कुनै राम्रो कविता कसैको निम्ति प्रेरणा स्रोत बनिन्छ, त्यस्तै छन् ्यस पुस्तकका धेरै कविताहरू। अनुभवले गाँजिएका, मदानीमा टाँसिएका, एउटा युगै पचाएका प्रतिनिधि कविताहरू छन्् यस पुस्तकमा। बन्दूक लिएर युद्ध विजयीपछि फर्किएका कविताहरू पनि छन्् यहाँ। ब्रेख्तकै अर्को कविता हेरौं-

कति समय

टिक्छन् सिर्जनाहरू

त्यति समय

जबसम्म सिर्जना तयार हुँदैनन्

जबसम्म उपद्रव मच्चाउँदैनन्

सिर्जनाहरू समाप्त हुँदैनन्।

सिर्जनाका सन्दर्भमा कोरिएका यस्ता कविताहरूको कसको मन चोर्दैन होला। कुन प्रेमीले आफ्नी प्रेमिकाका लागि यस्ता हरफहरूको पैंचो नलेला।

आज त कवितामा कला आवश्यक छैन भन्नेहरू धेरै मात्रामा पाउन सकिन्छ। यथार्थमा कलाविहीन कविता कसैको निम्ति प्रेरणा बन्नसक्दैन। तर कलाको नाममा अति रञ्जनालाई स्वीकार्न सकिँदैन। अभिव्यक्तिको नाममा अश्लील र अनर्गल कुराहरूलाई जसरी मान्यता दिन सकिँदैन, त्यसरीनै त्यो कलाले कलाकारितालाई अँगाल्न सक्दैन भने त्यो कला मनुष्यको निम्ति नभएर केवल मुनाफाको तराजु बन्नसक्छ। विनय दुबेको बगदाद कवितालाई हेरौं-

जहाँ स्वर थियो

त्यहाँ सन्नाटा छ

जहाँ नदी थियो

त्यहाँ बालुवा छ

जहाँ पहाड़ थियो

त्यहाँ माछा थियो

त्यहाँ समुद्र छ

त्यहाँ मैदान थियो

त्यहाँ शहर छ

जहाँ मान्छे थिए

त्यहाँ गंगटा थिए

त्यहाँ अमेरिका छ

जहाँ सपना थिए

त्यहाँ अमेरिका छ।

यस कवितालाई जसले जसरी अर्थ लगाउँदा पनि हुन्छ। आ-आफ्नो स्तरमा परिभाषा अलग हुनसक्छ। माथि उद्धृत गरिएको कविता समग्र इराकको यथार्थ चित्रण हो। यसरी नै मोहम्मद दवेशको कविता हेरौं –

जब मेरा शब्दहरू गह्रुँ थिए

म पृथ्वीमा थिएँ।

जब मेरा शब्दहरू आक्रोश थिए

म तूफान थिए।

जब मेरा शब्दहरू चट्टान थिए

म नदी थिएँ।

जब मेरा शब्दहरू मह थिए

झिंगाहरू मेरो ओंठमा झुण्डिए।

कवितालाई अवतार सिंह पाशले जसरी जसले पचाउन सक्छ, त्यो पाठकभन्दा माथि उठिसकेको हुन्छ। कवितालाई साधनाको रूपमा स्वीकार्नेहरूलाई यो कविता संग्रह दिएर एक प्रकाशक, सम्पादक, बेपारीभन्दा माथि उठेका छन्् पुण्यजी। क्षमा कौलको एउटा सपना कविता हेरौं –

विधवाहरू सपना देख्छन्

सधवा भएको

परित्यक्तताहरू देख्छन्

सपना प्रेमिकाहरूको

के सपना देख्छन्

सधवा र प्रेमीहरू

यहाँ अर्का प्रसिद्ध कवि पाब्लो नेरूदाको कविता उल्लेखयोग्य लाग्नसक्छ-

………

………

हेर्दैछ फारिएका झण्डाहरूको अर्को जन्म

उ प्रत्येक दिन भियतनाममा पराजित भयो

क्यूबामा त्यसको आक्रोशलाई ठाड़ै खेदाइयो

अनि अहिले निभेको प्रकाश पुञ्ज तल्तिर

यो मूसो चिलीमा हड़बड़ाएको

यसलाई थाहा छैन साधारण ठानिएका चिलीवासीले

उसलाई सम्मानको पाठ पढ़ाउने छन््।

क्षमा कौलके निरिह नारीको आत्ममन्थन, पाब्लोको शक्ति सम्पन्न राष्ट्रहरुप्रति हुङ्कारपूर्ण कविताका पंक्तिहरूले कसको हृदयलाई स्पर्श गर्दैन होला र … यति गहनपूर्ण कविताहरू नेपाली भाषीहरूले पाए पनि बरबरा राव, अवतार सिंह पाश, धुमिल, मुक्तिबोध, नागार्जुन, गोरख पाण्डे, सुकान्त आदिका कविताहरूबाट वञ्चित हुनु नेपाली पाठकहरूका निम्ति मुनासिब थिएन सायद। यी कुराहरूलाई अनुवादक स्वयंले पनि स्वीकारेका छन् अनुवादकको कलम पृष्ठमा। अझ मलाई के लागेको छ भने हिन्दी भाषाकै वरिष्ठ कवि कालिकाप्रसाद सिंहका उन्हीं में पहंचाना जाउंगा पुस्तकबाट एकाध कविताहरूले यस पुस्तकमा प्रवेश पाउनुपर्ने थियो सायद। भविष्यमा यी माथि उठान गरिएका कविहरूका कविताहरू पनि आउनेछन््, यिनै अनुवादकबाट आशा साँचौं।

दैनिकहरूमा हिजोआज कतिपय बाध्यताहरू आइपर्न थालेका छन्। यस्तै बाध्यताहरूमा घेरिएर मनले चाहेका, गर्नैपर्ने कतिपय कुराहरू समयाभावका कारण हुनसक्दैनन्। समयलाई पचाउनको निम्ति, समयको गुञ्जनलाई आत्मंसात गर्दै पुण्यप्रसाद शर्माले समयलाई तइनमा ल्याएर एउटा सुन्दर कृति हाम्रो हातमा थमाइदिएका छन््। यस पुसतकलाई अझ दह्रिलो ठेको दिनमा सहयोग पुर्याउने मन्तव्य पृष्ठमा साहित्य अकादमी प्रापक भीम दाहालज्यूको भनाई यस्तो रहेको छ – कुनै फूललाई राम्रो भन्नुभन्दा पूरै फूल नै प्रस्तुत गरिदिनु। यो पुस्तकको मर्यादा र अोजन सम्बन्धमा भीम दाहालले गरेको समाप्ति घोषणा भन्दा अरू केही नभने पुग्छ।

अन्त्यमा भीम दाहालज्यूले भनेझैं साहिर लुधियानवी, फिराक गोरखपुरी छुटेजस्तै सायद अवतारसिंह पाश, गोरख पाण्डे (स्वर्ग से विदायी), कालिका प्रसाद सिंह, नागार्जुन प्रभृति कविका कविताहरू छोड़िए कि भन्ने अधिकार अलिकति सापटी लिनचाहेको छु।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *