Skip to content

http://dacharya.blogspot.com/

विशेषता (लघुकथा)

vishes Aaina
देशका एकजना प्रतिष्ठित वैज्ञानिकले एउटा बिशेष प्रकारको ऐनाको आविष्कार गरेको समाचारलले सवैतीर चर्चा पायो । सो ऐना, झ्वाट्ट साधारण ऐना जस्तै देखिए पनि मानिसरुले त्यसमा हेर्दा अनुहारको प्रतिबिम्बको साटो अरुनै भिन्न भिन्न कुराहरु देख्दथे।

यसरी अनुहार नदेखिने विशेष ऐनाको खास विशेषता भने पछि मात्रै खुलाउने वताएर ती वैज्ञानिकले आफ्नो आविष्कारको सार्वजनिक प्रदर्शनको आयोजन गरे ।

धेरै दर्शकहरुले प्रदर्शनीमा गएर त्यो विशेष ऐना हेरे, तर ऐनामा आ-आफ्नो अनुहारको साटो सवैले भिन्न भिन्न रंगको संयोजन र प्रकाश पुञ्ज अनी अकल्पनीय विम्बहरु मात्रै देखे ।

प्रदर्शनीको अन्तिम दिनमा एकजना चर्चित नेता ऐना अगाडि आएर उभिए, उनले त्यसमा यौटा कालो कालो धमिलो र अस्पष्ट चित्र देखे र भनेः “मलाई त यो आकृति मन परेन, यो त राम्रो छैन ।”

यहाँ यस्तै हुन्छ (सूत्रकथाहरु)

एक

एउटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए । बाहिर बाटोमा ५-७ जना अगुवाको पछाडी हजारौंका संख्यामा झण्डा बोकेका मानिसहरु यन्त्रबत् ‘जिन्दाबाद!’ र "मुर्दाबाद" को नारा लगाएर हिडदै गरेको देखीयो ।

खैरो चरित्र

संसारको कुनै कुनामा यौटा अनौठो गाँउ थियो । त्यस ठाँउका मानिसहरु शारीरीक रुपमा अन्य स्थानका भन्दा केहि फरक नदेखीए पनि यौटा अनौठो प्राकृतिक चिन्हका कारण उनिहरु अन्य स्थानका मानिसहरु भन्दा भिन्न थिए ।

त्यहाँ जन्मने हरेक व्यक्तिको निधारमा जन्मजात नै यौटा गोलो टिका जस्तै खत हुन्थ्यो र त्यो नै त्यहाँको बिशेषता थियो । असल चरित्रका व्यक्तिको निधारमा सेतो खत हुन्थ्यो भने खराब चरित्रको व्यक्तिहरुमा त्यो खत कालो हुन्थ्यो । यसरी प्रकृतिले नै असल र खराब व्यक्तिको पहिचान गर्राई दिएकोले खराब चरित्रका व्यक्तिहरु समाजमा खुल्ला निक्लेर गलत कार्य गर्न हच्कीन्थे भने असल चरित्रका व्यक्तिहरु आफ्नो सदगुणका कारण शान्त र स्वतन्त्र हिँड्थे ।

अहंकारको मन्दिर (लघुकथा)

त्यहाँ यौटा मन्दिर बन्दै थियो। गाँउमै धार्मिक र समाजसेवी भनेर चिनीएका एकजना भलादमीले आफ्नै निजि खर्चमा सो मन्दिरको निर्माण गर्न लागेकाले ति भलादमी निकै व्यस्त देखिन्थे र निर्माण स्थलमा बसेर सबैलाई छिटो छिटो काम गर्न हौस्याई रहन्थे ।

एक दिन यस्तै छिटो काम गर्ने हतारोमा यौटा डकर्मीले मन्दिरको सीढीं नै अलिकता बाङ्गो बनायो । डकर्मीले डराई डराई सो कुरा ति धार्मिक व्यक्तिलाई बतायो । “सीढीं अलिकता बाङ्गो भएर के भो र?, तल माथी गर्न मिले त भै गो नी … ” उसले निक्कै सरलताका साथ डकर्मीको गल्तिलाई पन्छायो ।

अर्को दिन कामको चटारोमा टुँडालमा कुदीएको बुट्टा नै बिग्रियो, तर सिकर्मीले माफी माग्नु अगाडी नै ति भलादमीले “… काम गर्दा गल्ति त भै हाल्छ नी, … यसलाई पछि सुधारौंला नी …” भनेर सिकर्मिको ढाडस बढाए ।

बिबाह (लघुकथा)

आमाले खोजेको पहिलो कन्या गृहकार्यमा निपुर्ण थीईन, अशीक्षित भनी बाबुले फर्काईदिए। दोस्री कन्या शिक्षित र सुशिल थिईन तर नराम्री भनी छोराले ईन्कार गरिदियो । त्यसपछिको केटी बाबुले खोजे, शिक्षित र शुन्दर पनि, तर घर-धन्दामा अदक्ष भनी आमाले मनीनन्।

चौथी कन्या लमीले मिलाए, जो प्रशस्त दाईजो ल्याउनेवाली थीईन। अचानक उनका सबै ‘खोट’ हरु ‘गुण’ मा परिवर्तन हुन थाले।

“नपढेर के भो’ त?, …… हामि बुहारिलाई जागिर खान पठाउने पनि हैनौं नी!” बाबुले बक्तव्य निकाले। “स्वास्नी धेरै राम्री भए सबैको आँखा लाग्छ …… ” छोराले तर्क तेर्स्यायो। “घर धन्दा गर्न त ‘कान्छा’ छँदै छ नी!” आमाले विचार बदलिन।

अघटित यथार्थ

यौटा लामो दूरीमा चल्ने बस सडकबाट निकै तल खोलामा खसेर दूर्घटनाग्रस्त भयो । बसका सबै यात्रीहरुको मृत्यु भएको खबर फैलियो । टिकट काट्नेहरुको नाम जाँचेर हेर्दा देशका एकजना लगनशील लेखक पनि त्यो दूर्घटनामा परेको खबर खुल्यो ।

तुरुन्तै सबैतिर सोकसभाहरु आयोजना भए । पत्र-पत्रिकामा उनका बारेमा प्रशंसाले भरिएका लेखहरु छापिए । उनले गर्दै रहेको साहित्य सेवाको सबैतिरबाट प्रशंसा गरियो र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको घोषणा गरियो ।

काग! काग! –- शुभ बोल! शुभ बोल!

‘तोकीएको मितिमा चुनाव नगरे दूर्घटना हुने’, ‘हाम्रो माग पुरा नगरे दूर्घटना हुने’, ‘राजा राखे दूर्घटना हुने’, ‘राजा नफाले दूर्घटना हुने’ यि सबै हाम्रा महान नेताहरुको मुखारविन्दवाट निक्लने भविश्यवाणिहरु हुन । नीति, राजनैतिक सोच वा वैचारिक मतभेद रहे पनि यौटा कुरामा भने हाम्रा सबै दलका नेताहरुको समानता छ। त्यो हो: समय समयमा यस्तै प्रकारका दूर्घटना- मूलक- भविश्यवाणी गर्ने ।

बोलीदिए पुग्ने, जिम्मेबारि लिनु नपर्ने सुबिधा भएको र खाली हल्लामै रमाउने परिपाटि बसेकोले एक पटक त कुरा यत्ति सम्म पुग्यो की एक्कै पटक पूर्ण विपरित र अति भिन्न भविश्यवाणी पनि आए । यो कुनै मनगढन्ते कुरा होईन। संबिधान सभा चुनाव अगाडिका हाम्रा विभिन्न दलका नेताका उदघोषहरु हुन,

भेजिटेरीएन माछाको कथा

कुरा करिव ७-८ बर्ष अगाडीको हो, त्यतिबेला यौटा प्रोजेक्टको सिलसिलामा म्याग्दिको कुनै यौटा गाँउमा थिएँ।

सानो ठाँउ, सिमित व्यक्तिहरुसंग मात्रै सम्पर्क भएपनि आफ्नै सर्कलका साथिभाई भएकाले रमाईलै थियो । एकदिन शनिवार कुरै कुरामा एकजना साथिले माछा खाने कुरा उठाए । सानो ठाँउ भएकोले दाल, चामल त नजिकै र भनेकै बेलामा पाईदैन थियो, माछा कता बाट ल्याउने?। तर एकजना स्थानीय साथिले एक घण्टाको बाटो हिडेंमा यौटा खोलामा पुगिने र त्यहा सजिलै माछा मार्न सकिने जानकारी दिए ।

तुरुन्तै ५-७ जना अरु साथिहरुको पनि समर्थन मिली हाल्यो र बिहानको करिव ११ बजे तिर माछा मारेर ल्याउने र राति ‘माछा पार्टी’ गर्ने योजना सर्बसम्मतिमा पारित भयो ।

ठेक्काको काम

त्यतिबेला उ जवान थियो, हट्टा कट्टा जिउडाल र गठीलो शरिर , त्यो भन्दा पनि उसको आस्थाका कारण उ सबैतिर परीचित थियो ।

राजाको जन्मदिन, भ्रमण र अन्य समारोहहरुमा उ आफ्ना साँच्चै विशाल जत्थाहरु सहित सवारि-स्थलहरुमा पुगेको हुन्थ्यो । अनी सवारी-क्रममा गगन भेदी नारा लगाँउथ्यो :-“हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ!”, “हाम्रो भाषा हाम्रो भेष प्राण भन्दा प्यारो छ!” उसको पछाडी लागेका विसाल भीड र उस्को जोस देखेर सबै भन्थे ” यो चानचुने मान्छे होईन ‘भित्र’ सम्म पहुँछ छ यसको!”

हाई-टेक ठट्टा

विज्ञान र प्रविधिले निक्कै उन्नति गरिसकेको छ र त्यसको प्रभाव र प्रतक्ष असर हामी नेपालीहरको दैनिक जिवनमा पनि देखा परिसकेको छ । आज त्यस्तै उन्नति र प्रगतिले ल्याएका र ल्याउने केहि सम्भावित ठट्टा गरौं।

एक:
ईमेल र ईण्टरनेटको व्यापक प्रयोग अनि च्याटिङको कमाल कुनै दिन नेपाली जन जिवनमा यसरी देखीने छ:

मन्त्री ‘खाने’ नेता र मन्त्रालय बाँडफाँड।

शाहि शासनकालमा एकजना खुक्खार कांग्रेसी भनेर चिनिएका अनि बि. पि. कोईरालाकै परिबारका सदश्य समेत रेहेका व्यक्ति सरकारमा सामेल भएका थिए । सोहि बिषयमा कुराकानि हुंदा मेरो क्षेत्रका एकजना नेताले भनेका थिए “मन्त्री खान पाए कसले छाड्छ?”

समय र परिस्थिति केहि परिवर्तन भए पनि मलाई लाग्छ हाम्रा नेताहरुको सोच र मानसिकतामा अझै कुनै फरक आएको छैन । हाम्रा नेताहरुको नजरमा मन्त्री भनेको अहिले पनि कुनै यौटा पदिय दाईत्व भएको र कार्यभार बहन गरि जिम्मेबारि लिनु पर्ने ओहदा होईन ‘खाने’ कुरा हो ।