Skip to content

त्यतिबेला उ जवान थियो, हट्टा कट्टा जिउडाल र गठीलो शरिर , त्यो भन्दा पनि उसको आस्थाका कारण उ सबैतिर परीचित थियो ।

राजाको जन्मदिन, भ्रमण र अन्य समारोहहरुमा उ आफ्ना साँच्चै विशाल जत्थाहरु सहित सवारि-स्थलहरुमा पुगेको हुन्थ्यो । अनी सवारी-क्रममा गगन भेदी नारा लगाँउथ्यो :-“हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ!”, “हाम्रो भाषा हाम्रो भेष प्राण भन्दा प्यारो छ!” उसको पछाडी लागेका विसाल भीड र उस्को जोस देखेर सबै भन्थे ” यो चानचुने मान्छे होईन ‘भित्र’ सम्म पहुँछ छ यसको!”

सम्मसमयले विस्तारै कोल्टे फेर्दै जाँदा बिचमा उसले “प्राण भन्दा प्यारो” को सट्टा “प्रजातन्त्र जिन्दावाद!” को नारा लगाउन थालेको थियो। नारा फरक भए पनि उस्को पछाडी ‘जिन्दावाद!’ को ताल दिंदै हिडनेको संख्यामा केहि कमी आएको थीएन। ऊ आन्दोलनमा पुरै होमीएको थियो र त्यती बेला सबैजना उसलाई ‘यो प्रजातान्त्रिक विचारधाराको मानिस हो! फलानो दलको ‘माथि’ सम्म वोलवाला छ’ भन्ने गर्थे ।

समयले अझै कोल्टे फेर्‍यो, आजकल ऊ “सामन्ति शासन चाहिदैन”,”गणतन्त्र जिन्दावाद!”भन्ने नाराका साथ पहिलेको भन्दा ठुलो भिडका साथ सडकमा देखिन्छ। आजकल पर्यव्यक्षक र पत्रकारहरु उसलाई “खाँटी गणतन्त्रवादी” भन्छन् अनि बजारमा ‘हाई कमाण्ड’ सम्म उसको पकड दर्‍हो रहेको हल्ला छ।

वास्तबमा ऊ न पञ्यातको मान्छे हो, न राजाबादी, न कांग्रेस, न कम्यूनिष्ट । तर कुरा के भने उ संग हुल जम्मा गर्ने खुबी र भिड परीचालन गर्ने क्षमता छ अनी त्यो नै उस्को पेशा हो। कहि कतै कुनै दल वा गुटलाई शक्ती प्रदर्शन गर्नु पर्‍यो भने उसले त्यो कामको जिम्मा लिन्छ जती जना मान्छेको भुक्तानी पाउँछ त्यत्ती नै मानिसको जुलुस ठेक्कामा परीचालन गरिदिन्छ ।

http://dacharya.blogspot.com/2008/02/blog-post_20.html

1 thought on “ठेक्काको काम”

  1. यस्ता मानिस नेपालमा कति कति!
    यस्ता मानिस नेपालमा कति कति! एकदम वास्तविक!

Leave a Reply

Your email address will not be published. Required fields are marked *