शाहि शासनकालमा एकजना खुक्खार कांग्रेसी भनेर चिनिएका अनि बि. पि. कोईरालाकै परिबारका सदश्य समेत रेहेका व्यक्ति सरकारमा सामेल भएका थिए । सोहि बिषयमा कुराकानि हुंदा मेरो क्षेत्रका एकजना नेताले भनेका थिए “मन्त्री खान पाए कसले छाड्छ?”
समय र परिस्थिति केहि परिवर्तन भए पनि मलाई लाग्छ हाम्रा नेताहरुको सोच र मानसिकतामा अझै कुनै फरक आएको छैन । हाम्रा नेताहरुको नजरमा मन्त्री भनेको अहिले पनि कुनै यौटा पदिय दाईत्व भएको र कार्यभार बहन गरि जिम्मेबारि लिनु पर्ने ओहदा होईन ‘खाने’ कुरा हो ।
त्यसैले त करिव एक हप्ता देखी दैनिक, साप्ताहिक र अनलाईन खबरमा यो मन्त्रालय बाँड-फाँडको बिषय ‘हट केक’ बनेको छ। पत्र पत्रीकाहरुमा कहिले मन्त्रालय बाँड्न बैठक, त कहिले मन्त्रालय बाँडफाँटमा छलफल हुँदै, कुनै पत्रिकामा मन्त्रालय बाँडफाँट मिलेन त कुनै खबरमा … मन्त्रालय नपाए … दल बाहिरिने आदि समाचारहरु आईरहेका छन। अझ धम्कि र घुर्किले भरिएका फलानो दलले फलानो मन्त्रालय नपाए सरकारमा नजाने र फलानो दललाई फलानो मन्त्रालय नदिए बाँडफाँड भाडँने जस्ता खबरहरु पनि पढन र सुन्नमा आएको छ
यि खबरहरु पढदा र सुन्दा यस्तो लाग्छ, मानौं नेपालका मन्त्रालयहरु कसैको सम्पति थियो र अब यसको बास्तबिक हकवाला वा अपुताली खानेहरु स्वयं उपस्थित भएका कारण यसको अंशबण्डा हुदैंछ । अनि अंशबण्डामा हुने नियमित खिचलो र मनमुटाब यहाँ पनि प्रदर्शन भैरहेको छ ।
गाईजात्राको लगत्तै अघि-पछि गरेर यि खवरहरु पत्रीकामा आएकोले म धेरै पटक झुक्कीएँ पनि, कतै यो मन्त्रालाय बाँडने कुरा व्यङ्य त हैन भनेर। तर होईन रहेछ यो प्रकिया आज सम्म चलिरहेको छ। बास्तबमा मन्त्रालयको कार्यभार वा संचालनको जिम्मा कस-कसले लिने भन्ने छलफल हुनु पर्ने हो । तर त्यस्तो होईन, हामिकहा अहिले सम्म अंशबण्डा कै शैलिमा छलफल भै रहेको छ: याने कार्यभार वा पदिय दाईत्व होईन ‘मन्त्रालय बाँड-फाँड’ ।
यो केवल शाब्दिक संयोग मात्रै होईन, यो पदिय कार्यभार लिने र दिने सबै दलहरुको यो ओहोदा प्रति झल्किएको आचरण र यो पदको कार्यभार वा जिम्मेबारिपनको बोध भन्दा पनि सुबीधा, शक्ति र ‘भोग’ गर्ने प्रबृतिले गर्दा पनि हामिकहा आजसम्म पनि यो ‘बाँड-फाँड’ को कुरा मिलेको छैन । यो सबै मन्त्रि खाने सोचले उब्जिएको कचीगंल हो ।
जहिलेसम्म यो ओहदालाई यौटा संबेदनशिल र जिम्मेबारिको पद हो भन्ने बुझिदैन त्यतिबेलासम्म यो अंशबणडाको खेल र कचीगंल चलिरहने छ। म चाहन्छु हाम्रा नेताहरुलाई मन्त्री भनेको ‘खाने’ चिज होईन मन्त्रालय वा सिगैं देश चलाउने कार्यभार हो भन्ने कर्तव्य बोध होओस त्यसपछि मात्रै यौटा स्थाई र बलियो सरकारको गठन सम्भव हुनेछ । होईन भने अहिलेको लागि जे जस्तो सहमति, सम्झौता वा समन्वयको आधारमा ‘अंशबण्डा’ गरे पनि यसको किचलो र ‘भाग’ कम हुनेको असन्तोष भने सकिने छैन्। अनि मन्त्रिको पदलाई खाने कुरा र मन्त्रालयलाई खाना बनाउने ठुलो खडकलो देख्ने मानसकिताका नेताहरु बिच अंश कम पाएकाले ‘बढी’ लिनेका बिरुद्ध फेरि–फेरि पूनर्वणडाका लागी नालिस, थप-घटकोलागि फिराद वा दबाब, घुर्की र धम्कि जारि रहनेछ । अनि बारम्बार यसको नया बण्डा, पूनर्वण्डा वा थपघट पनि नगरि सुखै हुनेछैन।
http://dacharya.blogspot.com/2008/08/blog-post_19.html

laudaprasad ra amale le harek
laudaprasad ra amale le harek kurama mantri khojnu bhane ko feri desh ma bharshta char garnu lai ho tesai le aaba sabai mantri maobadilai diyara jantale hernu 6a , janta ho purana netaka ghin lagda bhasan nasunnna ma anurodh garda6u aaba nepal lai banaunu par6a tesaile partylai pani chinne kosish garnu hosh,
अति नै समय सापेक्ष लेख
अति नै समय सापेक्ष लेख लेख्नुभयो दिलीपजी !
अलिकति लजिक लगाउने हो भने, जो कोहीले पनि बुझ्नसक्ने कुरा हो केरे;
हामी नेपालीहरु साना साना कुरामा हड़ताल र आन्दोलन गर्छों तर ख़ास बिरोध गर्नुपर्ने प्रबिति चाहि रमिता हेरेर बस्छौं!!
samya sanpkshek bidama ,hami
samya sanpkshek bidama ,hami nepaliharu dherai pachhdi ranchhyoun so , hamile kura bujhera nabujhera chahindo kurama haat bandhera baschhyou so ,aba aauda dinharuma aysari basyoun bhane hamro yathartha kasle bujdinchha?