विज्ञान र प्रविधिले निक्कै उन्नति गरिसकेको छ र त्यसको प्रभाव र प्रतक्ष असर हामी नेपालीहरको दैनिक जिवनमा पनि देखा परिसकेको छ । आज त्यस्तै उन्नति र प्रगतिले ल्याएका र ल्याउने केहि सम्भावित ठट्टा गरौं।
एक:
ईमेल र ईण्टरनेटको व्यापक प्रयोग अनि च्याटिङको कमाल कुनै दिन नेपाली जन जिवनमा यसरी देखीने छ:
(बाबु- छोरा कुनै मेसेन्जर प्रयोग गरेर च्याट गर्दैछन् । )
बाबु: हेलो छोरा! के गर्दै छौ?
छोरा: पढ्दै छु ड्याड!
बाबु: पढ्दै की कम्प्युटर चलाउँदैं ?
छोरा: कम्प्युटर चलाएर पढ्दै छु ।
बाबु: अनी अरु सब ठीक छ?
छोरा: सब ठिक छ ड्याड ।
बाबु: कुनै जरुरी र छाडनै नमिल्ने काम त छैन नि अहिले?
छोरा: छैन ड्याड।
बाबु: त्यसो भए तुरुन्तै तल आउ त ! तिम्री आमाले खाना पस्केर तिमिलाई कुर्दै छिन ।
दुई:
चिकित्सा विज्ञानको चरम विकास र विशेषज्ञ हरुको ‘विशिष्टीकरण’ झन झन पृथक हुंदै जादां यस्तो पनि हुनसक्छ:
(एकजना बिरामी अस्पतालमा आफ्नो रोगको निवारणको लागी डक्टर चुन्दै)
विरामी: सुन्नुस न मलाई एकचोटी डक्टर देखाउनु थियो।
अस्पताल कर्मचारी: के को डाक्टर?
विरामी: आँखा जचाउनु छ।
अस्पताल कर्मचारी: विशेषज्ञलाई जचाउनुस न त!
विरामी: हुन्छ नि त, नाम लेखाईदिनुस न!
अस्पताल कर्मचारी: कुन डाक्टर?
विरामी: आँखाको डाक्टर!
अस्पताल कर्मचारी: त्यहि त कुन डाक्टर?
विरामि: विशेषज्ञ डाक्टर बाबु !
अस्पताल कर्मचारी: कुन विशेषज्ञ डाक्टर भन्या?
विरामी: आँखा विशेषज्ञ नि बाबु !
अस्पताल कर्मचारी: कस्तो कुरा नबुझ्या? दाँया आँखा कि वाया आँखा?
तीन:
यो चाँहि अहिले नै पनि प्रयोगमा आउन सक्छ । प्रसंग फेरि ईण्टरनेटकै: व्यस्त जिवनशैली र कार्यव्यस्तताले गर्दा आजकल परिवार र साथिहरुलाई ‘साक्षात’ भेट गर्न पनि चाड-वाड वा कुनै भोज भतेर नै कुर्नु पर्छ । साधारणतया, परिवार शदस्य र साथिभाईलाई ‘अनलाईन’ भेट्दा हामि भन्छौं (लेख्छौं) “नाईस टु मिट यु अनलाईन!”, “Nice to c u in cyberspace!” , आदि आदी।
त्यसोभए अब कुनै दिन कोहि मानिस संग अचानक ‘प्रतक्ष’ भेट भएमा के भनेर अभिवादन गर्ने त? : -“ Nice to meet you offline !”
http://dacharya.blogspot.com/2008/08/blog-post_26.html
