Skip to content


vishes Aaina
देशका एकजना प्रतिष्ठित वैज्ञानिकले एउटा बिशेष प्रकारको ऐनाको आविष्कार गरेको समाचारलले सवैतीर चर्चा पायो । सो ऐना, झ्वाट्ट साधारण ऐना जस्तै देखिए पनि मानिसरुले त्यसमा हेर्दा अनुहारको प्रतिबिम्बको साटो अरुनै भिन्न भिन्न कुराहरु देख्दथे।

यसरी अनुहार नदेखिने विशेष ऐनाको खास विशेषता भने पछि मात्रै खुलाउने वताएर ती वैज्ञानिकले आफ्नो आविष्कारको सार्वजनिक प्रदर्शनको आयोजन गरे ।

धेरै दर्शकहरुले प्रदर्शनीमा गएर त्यो विशेष ऐना हेरे, तर ऐनामा आ-आफ्नो अनुहारको साटो सवैले भिन्न भिन्न रंगको संयोजन र प्रकाश पुञ्ज अनी अकल्पनीय विम्बहरु मात्रै देखे ।

प्रदर्शनीको अन्तिम दिनमा एकजना चर्चित नेता ऐना अगाडि आएर उभिए, उनले त्यसमा यौटा कालो कालो धमिलो र अस्पष्ट चित्र देखे र भनेः “मलाई त यो आकृति मन परेन, यो त राम्रो छैन ।”

एकजना सानो बालक पनि त्यहा आईपुगेको थियो । ऐनाको अगाडि पुग्ने बित्तिकै उ खुसीले उफ्रीयो। आफूले त्यसमा चमकिलो सफा र सेतो प्रकाशपुञ्ज देखेको बताउँदै उसले भन्यो “यो ऐना त साह्रै राम्रो रहेछ”।

अर्का एकजना बाटोमा हिडदै गरेको सन्तलाई पनि वैज्ञानिकले आग्रह पूर्वक ऐना अगाडि उभ्याए । उनले एकैछिन त्यहाँ दृष्टिगोचर गरे र सामान्य रुपमा आफूले त्यसमा केहि पनि नदेखेको वताए “यो त पानी जस्तो रगंहिन र हावा जस्तो निर्विकार छ ।”

एउटै कुराको बारेमा तीन थरी अती विपरीत र पूर्ण भिन्न बक्तव्य आएपछि उपस्थित पत्रकारहरुले वैज्ञानिकलाई सो ऐनाको विशेषता बताइदिन भने । वैज्ञानिक एकैछिन मौन रहे, अनी लामो सास फेरेर बोल्न शुरु गरे: “… यो पनि अरु ऐना जस्तै प्रतिबिम्ब बनाउने ऐना नै हो, …तर फरक यत्ती छ की यसले शारीरीक बिम्ब हैन, मानसिक सोच, चित्त दशा र चरित्रलाई प्रतिबिम्बित गर्छ।”

: दिलीप आचार्य
http://dacharya.blogspot.com

2 thoughts on “विशेषता (लघुकथा)”

  1. दीलिपजी
    निकै समयपछि देखा

    दीलिपजी

    निकै समयपछि देखा पर्नुभयो, र फेरि पनि सटिक लघुकथाका साथ आउनुभयो। सन्देश उही भए पनि प्रस्तुत गर्ने तरिका चाहिं तपाईंको साह्रै पृथक हुन्छ। सायद त्यो नै तपाईंको विशेषता हो।

  2. मझेरी डट कममा आएको ऐना बारेको
    मझेरी डट कममा आएको ऐना बारेको दिलिपजी को लघुकथा राम्रो लाग्यो काष हामीसंग त्यो ऐना भएको भए हाम्रो संबिधानसभा भवनमा राख्न कति उपयुक्त हुन्थ्यो होला कि कसो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *