Skip to content


तिम्रो प्रगति पथमा
तिम्रो लक्ष्यको मार्गमा
म बाधाको रूपमा खडा हुन चाहान्न
तिमी अठोट लिएर अघि बढ
तिम्रो उत्तरोत्तर प्रगतिको लागि
मेरो हार्दिक शुभकामना
वेदनाको तगारो खोलेर
इच्छालाई उत्साही पार्दै
आकाङ्क्षालाई अघि बढाउँदै
आँट र हिम्मत लिएर
लक्ष्यको बाटोमा अघि बढ
तिमीले सही गन्तव्य भेट्टाउने छयौ
क्षणिक सोचाईंलाई त्यागेर
बृहत्तर सोचाइ लिएर अघि बढ
जीवनको गोरेटोमा आई परेको
सामान्य त्रुटिलाई पन्छाउँदै
अगम्य साहस बोकेर जाउ
अवश्य तिमी सफल हुने छ्यौ ।

भरतपुर-७, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *