Skip to content

मधुपर्क २०६७ जेठ

निबन्धमा शङ्कर लामिछानेको विम्ब

  • by

शङ्कर लामिछाने (वि.सं. १९८४-२०३२) आधुनिक नेपाली निबन्धक्षेत्रमा लक्ष्मीप्रसाद देवकोटापछिका माइलस्टोन हुन् । उनका निबन्धले लेखकीय चेतना र चिन्तनको विविधता एवम् व्यापकतालाई प्रभावकारी विम्बका माध्यमबाट प्रस्तुत गरेका छन् । उनको प्रथम रचना २००३ सालको साहित्यस्रोत पत्रिकामा प्रकाशित ‘हाम्रो समाजमा नारीको मूल्य’ शीर्षकको प्रबन्ध हो ।

नेपाली निबन्धमा आत्मपरकताको सन्दर्भ

  • by

सिर्जनात्मक अभिव्यक्ति हृदय र मस्तिष्कसँग जोडिएको हुन्छ । हृदयसँग जोडिएको अभिव्यक्ति आत्मपरक वा व्यक्तिनिष्ठ (SubjectÈve) हो । मस्तिष्क या बुद्धिपक्षसँग जोडिएको अभिव्यक्ति परात्मक वा वस्तुनिष्ठ (ObjectÈve) हो । व्यक्तिगत अनुभूतिको प्रत्यक्षीकरणमा आत्मपरकता वा व्यक्तिनिष्ठता (SubjectÈvÈty) हुन्छ भने वस्तुगत तटस्थीकरणमा वस्तुनिष्ठता या वस्तुपरकता आउँछ । साहित्यिक अभिव्यक्ति यी दुवै पक्षसँग सम्बन्धित हुन्छ ।

नेपाली आत्मपरक निबन्धको विश्लेषण

  • by

निबन्ध साहित्यको कान्छो विधा हो । गद्यशैलीमा आधारित यस विधाको आगमनसँगै साहित्यस्रष्टाहरू आफ्नो लेखनको उद्दे्श्य, शैली र औचित्यबारे खुलस्त हुन थालेका हुन् । यथार्थमा निबन्ध लेखन लेखकीय कसीका रूपमा परिचित छ ।

नेपालभाषाका निबन्ध र केही निबन्धकार

  • by

लिच्छविकालीन नेपालका २०० वटा जति शिलापत्रमा भेटिने २४८ वटाजति असंस्कृत शब्दहरू नेपालभाषामा अद्यापि प्रयुक्त र व्यवहृत भएका पाइनाले त्यतिखेर नेपालभाषा प्रचलित भइरहेकोको सङ्केत मिल्छ । धेरै वर्षको अन्तरालपछि ने.सं. २३५ वि.सं. ११७२ ओकुबहाल पाटनको एक ताडपत्राभिलेखमा तद् विहारको गुठी सम्बन्धि नियम नेपालभाषा गद्यमा लेखिएको पत्तालागेको छ ।

सम्झनाः निबन्धसङ्ग्रहमा पहिलो

  • by

नेपाली साहित्यमा निबन्ध/प्रबन्धको सुरुवात भैरव अर्यालले भनेझै भएको देखिन्छ । उनका अनुसार नेपाली निबन्धको इतिहास पनि नेपाली पत्रपत्रिकाको इतिहाससँगै जोरिएर सुरु भएको छ । निबन्ध वा प्रबन्धको नाम नलिएर पनि गोरखापत्रका प्रारम्भिक वर्षहरूमा र सुन्दरी एवं माधवीमा गद्यमा चाखलाग्दा टुक्राहरू प्रशस्त पाइन्छन्, वा पूरै अंशमा निबन्ध भन्न सकिने गद्यांश चन्द्रिकामा शम्भुप्रसाद ढुङ्गेलले नै लेख्नुभएको देखिन्छ र नेपाली साहित्यमा निबन्ध एक सिंहावलोकन, साझा निबन्ध, २०३० ।

निबन्धका प्रकारः सैद्धान्तिक स्वरूपमा

निबन्ध शब्द अङ्ग्रेजी Essay शब्दको नेपाली रूपान्तर हो । संस्कृतको ‘बन्ध’ धातु धञ् प्रत्यय लागेर ‘बन्ध’ शब्दको व्युत्पादन हुन्छ र त्यही ‘बन्ध’ शब्दमा संस्कृतकै ‘नि’ उपसर्ग लागेपछि ‘निबन्ध’ शब्दको व्युत्पादन हुन्छ । निबन्ध तत्सम शब्द हो र यसले बाँध्नु भन्ने अर्थ दिन्छ । अङ्ग्रेजी Essay शब्दले पनि छरिएर रहेका भावहरूलाई एकै ठाउँमा बाँध्नु भन्ने अर्थ दिन्छ । साहित्यका सन्दर्भमा यो अर्थ साभिप्राय पनि देखिन्छ ।