शिव रेग्मी
सम्झनाः निबन्धसङ्ग्रहमा पहिलो
नेपाली साहित्यमा निबन्ध/प्रबन्धको सुरुवात भैरव अर्यालले भनेझै भएको देखिन्छ । उनका अनुसार नेपाली निबन्धको इतिहास पनि नेपाली पत्रपत्रिकाको इतिहाससँगै जोरिएर सुरु भएको छ । निबन्ध वा प्रबन्धको नाम नलिएर पनि गोरखापत्रका प्रारम्भिक वर्षहरूमा र सुन्दरी एवं माधवीमा गद्यमा चाखलाग्दा टुक्राहरू प्रशस्त पाइन्छन्, वा पूरै अंशमा निबन्ध भन्न सकिने गद्यांश चन्द्रिकामा शम्भुप्रसाद ढुङ्गेलले नै लेख्नुभएको देखिन्छ र नेपाली साहित्यमा निबन्ध एक सिंहावलोकन, साझा निबन्ध, २०३० ।
आभाको छोटो आयु र साहित्यिक योगदान
२०२६-०२७ सालतिर काठमाडौँबाट निकै नै साहित्यिक पत्रपत्रिकाहरू विनादर्ता समसामयिक सङ्कलनका रूपमा प्रकाशित हुने गर्थे । त्यतिखेर पत्रपत्रिका दर्ता प्रक्रिया कठिन भएर पनि यस्तो प्रवृत्ति भएको हो । अर्को कारण समसामयिक पत्रिकाहरू विज्ञापनको अवसर छोप्न पनि बढी लालायित देखिन्थे । अक्सर यसको बाढी चाडपर्वमा देखिने गरिन्थ्यो । केही सामयिक सङ्कलकहरू स्तरीयरूपका भए पनि अधिकांशचाहिँ विज्ञापनरूपी हुने भएकाले स्तरीयताको नामोनिसान हुने थिएन । यिनै कारणले गर्दा तत्कालीन सरकारले समसामयिक पत्रपत्रिकामाथि रोक लगायो । त्यतिखेर प्रकाशित स्तरीय र गहकिला पत्रपत्रिकाहरूका सम्बन्धमा केही चर्चा गर्नु आवश्यक देखिन्छ । यसक्रममा ‘आभा’ मासिक पत्रिकाबाट चर्चा गर्ने उद्देश्य लिएको छु ।
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
२९ भदौ सोमबार २०१६ को त्यो साँझ महाकवि देवकोटाको निधनको खबर सुन्दा आफूले प्रत्यक्ष नदेखेको भए पनि ‘भिखारी’, ‘सुनको बिहान’ तथा अन्यत्रसमेत कलाकार केशव दुवाडीले कोरेका चित्रहरूमा देखेका महाकवि देवकोटाको अनुहारको सम्झनामा रुमल्लिरहेँ ! ‘मुनामदन’, ‘सुनको बिहान’ ‘भिखारी’ का कविताहरू तथा नेपाली पद्यसङ्ग्रह भाग- १ का पाठ्यक्रममा घोकेका श्लोकहरू मुखाग्र आइरहे ! राष्ट्रिय शोकका रूपमा राजा त्रिभुवनको शोक अनुभव गरेको यो लेखकले दोस्रो शोकको रूपमा महाकवि देवकोटाको मृत्युशोक थियो ।
नेपाली छात्र परिषद्को ‘उकालो’
पत्रपत्रिकाको इतिहासमा विदेशबाट प्रकाशित पहिलो पत्रिकाको रूपमा युवककवि मोतीराम भट्टको सक्रियतामा वि. सं. १९४२-१९४८ सम्मको बीचको अवधिमा प्रकाशनमा आएको ‘गोर्खा भारत जीवन’ पत्रिकाको अस्तित्व फेला नपरे पनि प्रकाशनमा आएको थियो भन्ने कुराको सन्दर्भ विद्वान्हरूले उल्लेख गरेका छन् । प्रामाणिक रूपमा भन्नुपर्दा भने नेपालभित्रबाट प्रकाशित पहिलो पत्रिका ‘सुधा सागर’ -साउन, १९५५)लाई मानिन्छ । यस हिसाबले भन्नुपर्दा नेपालमा पत्रकारिताको इतिहास सुरु भएको एक सय दस वर्ष पूरा हुन आँट्यो । त्यसमा पनि पत्रकारिताको थालनी साहित्यिक पत्रिकाबाट भएको छ । नेपालको लागि यो गौरवको विषय बनेको छ ।
