Skip to content

मधुपर्क २०६७ जेठ

मति

  • by

शब्दकोशमा ‘मति’ भनेको के रहेछ भनेर मन लगाएँ । यसको शब्दार्थ भनुँ वा भावार्थ रहेछ- बुद्धि, समझ, सम्पत्ति, ज्ञान, राय, मत, इच्छा आदि । एउटै शब्दको बृहत् माने लाग्दोरहेछ । दङ्ग परेँ । अब कस्तो भावार्थ बोकुँ र ज्ञान खुलासा गरुँ । मनमनमा रातभर कुरो खेल्यो र निष्कर्षमा पुग्न सोचे जस्तो त्यति सजिलो भएन । रात छर्लङ्ग बित्यो तर मनले केही ठम्याउन सकेन र एउटा ताप जागेर मनले विहृवल गर्‍यो ।

दस हजार माइलको यात्रा

  • by

करोड किलोमिटरको यात्रा दस इञ्च छोटो सानो पैतलाबाट सुरु गर्नुछ । यो पैतालाको पनि केवल एकएक कदमबाट अन्तिम गन्तव्य टेक्नु छ । हिँड्नु छ धेरै लामो यात्रा तर हामी प्रस्थान बिन्दुमा नै अल्मलिरहेका छौँ । चढ्नु छ निकै अग्लाअग्ला शिखरहरू तर हामी फेदीमा नै मस्मिन्द घुरिरहेका छौँ । हामी आफ्ना छोटा टाङले हजारहजार कि.मी. एकैचोटि फड्को हान्ने कल्पना साँचेर वर्तमानको यात्रा बिसाउँछौँ ।

जातको साल र जातीयताको नाल !

  • by

आफ्नो पसिना र विवेकले जीवनको गतिलाई समुज्ज्वल बनाउनुको साटो कथुरे तर्क र लिँडे तुजुकको बलमा जातीय उत्पीडनका कुराहरू, जातीय शोषणका कुराहरू, जातीय दमनका कुराहरू, जातीय विभेदका कुराहरू दावाग्नि बनेर यति अमानुष र बर्बर किसिमले मान्छेका मनहरू भत्काउँदै, रहरहरू निचोर्दै, इच्छाहरू पखाल्दै अर्काको पसिना निर्लज्ज पिउन दिनदहाडै रक्त पिपासु बनेर हिँड्न सक्छ भन्ने कुरा जीवनमा मात्र हैन सपनामा पनि सोचिएको थिएन ।

लालाबाला

  • by

पस्दा सङ्गनि फर्कंदा सन्तति !

हो, यो साँचो तस्बिर । क्यान्टोन्मेनबाट फर्किरहेका लडाकु युवतीका काखकाखमा छन् कलिला शिशु । उदास, अन्योल र नाप्न नसकिने भविष्यको शृङ्खला देखिरहेँछु म । बल्दो रगत गालामा उमालेर शिविर भित्रिएथे ती ।

देवकोटासँग एउटा साँझको कायान्तरण

  • by

अनायास जन्मिने मान्छे, अनायास हुर्किने मान्छे, अनायास जीवनको यात्रा गर्ने मान्छे यात्रामा अनायासै यो विशृङ्खलित जीवनको साँझ एउटा विशिष्ट लेखकीय साँझमा कायान्तरण भएको छ । दिनमा हृदयङ्कित चित्रमाधुरीसँगै धमिलिँदो साँझमा आफ्ना अनुभूतिहरूको विश्लेषण र अध्ययन गर्ने श्रद्धेय स्रष्टा देवकोटा पहाडी झरनाको सङ्गीतमा मन्मय छन्, यसैले कि उनी अँध्यारो संसारमा पवित्र हृदयगिरिबाट झरेका हजार सुन्दर झरनाको उज्यालो शक्ति र सङ्गीत कल्पिरहेछन् तर व्यर्थै बगिरहेकोमा दुःखित देवकोटा जिन्दगीको मौसम रहँदै आत्मशुद्धिका लागि आफैँभित्र चेतनजल छरिरहेछन् । सम्भवतः उनी हृदयको तानसँगै जीवनका आँसु र हाँसो बजिरहने लयदार स्मृतिको गाढा रङ्गमा गुन्जिरहेछन् सम्भवतः उनी फुल्दो गुलाफ हेर्दै तत्वज्ञान खोजिरहेछन् ।

अलाउद्दीनको बत्ती

  • by

जीवनमा बाँच्न चाहिने कुरा कति छन्, कति । देख्नु, भोग्नु र चिन्नुपर्ने कुरा पनि कति छन् कति तर हामी त खाली आफ्नै वरिपरिका अनुहारहरूले घेरिएका छाँैं, आफ्नै वरिपरिका ध्वनिले छेकिएका छौँ । हाम्रा दृष्टि, विचार, चिन्तन र सोच सबै स्वार्थका साना-साना ढिस्काहरूमा ठोक्किएर आफैतिर आउँछन् ।

सिसिफस यत्न

  • by

अनुभूतिको नदीमा छु ।

लाग्छ, जोखिममा छ अनुभूतिको सम्पूर्णता पनि । अखण्ड दुस्साहसहरूले प्रहार गरेका छन् । संवेदनाको सारसौँदो स्वरूपमाथि ।

रित्तिन सकूँ म

  • by

‘कृष्ण त्वदीय पदपङ्कज पञ्जरान्ते
अद्यैव मे विशतु मानसराजहंसः
प्राण प्रयाणसमये कफवातपित्तै-
र्कण्ठावरोधनविधौ स्मरणंकुतस्ते ।’

गुरुकुलमा जुत्ता

  • by

‘गुरुकुलमा जुत्ता’ यो कस्तो शीर्षक बनाइएको हो जसको कुनै सङ्गति या मेल नै देखिँदैन भन्ने पाठकलाई लाग्नसक्छ । ‘गुरुकुलमा जुत्ता’ भन्नु भन्दा त गुरुकुलमा विद्यार्थी, शिष्य वा चेला भनेको भए राम्रो हुन्थ्यो भन्ने किसिमका धारणा वा विचार आउनु स्वाभाविकै हो ।

भो मलाई शब्द चाहिएन !

  • by

शब्दहरू झुट पनि हुने गर्छन् । अनर्थ, बहुअर्थ र कुअर्थ लगाइने पनि हुन्छन् । सही अर्थ दिने शब्दहरू बहुत् दुर्लभ हुन्छन् । दिन र दिमागले नसोचेका कुराहरू शब्दमा चिप्लिएर मान्छेको व्यक्तित्वलाई कुरूप बनाइदिन्छन् । साँचो कुरा झुटो ठहर्न पुग्छ र झुटो चाहिँ साँचो ठहर्न पुग्छ । शब्द किन सधँै दिलको ऐना बन्न सक्दैनन् ।

को भएर सुन्ने ?

  • by

तुम्लिङटार पुग्ने हतारोले म हतारहतार अगाडि बढिरहेको थिएँ ।

आकाश छ्याङ्ग थियो । चर्को घाम टाँगिएको थियो आकाशमा । शीतल चौतारीको कहीँकतै नामोनिसान थिएन । हल्का पातलो सिँयालसम्म पाउन पनि त्यतिबेला एकदमै गाह्रो थियो । कीरा जस्तो भएर टोकिरहेथ्यो गर्मीले ।

पीपलबोट

  • by

म काठमाडौँ नयाँ सडकको बीचमा झाङ्गएिर बसेको पीपलबोट र यसले समय, मन र इतिहासमा उजागर गरेका केही बिम्ब अनि अभिव्यञ्जनाको विषयमा केही लेख्न लागेको छु । यो पीपलको रूख वरिपरि अल्झेका सम्झना छन् मेरा पनि । पीपलबोटमुनि सबैले बुद्धकै जस्तो ज्ञान पाउँदैनन् तर सानातिना झल्यास्स ज्ञानहरू सबैले पाएकै हुन्छन् यस्ता रूखका छहारीमुनि ।

निउरी मुन्टी ‘न’

  • by

एकदिन मलाई तर्कना चल्यो, निउरी मुन्टी ‘न’ उँभोमुन्टी ” भइदिएको भए कस्तो हुन्थ्यो ? मलाई यस्तै तर्कले धेरै समयसम्म ऐँठन गरिरहृयो । आधा रातसम्म निद्रा परेन, कोठाको बत्ती निभेन । बत्ती ननिभाई निद्रा नपर्ने ‘बूढी माऊ’ को करकर बढ्दै गयो, कान्छो छोरो कहिले उठ्ने कहिले सुत्ने गर्न थाल्यो, खाटका उडुसहरू झन् सक्रिय हुन थाले । सडकमा भुस्याहा कुकुर भुक्न थाले । रातको नीरवता खलबलिन खोज्यो ।

झरीसितै झर्‍यो मन

  • by

अहिले कलम उचाल्दा २०६६ साल माघको उत्तरार्द्ध छ, ‘उत्तरायण’ को सुरु गर्ने यो महिना सकिन पनि अब तीनैदिन मात्र बाँकी छ । आजै बाहिर चिसो बढ्दै जानुमा सबैतिर हिउँदे झरी सिमसिम बर्सिरहेका कारणले भएको बुझिन्छ । आफ्नै घरभित्र कैद छु म पनि । यही एकान्त समयको फाइदा उठाइ दुई-चार अक्षर कोर्ने विचार उदायो, तुरुन्तै ।

समाधिस्थ प्रश्न-सप्तर्षिका

  • by

बीस-एकाइस वर्षे जीवन । जीवन हो कि जोवन ? थाहा थिएन । विनाकाम नचल्ने जीवन ! काम गर्नै पर्छ । काम जीवन गुजारा पनि । अध्यवसाय पनि । जसोतसो जिउने मेसो गुजारा । बाँचेझैँ बाँच्न अध्यवसाय । जसोतसो गुजारा गाँस्नु ? लाग्छ कठै निरीह जीवन । निरीह जीवन जहाँ ज्यान हुन्न जीवन्तता बोकेको । खटनपटन अधिनस्थ जीवन । कसैको ध्यानमा आफूले जप्नु । जसोतसो गुजारा । हरेराम ! हरेकृष्ण ! अलिकति प्रसाद ।

रुम्सिङ भञ्ज्याङतिर उक्लिँदा

  • by

मेरा यी गोडाहरूलाई भाग्यमानी भन्नु कि अभागी ? यिनै गोडाहरूले मेरालागि कुनै दिन टोकियो महानगरीको झल्झलाकार गिँजामा रामरमितो मच्चाएका थिए, प्रकृतिको अति रमणीय यलोस्टोन निकुञ्जमा मसित जी देब्रेदाहिने गरेका थिए र प्यारिसको मुटु शाँजलिजेको झिलिलीमा तिनले मलाई आत्मसात् गराएका थिए ।

कति ओटा म !

  • by

गोरखापत्र संस्थानको सन्तान ‘मधुपर्क’, म ‘गोरखापत्रको पुरेत’ ! तपाइँहरूले बिर्सिसकेको भए सम्झाऊँ । उहिल्यै, आधा शताब्दीअघि मलाई ‘पुरेत’ भनी वरण गरेका हुन् त्यसबेलाका ‘सम्पादकबाजे’ प्रेमराज शर्माले । त्यस पुरेत्याइँलाई थमौती गर्दै गए गोपालप्रसाद भट्टराई, दाताराम शर्मा र भैरव अर्यालजस्ता ‘बाजे’हरूले ! गणतन्त्र आएपछि बडागुरुज्यूत्व खारेजीमा पर्‍यो, मेरो पुरेत्याइँ पनि के अड्थ्यो ? गयो ।

उज्यालो पनि अँध्यारो लाग्ने उज्यालोलाई के भनूँ

  • by

दिउँसै उज्यालो खोज्दै हिँडेको थिएँ कुनै दिन । आज उज्यालोमै घाम खोज्दै हिँडिरहेको छु । उज्यालो पनि अँध्यारो लाग्ने यो उज्यालोलाई खै के भनेर सम्बोधन गरुँ ?

तस्बीर

  • by

मलाई सबभन्दा ‘मै’ मन पर्छ, मै प्यारो छ र मै सुन्दर लाग्छ । यसैले मलाई खूब प्यारो लाग्ने र सुन्दर देखिने ‘म’ यथार्थ मेरो आफ्नो मुख र रूप खूब हेरिरहेर धेरै काल बाँचिरहने इच्छा छ । धेरै जना साथीहरूले मसित धेरैचोटि सोधिसकेका छन्- ‘तिमीलाई सबभन्दा मन पर्ने के हो ? मैले सधैँ सबैलाई खालि यही जवाफ दिने गरिरहेको छु- ‘मलाई सबभन्दा ‘मै’ मनपर्छ, मै प्यारो छ र मै सुन्दर लाग्छ ‘ मलाई भारी गजब लाग्छ, मेरा यी जवाफ सुनेर धेरै जसो मानिस मलाई स्वार्थी र मुर्ख भन्दछन् । जल्ले जे भनू्न् मलाई के पर्वाह छ ? खाँचो छ र आफ्नो रुचिलाई बेचेर, दबाएर दुनियाँको खुशका निम्ति मरिरहूँ ?

हामीलाई कवितामा के चाहिन्छ ?

  • by

कवि खालि केमेरा होइन, त कविता फोटो। यद्यपि हामी फोटोलाई कला भन्ने मान्छे पाउँछौँ । चित्रण यान्त्रिक नभए आजसम्म यथार्थवादी कविता संसारले सहेकै छ । मजा लाग्ने उदाहरण पनि पाइन्छन्। तर जहाँ यथार्थवादी कविताले रुलाउँछ, त्यहाँ बाहृय प्रकृतिको फुस्रो चित्रण छोडेर आभ्यन्तरिक हृदयानुभूतितिर डुबेको देखिन्छ । हृदयको रङ राम्ररी नदेखिने कवितालाई हामी ठूलो दर्जा दिन सक्तैनौँ । शब्दले फूल उतार्नु-रङ र रुप साथमा, केही कला हो।