Skip to content

आफ़्नै मौलिक रचना

फ्लाइट नं : QR ६५१

समय : राति ९:३० बजे

सम्झना ,

कानै थर्किने गरि जहाज ले आवाज निकाल्दै काठमान्डू स्थित अन्तरास्ट्रिय विमानस्थल बाट जमिन छोड्यो !

बानेस्वर मा रहेको म ! नसुन्ने कुरै भएन !

समय उही गते बार फरक तर मलाइ जहिले रात को साढे नौ बज्दा एकैपल्ट मुटु थर्किन्छ ! कारण यहि हो त्यहि भाडो जहिले त्यहि समय मा उड्ने पापी भाडो जसले मलाई र तिमीलाई हजारौ किलोमिटर टाढा पुर्याईदियो कहिले भेट्न नसक्ने गरि ! त्यहि कतार एयरवेज को जहाज जसले तिमीलाई र मलाइ रूहाउदै अलग पारिदियो !

निबन्ध

ताङ्सेको भिरबाट गोठालाहरूसँग एसएमएस
आज शनिवारको दिन । पहाडको पुरानो आफ्नै पैत्रिक गाउँमा म छु । पल्लो गाउँतिर जान मन लागेको छ । उहिलेको आफूले गाई हेरेको भिर, सैसला खेलेको ठाउँ पनि हेरिने, समय पनि बित्ने सोचेर म लागें आम्बोटेतिर । मैले गाई चराएको भिरको बाटोबाट म हिंडिरहेको थिएँ, जाँदा जाँदै मेरा मनमा कुरा झुत्तिन थाले ।

प्रचण्ड नाच

गाईजात्राको सन्दर्भ

शास्त्रीय गीत
मधुवनमा राधिका नाचे रे को लयमा

आ‍>>>>>>>>>
कान्तिमुरीमा प्रचण्ड नाचे रे नाचे रे नाचे रे
चलचित्रकर्मी महिलासँग कम्मर भाँचे रे भाँचे रे
नेपाललाइ नै धुजा धुजा पारे पनि
आफू भने आनन्दका साथ बाँचे रे बाँचे रे बाँचे रे
धुन धनननननननन तिरिकिटीधुम ताताधिरी तथै तथै
सारे गम पध निसा गमपधरे निसा
आहाहाहा हा हा …………..

शास्त्रीय सङ्गीतमा बोल थोरे हुने हुँदा यहाँ पनि बोल थोरै छ ।

भूइचालो

“असोज १ गते आइतबार् बेलुकी ६.२५ तिर के भयो..के भयो????
जमीन काप्यो..धर्ती कापिन्…..करीब करीब पूरै भारतवर्श काप्यो…..
सगसगै हामी सबैको मुटु काप्यो…..
१ मिनेटको अन्तरालमा थाहा भयो..हामीलाई हाम्रो ज्यान कति प्यारो रहेछ……
यहा त भूकम्प पो गएको पो रहेछ…….
एकछिन त सबैलाई आतकित नै बनायो धर्तीमुनि रहेका प्लेट हरुको कम्पनले…
बल्ल बुझे मैले….
Nature को नियमको अगाडि जतिसुकै विद्वत् वर्ग अनि प्रगतिशील / विकसित कहलाईएका मानिसहरुको पनि केही नलाग्ने रहेछ……”