विदाई
आज म तिम्रो लागि कथा लेख्छु । उसका मिठा नलागे नि सुन्नै पर्ने शव्द हुन यी ।
हाँसो लाग्छ सुनेर । मानौ उसका कथाका पात्रहरुका रुपमा उभिनुपर्ने रे म ।
Read More »विदाईआज म तिम्रो लागि कथा लेख्छु । उसका मिठा नलागे नि सुन्नै पर्ने शव्द हुन यी ।
हाँसो लाग्छ सुनेर । मानौ उसका कथाका पात्रहरुका रुपमा उभिनुपर्ने रे म ।
Read More »विदाईफेव्रुअरी १४ । हाँसो लाग्छ प्रेम दिवस रे । मेरो लागि एउटा फगत सपना । मानु यो के को लागि ?
Read More »अन्तिम कथाआँगनमा टन्नै भरिभराउ मान्छे । चोटा, कोठा, बार्दली सबै पाहुनाहरुले भरिएका । पञ्चे वाजाको झ्याँई झ्याँई । कोही नाचिरहेका, कोही गीतमा ताल मिलाइरहेका, कोही खाइरहेका । चिनिमायालाई फुर्सदै छैन । पाहुना, आउने जाने इष्टमित्र स्वागत सत्कार आदि ईत्यादि ।
आज हरिकृष्ण अर्थात चिनिमायाको लोग्नेको विवाह तर चिनिमायाको होइन । चिनिमायाको त छ साल पहिले नै बिहे भएको । वावुआमाले मनले खाएको त्यही हरिकृष्णसँग ।
सानो कुवालाई बिशाल संसार मान्ने भ्यागुत्तो
हो ! आज पनि भोलि पनि
यहि भनिरहन्छ
संसार सानो छ ! कुवामा सिमित छ !
ट्वार्र ट्वार्र गर्छ थर्काउछु भन्छ
देख्छ सानो संसार
आफ्ना साना आखा हरु ले अनि भनिरहन्छ
संसार सानो छ ! कुवामा सिमित छ !!
उफ्रिन्छ, पछारिन्छ अनि फेरी फर्कन्छ
पर्छ जहाको त्यहीं
कहिल्यै धार्नी नपुग्ने बिचरा भ्यागुत्ता हरु
रोहि रहु, कराइ रहु अनि थर्काइरहु
अनि भनि रहु
संसार सानो छ ! कुवामा सिमित छ !!!
उडिरहेको हवाईजहाज मुनिको छायाँ लाइ
शितलता का लागि प्रयोग गर्ने
त्यसमै हेरेर रमाइरहने एउटा मान्छे
हो ! त्यहि मान्छे हु म
सायद भ्यागुत्तो जस्तै
मलाइ पनि लाग्छ
सँगै रहेको मोवाईलमा अचानक हिन्दी गीत वज्यो, तेरे साथ विना…..
सधैँ साईलेन्ट हुने मोवाईलमा अचानक गीत वज्दा तर्सिएँ । वहिनी हरुले मोवाईल चलाँउदै थिए गीत वज्ने वनाइदिएछन् । मोवाईल हातमा लिएँ टचस्क्रिनमा उही नाम थियो कोड भाषामा उल्लेखित उही नाम जुन नाम देख्नासाथ मुटुको गति अचानक बढ्छ स्वास रोकिएला जस्तो लाग्छ ।
बहिनीलाई मोवाईल जिम्मा दिएँ भन्दे दिदी बाथरुम गाकी छे । बहिनीले आदेश पुरा गरी ।
समय : राति ९:३० बजे
सम्झना ,
कानै थर्किने गरि जहाज ले आवाज निकाल्दै काठमान्डू स्थित अन्तरास्ट्रिय विमानस्थल बाट जमिन छोड्यो !
बानेस्वर मा रहेको म ! नसुन्ने कुरै भएन !
समय उही गते बार फरक तर मलाइ जहिले रात को साढे नौ बज्दा एकैपल्ट मुटु थर्किन्छ ! कारण यहि हो त्यहि भाडो जहिले त्यहि समय मा उड्ने पापी भाडो जसले मलाई र तिमीलाई हजारौ किलोमिटर टाढा पुर्याईदियो कहिले भेट्न नसक्ने गरि ! त्यहि कतार एयरवेज को जहाज जसले तिमीलाई र मलाइ रूहाउदै अलग पारिदियो !
बिस्तारै बिस्तारै समयको चक्र फेरिदो रहेछ हिजो साचेका सम्पूर्ण सपनाहरू अनि हिजो भोगेका सम्पूर्ण बिपनाहरू आज तासका महल झै ढल्दा रहेछन र पनि सम्पूर्ण आसाहरूलाई रित्याएर पनि देखावटी हाँसो हास्नै पर्दो रहेछ ।
कुनै दिन आफ्नो मन मुटुमा बसेको आफ्नो सबैभन्दा प्रिय मान्छेको तस्बिरहरू जब फेसबुकको भित्तामा देखियो तब खै म आफुले आँफैलाई सम्हाल्न सकेकै छैन । उसका लागि म कोही होइन । तर मेरा लागि हो ऊ को हो त्यो शायद भगवानले मात्र अन्दाज लगाउन सक्छन । बस म आफ्नो यो आधा सपना र आधा मन बोकेर बाच्दैछु । या अँझै भनौ म बाच्ने कोशिश गर्दैछु । साथमा तिमीलाई शुभकामना जलेको मन मुटुको पीडा तिमीलाई कहिले पनि भोग्नु नपरोस भगवानसँग प्रार्थना गर्न कहिले पनि छुटाउदिन ।
पुण्यप्रसाद प्रसाईंको उपन्यास “आईमाई मान्छे” डिकुरा प्रकाशनले प्रकाशित गरेको रहेछ । यसलाई मैले ढिला गरी आज मात्र पढेर सकें । उपन्यास मुलत नौलो लाग्यो । एउटी नारीको जीवनमा मात्र नभएर सम्पूर्ण नारी जातिमाथि नै उभिएको प्रश्नलाई उठाइएको रहेछ । प्रत्येक पाना र प्रत्येक परिच्छेदले नयाँ रहस्यलाई बोकेका छन । जति पढ्यो उति पढौं लाग्ने छोड्नै मन नलाग्ने । लेखकले प्रत्येक शब्द र बाणीमा रहस्यमय भोगाइलाई चित्रण गरेका छन ।
पत्रकार दीपाकी आमा हुर्कनै लागेको अबोध बाल्यप्रेमलाई अबोध रुपमै अन्त्य गरेर, अनि गरीबी र असमानताको जालमा परेर, एउटा बुढालाई श्रीमान बनाउन वाध्य भइन । यसले गर्दा उनको उर्लदो वैंशलाई शान्त पार्न त के कुमारीत्व समेत नगुमाई बिधवा बनिन । बिधवा जीवनमा नै सामुहिक बलात्कारबाट दीपालाई जन्माउन विवश भइन र जन्माइन पनि ।
दुखैमा बाच्छौ भने बाचि देउ के छ र ?
सुन्दर जिबन लौ भाची देउ के छ र ?
पिडा तिमीलाई चाहिन्छ भने संगाल
खुशी अर्को जुनिलाइ साचिदेउ के छ र ?
खरानी नै बन्नु छ भने मै बनी दिन्छु
भाग्यमानी बनी हासिदेउ के छ र ?
दु:खमा साथ दिन्छु मेरै गल्ती हो भने
काख दिनेलाई मासिदेउ के छ र ?
मेरो साथ आसु झार्ने पल भएपछी
जवानी अन्तै तिर गासिदेउ के छ र ?
सम्झना ताजा राख्दा गहारो पर्छ भने
मन बाट टाढा भासिदेउ के छ र ?
साँझपख एकान्तमा तिमीलाई भेटुँ लाग्यो
एक आपसको धैर्यताको रेखा मेटुँ लाग्यो ।।