Skip to content

drajayrisal

यो बहत्तर साल

देशै काँपेको बेला
आपनै घर नै ‘एम्बुस’ बन्दो रहेछ ।
माटो नै चिरिएको बेला
मुटु झन् कमजोर हुने रहेछ ।

हजूरआमाले सुनाएको ‘एकादेशको कथा’
नातिको पालामा साक्षात् भइहेछ ।
नब्बे सालको ‘भूत’ अहिले आएर
बहत्तर सालमा ‘वर्तमान’ बनिरहेछ ।

भूइचालो

“असोज १ गते आइतबार् बेलुकी ६.२५ तिर के भयो..के भयो????
जमीन काप्यो..धर्ती कापिन्…..करीब करीब पूरै भारतवर्श काप्यो…..
सगसगै हामी सबैको मुटु काप्यो…..
१ मिनेटको अन्तरालमा थाहा भयो..हामीलाई हाम्रो ज्यान कति प्यारो रहेछ……
यहा त भूकम्प पो गएको पो रहेछ…….
एकछिन त सबैलाई आतकित नै बनायो धर्तीमुनि रहेका प्लेट हरुको कम्पनले…
बल्ल बुझे मैले….
Nature को नियमको अगाडि जतिसुकै विद्वत् वर्ग अनि प्रगतिशील / विकसित कहलाईएका मानिसहरुको पनि केही नलाग्ने रहेछ……”

अहिलेको दशै

हिलो मैलो हट्दै हटेन,
पानीको रिमझिम छुट्दै छुटेन
साचो मनले पूजा कहा ?
आडम्बरले छोड्दै छोडेन

भगवतीको नाम गरी,
पशुबलि दिने प्रथा
रिन-धन सबै गरी,
दशै मान्ने सबको व्यथा

ऊ अचेल मेरो सपनामा आउँछ

ऊ अचेल मेरो सपनामा आउँछ ।
अनि मसँग हिसाब माग्छ ।।

आँखाभरि आँसु पिएर,
रगतको मूल्य सोध्छ ।
छातीभरि घाउ लिएर,
जीवनको भाउ खोज्छ ।।१।।