Skip to content

समीर लघुकथा अभियान

भित्ते पात्रो र तस्वीर

भित्तामासँगै झुण्डिइरहेको भित्तेपात्रो तस्वीरलाई भन्दै थियो – “तिम्रो जस्तो जिन्दगी नि के जिन्दगी। न कहिल्यै रूप फेर्नु छ न कहिल्यै फर्कनु छ। हामीलाई हेर हामी प्रत्येक महिना नयाँ-नयाँ रङ्ग रूपमा सजिएर बस्छौँ।”

कृतघ्नता (सूत्रकथा)

जेठको मध्यान्हमा चम्किरहेको सूर्यलाई हेर्दै उसले सराप्न थाल्यो – “कति निर्दयी, कहिलेकाहीँ त आफ्नो प्रचण्ड तापलाई कम गर्नु नि।”

शक्ति (लघुकथा)

“ए तुच्छ प्राणी, सरकारलाई देखेपछि झुकेर सलाम गर्नु पर्दैन?” सिंहले अघि हिँडिरहेको खरायोलाई हुँकाऱ्यो।

“क्षमा पाउँ महाराज, मैले हजुरलाई देखिनँ,” खरायोले क्षमा याचना गऱ्यो। मनमनै उसलाई सिंह देखी औधी रिस उठिरहेको थियो तर शक्तिको अगाडि उसको के लाग्नु। रिस जायज पनि थियो – अनाहकमा ऊ जस्ता हज्जारौँ खरायाहरू त्यो क्रुर सिंहको भोजन बनिसकेका थिए। उसलाई डर थियो कहीँ अर्को पालो उसको नहोस् त्यसैले ऊ हात जोडेर झुक्दै हलचल नगरीकन उभीइरह्यो। सिंह उसका पछि लागि हिँडने स्याल/व्वाँसाहरूको लावा लस्करका साथ अगाडि बढ्यो। अगाडि बढ्ने क्रममा स्यालहरूले खाउँला झैँ खरायोलाई हेर्दै गए। डरले खरायोको सातो पुत्लो उड्यो।

बादल र अाकाश (सूत्रकथा)

“किन यस्तो हतार?”

“चपलता नै ममा निहित विशेषता हो, यसमा अरूले टाउको दुखाउनु नै पर्दैन।”

“उफ् यो अभिमान!”

अभिमान (सूत्रकथा)

पहाडको टाकुरोको नजीक भएको ढुङ्गोले फेदीमा पटक-पटक आएर ठोक्किइरहने समुद्री छालतिर हेर्दै ओठ लेब्र्यायो र भन्यो – “जतिसुकै प्रयास गर तर तैँले मलाई भेट्न सक्दैनस्।”

अचम्म (सूत्रकथा)

नयाँ परिवेशको दृश्य उसलाई अचम्म लाग्यो।

अलग्गै देखिने त्यो अण्डालाई कुखुरीले निकै यत्नका साथ कोरलेकी थिई।

उसको अपेक्षा विपरित त्यो चल्लो अन्य चल्लाहरू भन्दा अलग निक्लेको थियो।

निष्ठुरी (सूत्रकथा)

“तिमी किन आजकल यति निष्ठुरी बनेकी?”

“म निष्ठुरी? कसरी नि?”

“मेरो आगमन तिमीलाई प्रिय लागेजस्तो लाग्दैन आजभोली।”

deep1

दशैँ (सूत्रकथा)

“बाबु जाउ ड्याडलाई सोध यसपालिको टीकासँग मुख धुने पानी ठिक पार्ने कि नपार्ने?”

उसले टाढैबाट सुन्यो र भन्यो “भो बुढी यसपालिको टीका फेसबुकमा अपलोड गर्ने हो। सबैले देखिहाल्छन, मुख धुने पानी चाहिँदैन।”